Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कालिलेकको प्रवद्र्धनमा जुटे तीन स्थानीय तह

गलकोट । कोरोना कहरका कारण घरबाट बाहिर नआएका गलकोट, ताराखोला र बिहुँका स्थानीयवासी शुक्रबार पर्यटकीयस्थल कालिलेकमा दिल खोलेर नाचगान गरे । कोरोनासँग डराएर घरमा बसेको महिनौँपछि प्रकृतिसँग खुलेर रमाउन सर्वसाधारण दङ्ग देखिन्थे । पर्यटकीय क्षेत्र कालिलेकको प्रवद्र्धनका लागि तीन पालिकाको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमले निकै फरक माहोल ल्यायो ।

गलकोट नगरपालिका, ताराखोला गाउँपालिकाको शिर कालिलेक र काठेखोला गाउँपालिकाको शिर शिवधुरीको प्रवद्र्धन गर्नका लागि शुक्रबार जनप्रतिनिधिसहितको भेलाले यस्तो संयोग जुराएको थियो । भेलाको उद्देश्य थियो कालिलेकसहित आसपासका पर्यटकीयस्थलको विकास तथा प्रचारप्रसार गरी पर्यटक भित्र्याउने ।

गलकोट नगरपालिका–६ भुजुङ्गेको स्टोन भिलेज सामुदायिक घरवासको आयोजना तथा धवलागिरि पर्यटन प्रवद्र्धन समितिको संयोजनमा कालिलेकमा आयोजना गरिएको कार्यक्रममा कालिलेकको प्रवद्र्धनका लागि तीनवटै स्थानीय तहले साझेदारी गर्ने प्रतिबद्धतासमेत जनाए । तीन पालिकाको सङ्गमस्थलका रूपमा रहेको कालिलेक र शिवधुरीलाई साझा पर्यटकीय गन्तव्य बनाउनका लागि कालिलेकमा पैदलमार्गमार्फत स्थानीयवासीको भेलासहित प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालिएको धवलागिरि पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष इन्जीनियर खिमानन्द कँडेलले जानकारी दिए।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती तथा काठेखोला गाउँपालिकाका जनप्रतिनिधिसहितको भेलाले कालिलेकको प्रवद्र्धनमा संयुक्तरूपमा लाग्ने प्रतिबद्धतासमेत जनाएका थिए । समुद्री सतहदेखि दुई हजार ३०० मिटर अग्लो कालिलेक तीन पालिकाको संयुक्त पर्यटकीयस्थलको रूपमा विकास गरी त्यस आसपास क्षेत्रका शिवधुरी, मोतिमारेलगायतको प्रचारप्रसार गर्नका लागि तीन पालिका एकजुट भएको गलकोट नपा प्रमुख गैरेले जानकारी दिए। “तीन पालिका मिलेर कालिलेकलाई उठाउनेछौँ, पूर्वाधार निर्माणमा लाग्ने छौँ” नगरप्रमुख गैरेले भने “पश्चिम बागलुङको पर्यटकीय नाकाका रूपमा यसलाई चिनाउनेछौँ ।” शिवधुरी हुँदै कालिलेक पश्चिम बागलुङको पयटकीय पदमार्गसँग जोडिएको क्षेत्रसमेत हो ।

यातयातका साधनबाहेक पैदलयात्राका लागि यो मार्ग प्रयोग गरिँदै गलकोट, ताराखोला हुँदै विश्वकै पर्यटकीय गन्तव्य रहेको ढोरपाटन शिकार आरक्षण पुग्न सकिने ताराखोला गाउँपालिकाका अध्यक्ष घर्तीले बताए । यही बाटो ढोरपाटनसम्म पर्यटक पठाउन सक्ने हो भने पर्यटकीयस्थल पञ्चकोट, बिहुँ, कालिलेक, शिवधुरी र घुम्टेको विकास गर्न सकिने घर्तीको तर्क छ । कालिलेकबाट घुम्टेको धुरी, शिवधुरी, गाजाको धुरी, झुलेनी, ताराखोला, गलकोट क्षेत्र देख्न सकिन्छ । कालिलेक ताराखोलाको पर्यटकीय गन्तव्यको रूपमा रहेको गाईघाट झरनासँग समेत पदमार्गले जोड्न आवश्यक छ । कालिलेकबाट धवलागिरि, अन्नपूर्णलगायतका दर्जनौं हिमाल देख्न सकिन्छ । कालिलेक तीन स्थानीय तहका तीन नाकाबाट पदमार्गमार्फत पुग्न सकिन्छ । कालिलेकमा कालीपोखरी, मोतिमारे, कालीबराह क्षेत्रलगायतका धार्मिक तथा पुरातात्विक महत्व बोकेका स्थल छन् ।

कालिलेकमा काठेखोला गाउँपालिकाको रिजालचोक, ताराखोलाको माझर्खक र गलकोटको भुजुङ्गेबाट कालिलेक पुग्न सकिन्छ भने कालिलेक पुग्न व्यवस्थित पदमार्ग निर्माण भइरहेको इन्जीनियर कँडेलले बताए। गत वर्ष सङ्घीय सरकारको रु १० लाख लागतमा रिजालचोकबाट कालिलेक पुग्ने र गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटमा रिजालचोक छिन्केरीडाँडा, कालिलेक, कायस, चरौदी पदमार्ग निर्माण गरिएको छ । आठ किलोमिटर पदमार्ग विसं २०४७ मा गलकोटका समाजसेवी लीलबहादुर बुढाथोकी निर्माण गरेको पदमार्ग अहिले पुनः मर्मतकार्यसमेत गरिएको छ ।

कालिलेकलाई वनभोजस्थल र सूर्यास्त अवलोकनका लागि आन्तरिक पर्यटक जाने गरेका छन् । यस क्षेत्रमा साइक्लिङ ल्याण्डको सम्भावना रहेको कँडेलको भनाइ छ । एउटा सत्तल रहेको कालिलेकमा खानेपानी र शौचालयको व्यवस्थापन गर्न आवश्यक रहेको छ । तीन स्थानीय तहले गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढ्ने साझा सहमति गरिएको छ । कालिलेक तथा शिवधुरी हुँदै पदमार्गमार्फत आएका पर्यटकलाई घरबासमा राख्नका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालिएको गलकोट नगरपालिका–६ भुजुङ्गेस्थित स्टोन भिलेज सामुदायिक घरवासका अध्यक्ष कमला श्रीसले बताए ।

नगदसहित आठ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार जुवाको खालबाट नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–१० का सूर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बागलुङ नगरपालिका–११ का राजन आचार्य, सन्तोष केसी, बागलुङ नगरपालिका–२ का ज्ञानबहादुर कार्की, बागलुङ नगरपालिका–९ का कृष्णबहादुर सार्की र बाँके जिल्ला खजुरा गाउँपालिका–३ का तेजविक्रम क्षेत्रीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूको साथबाट नगद रु ५४ हजार ७०० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए। पक्राउ परेका सबैका बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies