Khabar Dabali Logo
  December 4, Fri

तिहार अघिनै सुक्यो सयपत्री फुल

बागलुङ । यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ । यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठेखोला गाउँपालिका–७ का स्थानीय युवराज शर्माले बताए।

यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उहाँले बताउनुभयो । मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन । घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीयवासी चिन्तित छन् ।

सामान्यतया तीनदेखि चार महिना अवधिमात्रै रहने सयपत्री फूल यस वर्ष अत्यधिक वर्षाका कारण पुष्पखेतीमा असर परेको भए पनि जोगिएका फूल राम्रै फुलेका थिए तर यस वर्षको तिहार ढिलो परेकाले फूल जोगाउन नसकिएको शर्माले बताए । कात्तिक दोस्रो सातासम्म फक्रिएका फूल मौसम परिवर्तन भएर चिसो बढ्नुका साथै शीत पर्न थालेपछि एक सातामै कुहिएका छन् ।

कात्तिक २४ गते, २०७७ - ०९:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीपछि प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच...   

बिहिबार थप १३ सय ४३ मा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । बिहिबार नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

बौद्धमा झ्यालढोका बन्द गरि हिटर बालेर सुतेको आमा छोरी मृत फेला

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी...   

दोहोरो अङ्कले घट्यो नेप्से, आठ अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।...   

गोरखाकाे जौबारीमा छोराको कुटपिटबाट बाबुको मृत्यु

गोरखा । सिरानचोक गाउँपालिका–८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ ।...   

कोभिड प्रयोगशालाकर्मीलाई तालीम

चितवन । वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम...   

मन्त्रिपरिषद् बैठक अगाडि राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका छन्...   
वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

तनहुँ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल...   

अब भौतिक उपस्थितिमा पढाइ, रोकिएका सबै परीक्षा २८ गतेदेखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक...   

रोक्न सकिएला त क्रसरको दोहन ? उत्खननको विरोध गर्नेलाई धम्की

सर्लाही । सर्लाहीमा अधिकांश क्रसर उद्योग मापदण्डविपरित सञ्चालित छन् । घरेलु कार्यालय सर्लाहीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top