Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

कोरोना संकटमा चोरी–डकैती कम, चेक बाउन्सका घटना बढी

काठमाडौं। ‘लकडाउनपछि सबै ठप्प भयो र अपराध पनि कम भयो । तर, बैंकिङ कसुरको अपराध कम भएन,’ परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौर भन्छन्, ‘यस अवधिमा दर्ता भएका मुद्दाले यही पुष्टि गर्छन् । लकडाउन अवधिमा पीडित पैदलै पनि प्रहरी कार्यालय आएर जाहेरी दर्ता गरे ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरी भन्छ– लकडाउन अवधिमा काठमाडौंमा कतिपय अपराध शून्यमा झरे । तर, बैंकिङ अपराध, त्यसमा पनि चेक बाउन्सका घटना आधा मात्र कम भएको देखिन्छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको तथ्यांक केलाउँदा लकडाउनअघिका सात महिनामा चेक बाउन्सका चार सय ३४ वटा मुद्दा प्रहरीले दर्ता गरेको थियो ।

लकडाउनयताका सात महिनामा एक सय ८५ वटा मुद्दा दर्ता भएका छन् । लकडाउनअघि र पछिका ७–७ महिनाको तुलना गर्दा चेक बाउन्सका घटना ६५ दशमलव ६६ प्रतिशत मात्र कम भएको देखिन्छ ।

‘लकडाउनपछि सबै ठप्प भयो र अपराध पनि कम भयो । तर, बैंकिङ कसुरको अपराध कम भएन,’ परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौर भन्छन्, ‘यस अवधिमा दर्ता भएका मुद्दाले यही पुष्टि गछन्न् । लकडाउन अवधिमा पीडित पैदलै पनि प्रहरी कार्यालय आएर जाहेरी दर्ता गरे ।’ प्रहरीका अनुसार देशभर बैंकिङ कसुरका सबैभन्दा बढी उजुरी काठमाडौं परिसरमै आउँछन्, अन्य जिल्लामा नगन्य उजुरी आउँछन् ।

रित्तो खाताको चेक दिँदै ठगी
प्रहरीका अनुसार काठमाडौंका दुई व्यापारीले बैंकिङ क्षेत्रमा लगानी गरे । तर, केही समयपछि दुईबीच विवाद चल्यो । संयुक्त कारोबार अगाडि बढ्न नसक्ने देखिएपछि दुवैले छुट्टिने निष्कर्ष निकाले । कम्पनीको भागबन्डा भयो, एक जनाको भागमा ६ करोड रुपैयाँ पर्‍यो । उनी चेक साट्न बैंक पुग्दा खाता रित्तो भएको जानकारी पाए । र, बैंकिङ कसुरमा उजुरी लिएर महानगरीय प्रहरी परिसर, काठमाडौं पुगे ।

एक घर जग्गा कारोबारीले काठमाडौं नक्सालका सुजित महर्जन (नाम परिवर्तन) लाई व्यावसायिक साझेदार बनाउने प्रस्ताव राखे । दुईबीच नाफा–घाटाको हिसाब निकै दिन चल्यो । अन्ततः सुजित साझेदार बन्न राजी भए ।

त्यसका लागि उनले नक्सालको पुख्र्यौली आठ आना जग्गा ती व्यापारीको नाममा दृष्टिबन्धक राखे । तर, साझेदार बनाउने व्यापारीको पूर्ववचन पूरा भएन । निकै दिनको विवादपछि व्यापारीले सुजितको नाममा तीन करोड ५० लाख रुपैयाँको चेक काटे । दंग परेर बैंक पुगेका सुजितको खुसी क्षणभर पनि टिकेन । किनकि, ती व्यापारीको बैंक खाता रित्तो थियो ।

मदिरा उद्योगका दुई स्थापित व्यापारीबीच सेयरको विषयलाई लिएर विवाद सुरु भयो । साझेदारमध्ये एकजनाले झमेलाबाट उम्किन नै उत्तम सम्झे । सेयरबापत केही अचल जेथा लिए । चल सम्पत्तिका रूपमा भने एक करोड ५० लाख रुपैयाँको चेक बुझे । तर, बैंकमा चेक बाउन्स भयो ।

