Khabar Dabali Logo
  December 3, Thu

डिप बोरिङमार्फत घरघरमा पानी झरेपछि इलाम सोयाकका स्थानीवासी खुसी

मङ्गलबारे । वर्षौँदेखि पानी बोकेर खाने इलाम सोयाकका स्थानीयवासी घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको विशेष अनुदानमा इलाम नगरपालिकाले वडा नं ११ सोयाकमा बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका हुन् ।

नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ सञ्चालन गरी १०० भन्दा बढी घरपरिवारलाई पानी उपलब्ध गराएको हो । कति परिवार पानी नभएकै कारण सो स्थान छोडिसकेको भए पनि पानी पाएपछि सोही ठाउँमा फर्किन थालेका छन् । स्थानीय नरेन्द्रप्रसाद आचार्य पानी अभावकै कारण आफू जन्मेको थातथलो छोडेर पानी भएको ठाउँमा बसाइँ सरेका थिए । गएको चैतबाट पानीको काम अगाडि बढेपछि उहाँले पुनः फर्किएर सोही ठाउँमा घर बताएका छन् । उनले मात्र होइन धेरैले सो ठाउँ छोडिसकेका थिए । पानी आउने खबर पाएका विस्थापितहरु सोही स्थानमा फर्किन थालेको उनले बताए ।

अहिले नगरपालिकाले बोरिङ प्रणालीमार्फत पानी निकालेपछि केही हदसम्म भए पनि समाधान हुनेमा स्थानीयवासी ढुक्क भएका छन् । सो क्षेत्रको खानेपानीको सङ्कट टार्न पहाडी क्षेत्रमा डिप बोरिङमार्फत समस्या समाधान गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बर्सेनि पानीको मुहान सुक्न थालेसँगै स्थानीयवासीले गाउँ छाड्न थालेपछि नगरापालिकाले बोरिङ प्रणालीमार्फत स्थानीयवासीलाई पानी वितरण गरेको उनले बताए ।

पानी अभावले थलिएका स्थानीयवासीले हाल आवश्यकतानुसार पानी पाउने भएपछि राहत महसुस गरेका छन् । स्थानीय पवित्रा मगरले यसअघि एक पटक ल्याएको पानी आठ दिनसम्म प्रयोग गर्नुपरेको बताए । यो प्रविधि प्रयोग गरेर पानी निकालेपछि पानी अभावमा बस्ती सर्नुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख बस्नेतको भनाइ छ ।

बोरिङमार्फत पानी निकालेपछि गाउँमा खुशीयाली छाएको वडाध्यक्ष रविन एक्तेनले बताए । चौँसठ्ठी घर परिवारलाई लक्षित गरेर बनाइएको खानेपानी आयोजना हाल ८४ घर परिवारलाई वितरण गरिसकिएको छ । एक्तेनका अनुसार क्रमिकरूपमा घरधुरी अनुसार खानेपानीको लाइन विस्तार गर्दै लगिने छ ।

इलाम नगरपालिका र नेपाल सरकारको विशेष अनुदानमार्फत रु दुई करोड ४७ लाखको लागतमा सो आयोजना निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कालीप्रसाद भुजेलले जानकारी दिए । आयोजनामा एक लाख लिटरको एउटा, ५० हजार र १० हजार लिटर क्षमताको एक÷एक वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको नगरपालिकाका इन्जीनियर दिपक गुरागाइँले बताए ।

कात्तिक २४ गते, २०७७ - १०:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खलङ्गा समाचारः रारा राष्ट्रिय निकुञ्जमा आउन थाले विदेशी चरा

खलङ्गा । मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा चिसो छल्न विदेशी चराहरू भित्रिन थालेका छन् । युरोप, साइबेरिया,...   

कपास उद्योगमा दन्किरह्यो आगो, आएन दमकल

गलकोट । मङ्गलबार साँझ बागलुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग...   

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

मङ्गलबारे । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न...   

धार्मिक पशुपति क्षेत्रका संरचना विकास गरिने : योगेशकुमार भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई...   
बेपत्ता भएका व्यक्तिका लागि छानबिन आयोगको टोली बझाङमा

बेपत्ता भएका व्यक्तिका लागि छानबिन आयोगको टोली बझाङमा

बझाङ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज...   
उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा

उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको...   

चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण

बेइजिङ । चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको...   

कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुनुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा...   

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक...   

अमेरिकामा एक हप्ताभित्रै कोरोना बाट १० हजार व्यक्तिको मृत्यु

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top