Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

घोषणापत्रसँगै हरायो ‘साइकल सिटी’ को सपना

काठमाडौं। काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय चुनावका वेला ‘साइकल सिटी’को सपना देखाएका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सहरमा छोटो यात्राका लागि साइकलको उपयोग गर्ने र स्वस्थ सहरी जीवनशैली अपनाउँदै प्रदूषणमुक्त महानगर बनाउने योजना चुनावी घोषणापत्रमा राखेका थिए । तर, साढे तीन वर्ष बित्न लाग्दा पनि वाचा पूरा गर्नतर्फ कदम चालेका छैनन् ।

‘साइकल सिटी’ सपना पूरा गर्नतर्फ लाग्नुको सट्टा निर्वाचित भएर मेयरको रूपमा शपथ लिइनसक्दै उनीहरूका लागि करोडौंका गाडी खरिद भए । सुविधायुक्त गाडीमा सवार हुन थालेपछि मेयरहरूको ‘साइकल सिटी’को योजना पनि हराएको छ । कार्यकालको साढे तीन वर्ष बित्न लाग्दा पनि चुनावका वेला गरेको ‘साइकल सिटी’ योजना प्राथमिकतामा परेको छैन ।

काठमाडौं र ललितपुर ‘साइकल सिटी’ बन्नु त कहाँ हो कहाँ, छिटपुट गुड्ने साइकलले पनि ठाउँ पाउने गरेका छैनन् । राजधानीका सडकमा चारपांग्रे सवारी र मोटरसाइकलको दबदबा छ । कालो धुवाँ फाल्दै दौडिने ती सवारीले सडक मात्रै होइन, पैदलयात्रीका लागि छुट्याइएको फुटपाथ पनि कब्जा गरिरहेका छन् ।

अब त साइकल चढ्नेहरूलाई पनि मुस्किल हुन थालेको छ । ‘सडकमा साइकल लिएर हिंड्नेले ठूला सवारीको पेलाइ सहनुपर्छ, सधैँ डराइ–डराइ गुडाउनुपर्छ,’ साइकलमा सामान ओसार्दै गरेका विनोद साहले भने ।

साइकलका लागि छुट्टै लेन छैनन्, कहीँकतै भए पनि साइकलले प्रयोग गर्न पाएका छैनन् । सडकको चौडा विस्तार गर्दा ६ वर्षअगावै माइतीघर–तीनकुने खण्डमा साइकल लेन छुट्याइएको थियो । तर, साइकलयात्रीले त्यसको प्रयोग गर्न पाउने अवस्था छैन ।

लेन खाली नहुने भएकाले साइकल गुड्न पाएका छैनन् । काठमाडौं महानगरले त्यही खण्डमा पहिल्यै बनिसकेको साइकल लेनलाई पुनः डिजाइन गरी साइकल लेन बनाउने योजना ल्याएको समेत दुई वर्ष बित्यो । तर, अहिलेसम्म काम भएको छैन ।

काठमाडौं महानगरले माइतीघर–तीनकुने साइकल लेन निर्माणका लागि आर्थिक वर्ष ०७६–७७ मै ५० लाख विनियोजन गरेको थियो भने चालू आर्थिक वर्षमा तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, अहिलेसम्म कहाँ–कहाँ साइकल लेन निर्माण गर्ने भन्ने नै टुंगो लागेको छैन ।

महानगरले ध्यान नदिँदा साइकल लेन प्रयोगमा आउन नसकेको नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठ बताउँछन् । ‘माइतीघर–तीनकुने खण्डमा पहिले पनि लेन थियो, तर आधारभूत मापदण्ड पूरा गर्न नसक्दा प्रयोगमा आएनन्,’ अध्यक्ष श्रेष्ठ भन्छन् । उनका अनुसार काठमाडौं उपत्यकामा करिब डेढ लाख साइकल प्रयोगकर्ता छन् । त्यसैले माइतीघर–तीनकुने खण्डमा मात्रै नभएर सहरभरि साइकललाई प्राथमिकता दिने नीति लिनुपर्ने उनको भनाइ छ ।

महानगरको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा यही वर्षबाट काम हुने बताउँछन् । ‘डिजाइन तयार भएको छैन, आगामी मंसिरसम्म डिजाइन तयार हुन्छ, यही वर्षबाट काम सुरु हुन्छ,’ थापा भन्छन् । कोरोना र निषेधाज्ञाका कारण पनि विकासका गतिविधि निरन्तर सञ्चालन गर्न असहज भइरहेको उनको भनाइ छ । प्रारम्भमा माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन निर्माण हुने थापा बताउँछन् ।

अहिले यो खण्डको फुटपाथमा पर्याप्त ठाउँ भए पनि मोटरसाइकल पार्किङले भरिने गरेको छ । कतिपय ठाउँमा रुख रोपिएका छन् । कतिपय ठाउँमा बिजुलीका पोलले साइकललाई गुड्न दिँदैनन् । महानगर आफैले बनाएका आकाशे पुलका कारण पनि फुटपाथमा अवरोध भएको छ । कतिपय ठाउँमा व्यवसायीको पनि कब्जा छ भने कतिपय ठाउँमा राखिएका निर्माण सामग्रीले अवरोध भएको छ ।