दैनिक २५ सम्म उजुरी
महानगरीय प्रहरी परिसर, काठमाडौंमा लकडाउनयता दर्ता भएका चेक बाउन्सका केही घटना हुन् यी । परिसरका अनुसार बैंकिङ अपराधसम्बन्धी यस्ता उजुरी दैनिक २० देखि २५ का दरले आइरहेका छन् । दर्ता हुने जाहेरीमा रकम सरदर एक करोड रुपैयाँभन्दा बढी हुन्छ ।

एउटै जाहेरी ६ करोड रुपैयाँसम्मको पनि हुने एसपी राठौर बताउँछन् । ‘चेक बाउन्सका जाहेरी बढेका छन् । कति छलफलपछि मिलेर जान्छन् । नमिल्नेको मुद्दा दर्ता हुन्छ,’ एसपी राठौर भन्छन्, ‘लकडाउनको वेला यस्ता अपराध झनै बढेका छन् । परिसरको ५० प्रतिशत शक्ति यही अपराध अनुसन्धानमा खर्च हुँदै आएको छ ।’

परिसरको तथ्यांकअनुसार लकडाउनयताका ६ महिनामा चेक बाउन्सका मात्रै दुई सय ५२ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये एक सय ८५ वटामा मुद्दा दर्ता गरिएको छ । ‘हामीकहाँ दैनिक सरदर २५ वटा जाहेरी आउँछन् । तर, सबैमा मुद्दा दर्ता हुँदैन ।

यस्ता जाहेरी फौजदारीभन्दा पनि देवानी प्रकृति हुन्छन्, जसको उद्देश्य पीडितले राहत पाउनुसँग जोडिन्छ,’ उनी भन्छन्, ‘प्रहरीको काम पनि त्यही नै हो । त्यसो हुँदा पहिले दुई पक्षलाई छलफल गरेर मिलाउनूस् भन्छौं । नमिलेको खण्डमा मात्रै मुद्दा चलाउँछौँ । जाहेरीको अनुपातमा मुद्दा दर्ता कम हुनको खास कारण यही हो ।’

५० प्रतिशत जाहेरीमा मात्र वास्तविक पीडित
चेक बाउन्सलाई कानुनले बैंकिङ कसुरमानेको छ । र, यसमा ठगी मुद्दा आकर्षित हुन्छ । काठमाडौं परिसरमा दर्ता हुने बैंकिङ कसुरका अधिकांश मुद्दा चेक बाउन्ससँगै सम्बन्धित छन् । तर, एसपी राठौरको भनाइमा सबै उजुरीका जाहेरीकर्ता वास्तविक पीडित भने हुँदैनन् ।

आपराधिक समूहले धम्क्याउँदै जबर्जस्ती चेक बनाउन लगाएको र सोही चेक प्रहरीमा दर्ता भएका पनि हुन्छन् । ‘दर्तामध्ये ५० प्रतिशत मुद्दाका पीडित मात्रै वास्तविक हुन्छन्,’ एसपी राठौर भन्छन् ‘यस्ता घटना गहिरिएर हेर्नुपर्छ ।

कतिले कानुनको दुरुपयोग गरेका हुन्छन् । खासगरी, आपराधिक पृष्ठभूमिका व्यक्तिहरू यसमा संलग्न भएको देखिएको छ,’ एसपी राठौर भन्छन्, ‘उनीहरूले जबर्जस्ती चेक बनाउन लगाउँछन् । अनि त्यही चेक बाउन्स गराउँछन् । र, प्रहरीमा उजुरी गर्छन् । हामीकहाँ परेकामध्ये ५० प्रतिशत जाहेरी यस्ता खालका छन् ।’

आपराधिक समूहको चलखेल हुने भएकाले ठूलो परिणामका चेक बाउन्समा भने प्रहरीले सम्पत्तिको स्रोतसमेत खोज्ने गरेको छ । स्रोत खुल्ने किसिमको उजुरीमा मात्र प्रहरीले मुद्दा दर्ता गर्छ । अन्यथा जाहेरी नै दर्ता हुँदैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies