Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तिहारमा निर्धक्क विद्युत् खपत गर्न प्राधिकरणको आग्रहतिहारमा निर्धक्क विद्युत् खपत गर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यही हप्तादेखि सुरु हुने तिहारमा यो वर्ष विद्युत् खपत घट्ने प्रक्षेपण गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - विगत वर्षहरूमा तिहारको लक्ष्मीपूजाका दिन १३ सय मेगावाटसम्म विद्युत् खपत हुने गरेको थियो । तर, यो वर्ष अधिकतम १ हजार २५ मेगावाटसम्म विद्युत् माग हुने प्रारम्भिक प्रक्षेपण भएको प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । ‘प्राधिकरण भने अधिकतम १४ सय मेगावाट विद्युत् माग भए पनि उपलब्ध गराउन सक्ने अवस्थामा छ,’ उनले भने ।

तिहारमा कुनै किसिमको खपत बढ्ने सम्भावना नभएर नै कार्ययोजना वा विशेष तयारी खासै छैन । यो वर्षको तिहारको लक्ष्मी पूजा शनिबार (२९ कात्तिकमा) पर्छ । लक्ष्मीप ूजाको दिन सबैभन्दा धेरै विद्युत् खपत हुने विश्वास गरिन्छ ।

प्राधिकरणले पर्याप्त बिजुली आपूर्ति गर्ने भएकाले २४सै घन्टा निर्धक्क भएर विद्युत् प्रयोग गर्न आग्रहसमेत गरेको छ । ‘प्राधिकरण धेरैभन्दा धेरै विद्युत् खपत होस् भन्ने चाहन्छ,’ उनले भने । तिहार मनाउनका लागि बत्ती बाल्न कन्जुस्याइँ गर्नुपर्ने छैन । ‘प्राधिकरण अहिले धेरैभन्दा धेरै मानिसले बत्ती बालून् भन्ने चाहन्छ,’ प्रमुख भट्टराईले भने ।

यसकारण यो वर्षको तिहारमा खपत बढ्दैन
विगत वर्षहरूमा उपत्यकामा झन्डै ३ दर्जन मझौलादेखि ठूला तारे होटेलसम्म खुला हुने गरेका थिए । पर्यटक यही सिजनमा नेपाल घुम्न आउँथे । तर, यसपटक कोभिड–१९ का कारण होटेल खुला भए पनि उनीहरूले खपत गर्ने विद्युत् ठूलो परिमाणमा घट्ने प्राधिकरणको भनाइ छ । त्यस्तै, यो वर्ष ठूला व्यापारिक भवन र मलहरूमा पनि विद्युतको खपत न्यून हुनेछ । कतिपय उद्योग सञ्चालनमा छैनन् भने घरेलु उद्योग पनि बन्द भएका छन् ।

त्यस्तै, साना–साना भए पनि पसलहरू बन्द छन् । ‘यसले पनि विद्युत् लोड घटाउने हामीले सोचेका छौँ,’ केन्द्र प्रमुख भट्टराईले भने । यसपटक घरघरमा केही बढी बत्ती बले पनि त्यसले माग वृद्धिलाई उल्लेख्य बढाउनेछैन ।

कुनै वेला लाइन ट्रिप भएर वा हावाहुरी र अन्य प्राकृतिक कारणले केही समय विद्युत् रोकावट भए पनि त्यो सामान्य अवस्थामा कुनै किसिमको अभाव नहुने प्राधिकरणको भनाइ छ । प्राधिकरणले यो वर्ष काठमाडौंमा हुने विद्युत् खपत नै घटेको बताएको छ ।

अहिले पिकमा १२ सय ६० मेगावाटसम्म माग
प्राधिकरणको तथ्यांकअनुसार अहिले अधिकतम माग १२ सय ७५ मेगावाटसम्म रहेको भारप्रेषण केन्द्रका प्रमुख भट्टराईले जानकारी दिए । अहिलेको पिक समय भनेको बेलुका ६ देखि साढे ६ बजेको समय रहेको छ । अहिले प्राधिकरणसँग १ हजार मेगावाट हाराहारी विद्युत् उपलब्ध छ । त्यसभन्दा धेरै माग भएमा भारतसँगको ५ वटाजति नाकाबाट २ सय मेगावाट जति लिन सकिनेछ ।

यो विद्युत् अन्य समयमा पनि लिइरहेकाले स्वाभाविक रहेको भट्टराईले बताए । अहिले धेरै विद्युत् खेर गएको भन्ने विषय पनि सही नभएको उनको भनाइ छ । विद्युतको माग र आपूर्ति छिनछिनमा परिवर्तन हुने विषय हो । यसकारण कहिले आपूर्ति बढी हुने र कहिले माग धेरै हुने विषय स्वाभाविक रहेको उनको भनाइ छ । ‘कहालीलाग्दो अवस्था होइन,’ उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies