Khabar Dabali Logo
  December 1, Tue

म प्रथम अध्यक्ष हो, उहाँ द्वितीय, सभापतित्व गर्नुस् भनेर छाडिदिएकै छु : ओली

काठमाडौं। नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्‍यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरूलाई सुनाएपछि राजनीति तरंगित भयो। तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – ‘कसले गर्‍यो पार्टी फुट्ने कुरा ? मैले ?’ विशेष अन्तर्वार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूले नै अलि अगाडि पत्रकार सम्मेलनै गरेर जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ?’

बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नो गरौं, तर झगडा नगरी सल्लाहमा गरौं भनेर बोल्ने गरेको ओलीको आरोप छ । ‘फेरि अर्काे साथीले पनि त्यस्तो भन्नुभयो भन्ने कुरा छलफलका क्रममा प्रचण्डजीले मसँग भन्नुभयो’, उनले भने, ‘त्यसपछि मैले उहाँलाई सोधें, त्यस्तो स्थिति आउन दिने ? अनेकतातिर जान दिने ? एकताबद्ध बनाएरै पार्टीलाई अगाडि बढाउनु पर्छ, अरू प्रकारका गुटगत क्रियाकलाप तपाईंहरू गर्दै हुनुहुन्छ, यो नगरौं भनेको हुँ ।’

तर, पार्टी कसैले फुटाउन नपाउने उनले बताए। भने, ‘पार्टी कुनै हालतमा फुट्दैन, फुट्न दिइन्न ।’ बरु सचिवालयका ५ नेताको बेला–बेलाको बसाइको उनले कडा कटाक्ष गरे। ‘उहाँहरू पाँच जना बस्ने गर्दै आइरहनुभएकै छ। यो विल्कुल अस्वस्थ तरिका हो । गलत तरिका हो’, ओलीले भने ।

कर्णालीमा आफूमाथि आक्षेप लगाएर चुपचाप बसेको दाहालमाथि ओलीको आरोप छ । ‘पार्टीमा समस्या भइरहेको छ भने कार्यकारी अध्यक्ष हुँ भन्ने मान्छेले हेर्नु पर्दैन ? त्यो थाहा पाएर मलाई भन्नु पर्दैन ? दर्ता भइसकेपछि उहाँले मलाई सूचना गर्नुभयो । उहाँको काम पार्टी सञ्चालन गर्ने होला, पार्टी हाँक्ने, मिलाउने होला । त्यो गर्नु पर्दैन ? मेरो टाउकामा हाल्ने ?’

अध्यक्ष दाहालसहित सचिवालयका ५ नेता शनिबार प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग पार्टी बैठक बोलाउन माग गर्दै बालुवाटार पुगे । अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई पत्रै बुझाए ।

स्रोतका अनुुसार बैठक माग गर्ने नेतासँग प्रधानमन्त्री ओलीको केही बेर चर्काचर्की भयो । लगत्तै अन्तर्वार्ताका क्रममा हामीले सोध्यौं, ‘उहाँहरूसँग के–के कुराकानी भए ?’ ‘उहाँहरू आउनु भयो । पत्र बुझाएर जानुभयो । के छ त्यसमा, हेर्न बाँकी छ ।’ तर, बैठक बोलाउनेबारे ओलीको भनाइ छ, ‘जसले जतिखेर भन्यो त्यतिखेर बैठक बस्ने कुुरा होइन । जग हँसाउन बैठक बस्दैन ।’

प्रधानमन्त्री ओलीले आफूलाई अल्पमतमा परेको नठान्न चेतावनी दिए । ‘म महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुँ । अहिले पनि त्यही हैसियतमा यता पनि प्रथम अध्यक्ष हुँ । अरू कसैको कतै बहुमत छ, मेरो प्रतिस्पर्धामा प्रतिद्वन्द्वितामा कसैको बहुमत छ, म अल्पमतमा परें भन्ने कसैलाई भ्रम नरहोस्’, उनले भने ।