कहिले लागू हुन्छ ‘भेहिकल फ्री डे’ ?
संसारका प्रदूषित सहरमा नेपालको राजधानी पनि पर्छ । विश्व वायु गुणस्तर सूचक (एक्युआई) २०२० अनुसार काठमाडौं १९औं प्रदूषित सहर हो । र, प्रदूषणको स्रोतमध्ये पहिलो नम्बरमै पर्छ, सवारी साधनको चाप र त्यसबाट निस्किने हानिकारक धुवाँ । प्रदूषण कम गराउनकै लागि विकसित र ठूला सहरले इन्धनको उपयोग नहुने विद्युतीय सवारी साधन र साइकललाई प्राथमिकतामा राख्न थालेका छन् ।

प्रदूषण कम गर्न र स्वस्थकर जीवनशैली अपनाउन ठूला सहरमा सातामा एक दिन ‘कार फ्री’समेत लागू गरिएको पाइन्छ । त्यसैलाई पछ्याउँदै काठमाडौं महानगरले ०७७–७८ को नीति तथा कार्यक्रममै महिनामा एक दिन ‘भेहिकल फ्री डे’को अवधारणा ल्याएको छ ।

तर, यसको कार्यान्वयन कहिलेदेखि हुने भन्ने यकिन छैन । महानगरले यो वर्षबाट जनप्रतिनिधिलाई साइकल किन्नका लागि अनुदान दिने निर्णय गरेको छ । तर, खर्चको मापदण्डबारे कार्यपालिकाले निर्णय गर्न बाँकी छ । साइकल खरिदका लागि अनुदान दिने भने पनि कार्यविधि बन्न बाँकी भएकाले अहिले वितरण नभएको महानगरले जनाएको छ ।

ललितपुरले बनाउँदैछ साइकल लेन
साइकल लेन निर्माण र कार्यान्वयनमा काठमाडौंभन्दा ललितपुर महानगर अगाडि देखिएको छ । तर, ललितपुरमा पनि लेन निर्माण र व्यवस्थापनमा ढिलासुस्ती भइरहेको छ । भएकै सडकमा साइकल लेन रेखांकन गरी गत मंसिरमा ३५ वर्ष पुरानो आफ्नै साइकल चढेर लेन उद्घाटन गरेका मेयर महर्जनले फेरि साइकल झिकेका छैनन् । बनेको लेनसमेत उपयोग हुन सकेको छैन । नयाँ लेन निर्माणको गति सुस्त छ ।

अहिले करिब १० किमि साइकल लेन रेखांकन गरिएको छ । कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र कुपन्डोल, पुल्चोकबाट सीधा मंगलबजार पुग्न सकिने गरी साइकल लेन निर्माण गर्ने ललितपुर महानगरको योजना छ ।

यससँगै थप २२ किमि सडकमा साइकल लेन निर्माण गर्ने महानगरले जनाएको छ । साइकल लेन निर्माणको कामलाई गति दिने गरी छलफल भएको महानगरको पूर्वाधार महाशाखाका प्रमुख रुद्र गौतम बताउँछन् ।

मौजुदा सडकमा १.५ मिटर चौडाइमा रेखांकन गरी साइकल लेन निर्माण भएको छ । महानगरले पहिलो चरणमा आर्थिक वर्ष ०७५–७६ को बजेटमा ५० लाख रुपैयाँ छुट्याएको थियो । ०७६–७७ मा पनि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । नगरभित्रका सडकमा साइकल लेन छुट्याउनेदेखि स्तरोन्नति गर्ने र लेनसँगै साइकल स्ट्यान्ड वा साइकल पार्किङ निर्माण गर्ने योजना रहेको गौतम बताउँछन् ।

ललितपुरले साइकल लेन छुट्याउने कार्य सकारात्मक भएको साइकल सोसाइटीका अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘हाल बनेको साइकल लेनमा साइकललाई प्राथमिकता दिने भनिएको हो, साइकल मात्रै गुडाउने होइन,’ साइकल सोसाइटीका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘कतिपय ठाउँमा साइकलकै लागि मात्रै डेडिकेटेड लेन पनि निर्माण गर्न सकिन्छ ।’

ललितपुर महानगरले साइकल प्रयोगलाई प्रवद्र्धन गर्न छुट्टै कानुन पनि बनाउँदै छ । प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेर महानगरले साइकल कानुन बनाउने जिम्मा नेपाल साइकल सोसाइटीलाई दिएको थियो । सोसाइटीले महानगरलाई ड्राफ्ट तयार गरेर बुझाइसकेको छ ।

अपांगता भएका व्यक्ति, पैदलयात्रु तथा साइकलयात्रुलाई विशेष प्राथमिकता दिएर कानुनको मस्यौदा तयार गरिएको सोसाइटीका अध्यक्ष श्रेष्ठ बताउँछन् । मस्यौदामा साइकलयात्री दुर्घटनामा पर्दा पाउने क्षतिपूर्ति, साइकल यात्रुलाई अन्य सवारी साधनको चालकले दुव्र्यवहार गरे त्यसबापत तिर्नुपर्ने जरिवाना, साइकलयात्रुले पालना गर्नुपर्ने नियम उल्लेख छ । महानगर क्षेत्रका ठूला सपिङ मल, अस्पताल, बैंक तथा सरकारी निकायमा साइकल स्ट्यान्ड अनिवार्य निर्माण गर्नुपर्ने प्रावधान राख्न लागिएको जनाइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies