Khabar Dabali Logo
  December 4, Fri

रासायनिक मल नपाउँदा किसान समस्यामा

सुदूरपश्चिम । दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहेका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश छन् । धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहेका उनी सरकारी अनुदानको रासायनिक मल खोजीका लागि दिनहुँजसो बिक्रेतासँगको सम्पर्कमा रहेपनि अझै पाउन सकेका छैन । “गहुँ छरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल पाउन नसक्दा गहुँ छर्न ढिला भइसक्यो”, शनिबार धनगढी बजारमा भेटिनुभएका रानाले बताए, “यो मल प्रयोग नगरौँ भने उत्पादन हुँदैन ।”

आफूलाई गहुँ खेती गर्न चाहिने सरकारी अनुदानको रासायनिक मलका लागि स्थानीय एक सहकारी संस्थालाई तीन हप्ताअघि नै पैसा छोडर जानुभएका धनगढीका अर्का किसान वीरबहादुर चौधरीले सहकारीमा मल नआउँदा अझै पाउन सकेका छैनन् । उनले बताए, “कृषि सामग्रीले वितरण गर्ने सरकारको अनुदानित मल पाउने छाँट यसपालि देखिँदैन ।”

यतिबेला धान बाली भित्र्याएर गहुँ खेतीको तयारीस्वरुप खेत खनजोतमा लागेका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । सरकारको अनुदानको मल बिक्रीवितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि मलको अभाव सिर्जना भएको हो ।

सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरलगायत जिल्लामा कात्तिक दोस्रो हप्तादेखि मङ्सिर पहिलो हप्ताभित्रमा गहुँ छर्ने गरिन्छ । बाली लगाउने समयमा बर्सेनी हुने रासायनिक मलको चरम अभावले हैरानी खेप्नुपर्ने समस्या आफूहरुका लागि स्थायी समस्या भइसकेको कृषकको भनाइ छ ।

समयमै सम्बन्धित निकायले आवश्यक पर्ने मलको आपूर्ति व्यवस्थापन गर्न नसक्दा मलको अभाव हुने गरेको हो । तोकिएको कोटाअनुसारको मल समयमै आपूर्तिको व्यवस्थापन गर्नमा भइरहेको कमीकमजोरीले मल अभाव हुने गरेकामा प्रदेशमा हरेक बालीका लागि कति मलको आवश्यकता पर्छ भनेर आँकलन गर्न नसक्नु पनि मल अभाव हुनाको अर्को कारण रहेको बताइएको छ ।

बिक्रीवितरण हुँदै आएको सरकारी अनुदानको मलमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेट र ३० प्रतिशत मल साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले आफ्ना अधिकृत बिक्रेतामार्फत बिक्रीवितरण गर्दै आएको छ । धनगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले प्रदेशमा वार्षिक कति मल चाहिन्छ भनेर यकिन परिमाण कसैलाई थाहा हुन नसक्दा पनि मल अभाव देखिने गरेको बताए ।

पाण्डेले भने, “जथाभावी रुपमा अन्धाधुन्ध रुपमा युरिया र डिएपी मल प्रयोग गर्ने प्रवृत्तिले मलको खपत पनि बढ्दै जाँदा प्रदेशमा कति मल चाहिन्छ भनेर यकिन परिमाण कसैलाई थाहा नै छैन ।” अन्धाधुन्ध रुपमा मल प्रयोग गर्ने गरिएकाले यसबाट माटोमा बढेको अम्लियपनले उत्पादनमा प्रतिकूल असर पुगिरहेको जनाइएको छ । अधिकांश किसान कुन बालीका लागि कहिले र कति परिमाणको रासायनिक मल प्रयोग गर्ने भन्नेबारेमा समेत जानकार नहुँदा यो मल जथाभावी प्रयोग भइरहेको देखिएको छ ।

मलखादको बिक्रीवितरणको प्रभावकारी अनुगमन हुन नसक्दा अधिकृत बिक्रेताले अनुदानको मल आफूखुशी ढङ्गले बिक्री मूल्य तोकेर बेच्ने गरेको गुनासो पनि कृषकको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले चालू वर्षको हालसम्म युरिया तीन हजार ४४५, डिएपी ८६४, पोटास ६० मेट्रिक टन बिक्री गरेको छ । डिएपी मलको विकल्पमा प्रयोग गर्न सकिने सिङ्गल सुपर फस्पेट (एसएसपी) दुई हजार ८३८ मेट्रिक टन बिक्री गरेको छ । हाल कार्यालयसँग युरिया र डिएपी मलको मौज्दात शून्य रहेकामा एसएसपी मल ५२७ मेट्रिक टन मौज्दात रहेको छ ।

यस्तै कृषि सामग्री कम्पनीको धनगढी कार्यालयमार्फत चालू वर्षको हालसम्म डिएपी ७३० र पोटास १० मेट्रिक टन बिक्री गरेको छ । हाल मलको मौज्दात सकिएकामा आगामी केही दिनभित्रमा मल आउन लागेको कार्यालयका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । कृषि सामग्री र साल्ट ट्रेडिङले तोकेका अधिकृत बिक्रेतामार्फत हालसम्म यो मल बिक्री हुँदै आएकामा आउने मङ्सिरबाट स्थानीय तहले सिफारिस गरेका अधिकृत बिक्रेतामार्फत बिक्री वितरण गर्न लागिएको छ ।

सरकारले मलखाद बिक्रीवितरण निर्देशिका २०७७ जारी गरी यस्तो व्यवस्था गर्न लागिएको जनाइएको छ । निर्देशिकामा स्थानीय पालिकाका उपप्रमुख÷उपाध्यक्षको संयोजकत्वमा मलखाद आपूर्ति समिति गठनको व्यवस्था गरिएको छ । यो सामितिलाई आफ्नो क्षेत्रमा मल बिक्री गर्ने अधिकृत बिक्रेताको सिफारिसको कामको अलावा मल आपूर्तिको व्यवस्थापन लगायतका विषयमा अनुगमन गर्ने जिम्मेवारी दिइएको जनाइएको छ ।

कात्तिक २३ गते, २०७७ - १६:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलात्कार अभियुक्त डेढ वर्षपछि पक्राउ

सिमकोट । हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार दुई अभियुक्तलाई...   

नेताले महाधिवेशन कुर्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन...   

पेट्रोलियम पम्प भाडामा लगाउन नपाइने

कााठमाडौँ । पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न...   

मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द

पर्वत । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न...   

प्रहरी र कर्मचारीका लागि स्वास्थ्य सामग्री वितरण

सप्तरी । राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी...   

युनिसेफद्वारा २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट अनुरोध

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४०...   

इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा

रोम । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा...   

४६ किलोमिटर सडक कालोपत्र

मोरङ । बन्दाबन्दीको समयमा सङ्घीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय विराटनगरले ४६ किलोमिटर सडक...   
४ करोड २९ लाख लगानिमा शहीद रङ्गशालामा  रात्रिकालीन बत्ती जडान

४ करोड २९ लाख लगानिमा शहीद रङ्गशालामा रात्रिकालीन बत्ती जडान

मोरङ । प्रदेश नं १ सरकारले लामो समयदेखि युवा खेलाडीको रात्रि खेलकूद हेर्ने चाहनालाई प्रदेश सरकारले...   

बलात्कार आरोपी ६ वर्षपछि पक्राउ

पाँचथर । प्रहरीले एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top