उनले भदौ २६ मा सहमति गरे पनि त्यसअघिको झगडा व्यर्थको भएको आरोप लगाए। ‘त्यसभन्दा अगाडिको लडाइँ केका लागि थियो ? के इस्यु थियो ? व्यक्तिगत स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा, व्यक्तिगत कुण्ठा र ईष्र्याबाहेक के थियो ? सैद्धान्तिक मुद्दा थियो ? वैचारिक मुद्दा थियो ? राष्ट्रिय मुद्दा थिए केही ? केही पनि थिएनन्’, उनले भने, ‘खाली गुटबन्दी गर्ने, गुटका बैठक बस्ने, त्यहाँबाट निहुँ खोज्ने, त्यति न थियो ।

त्यो दुष्प्रयास सफल नभएपछि सहमति खोज्नुपरेको हो । सहमति खोज्न मानियो । मञ्जुर गरियो । सहमति जसरी भए पनि चाहिएको थियो । जे–जे भनेर सहमति हुन्छ भने त्यही गरौं भनेर गरियो ।’

अध्यक्षद्वयको कार्यविभाजन र कार्यधिकारका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष ओलीले भने, ‘म प्रथम अध्यक्ष हो । उहाँ द्वितीय अध्यक्ष । हामीकहाँ प्रथम अध्यक्षचाहिँ झन् सेरोमोनियल हुन्छ र ? द्वितीय अध्यक्ष भनेको द्वितीय अध्यक्ष नै हो ।

तैपनि, सभापतित्व गर्नुस् तपाईं भनेर छाडिदिएको छ । चलाउनुस् न त, छाडिदिएकै छ । अनि के पुगेन अझै ? गुटमा सधैं प्रधानमन्त्रीको आलोचना गरेको छ, प्रधानमन्त्री भएन भनेको छ । प्रधानमन्त्री भएन भनेको के हो ? को हुनुपर्छ भनेको ? आफू हुनुपर्छ भनेको हो ?’

कात्तिक २३ गते, २०७७ - ०७:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफन्तबाटै छोरीचेली असुरक्षित

रौतहट । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्रयाक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या...   
सलबलाए राजावादी

सलबलाए राजावादी

काठमाडौं । सरकार र व्यवस्थाको विरोधमा सडकमा नाराबाजी लाग्ने क्रम बढ्दो अवस्थामा छ । गणतन्त्रविरुद्ध...   

देशभर तीन हजार किमि सडक मर्मत गरिँदै

काठमाडौं । मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिने भएको छ । ‘समृद्ध नेपालका लागि सडक,...   

समुदायमा संक्रमण : काठमाडौँको संक्रमण दर ५.९७ प्रतिशत रहेको एन्टिजेन परीक्षणको प्रारम्भिक नतिजा

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थालेको छ । तर,...   
प्रहरी महानिरीक्षककै ब्याचीहरू एसएसपी मात्र, जुनियर अधिकृत विश्वराज पोखरेल एआइजीमा सिफारिस

प्रहरी महानिरीक्षककै ब्याचीहरू एसएसपी मात्र, जुनियर अधिकृत विश्वराज पोखरेल एआइजीमा सिफारिस

आगामी चुनावमा आफू अनुकूल आइजिपी बनाउन दरबन्दी थपेर एआइजी बढुवा काठमाडौं । चेन अफ कमान्डमा चल्ने प्रहरी...   

राज्य व्यवस्था समितिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था सुशासन समितिले नेपालको नाम ‘संघीय लोकतान्त्रिक...   

वाग्मती प्रदेशले अघि बढायाे रिक्त कर्मचारी व्यवस्थापनको काम

काठमाडौं । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी...   

बैतडीको दशरथचन्द नगरपालिका प्रमुखसहित १८ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार...   
चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

काठमाडौँ । आज चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपाल आउँदै छन् । २०७६ कात्तिक १...   

प्रहरी अधिकारीविरुद्ध चार महिनामै ३१२ उजुरी

काठमाडौं । प्रहरी अधिकारीविरुद्धका उजुरी बढ्दै गएका छन् । पछिल्लो चार महिनामा मात्र प्रहरीविरुद्ध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top