Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कोरोना विरुद्धको अभियानमा आविष्कार केन्द्र

काठमाडौं । ‘हेलो ! अँ भन्नुस् ।’ ‘…. ’
‘होला अलिअलि । कति चाहिने हो ?’
‘कति बजे भेटिन्छ ?’ सायद यस्तै प्रश्न सोधियो होला उताबाट ।
‘यहाँ बजे भन्ने नियम हुन्न । जतिखेर आए पनि हुन्छ । कति चाहिन्छ, आएर लानुस् ।’

आजको गोरखापत्र दैनिकमा खबर छ - फोनको कुराकानी बिसाएपछि मतिर फर्किएर महावीर पुनले ‘अँ केरे’ भन्दै कुराकानी अगाडि बढाउने सङ्केत गरेपछि भर्खरैको टेलिफोन संवादबारे चासो राखेँ । पीपीईको माग भएको रहेछ ।

जुन बेला चिकित्सकले पीपीई सेटको अभावमा अस्पतालमा बिरामी जाँच्न डराइरहेका थिए, त्यो बेला आविष्कार केन्द्रले पीपीई बनाएर बाँड्न थालेको थियो । अहिलेसम्म पनि आवश्यकता अनुसार केन्द्रले पीपीई बाँड्दै आएको छ । पुनका अनुसार अहिलेसम्म १७ हजारभन्दा बढी पीपीई सेट वितरण भइसकेको छ, बिना मूल्य ।

सित्तैमा बाँडेर कसरी चल्छ आविष्कार केन्द्र ?
देश विदेशमा रहेका नेपाली र शुभेच्छुक दाताहरूको सहयोगमा अनुसन्धान केन्द्र अगाडि बढाउँदै आएका पुनले भने, ‘हुनेले जति सक्दो सहयोग गर्छन् तर मूल्य राखेर बेचेका छैनौं । हामी व्यापार गर्ने संस्था पनि होइनौंं । आवश्यक पर्नेले लिएर जान्छन् ।’

उनको अनुभवमा सरकारी अस्पतालसँग त खरिद कारोबार नै कठिन छ । त्यहाँबाट पैसा लिनै कठिन । एम्बुलेन्स चालक, सुरक्षाकर्मी, सफाइ मजदुर, स्वास्थ्यकर्मीलाई पैसा लिने कुरो पनि भएन । निजी अस्पतालहरू चाहिँ केही सहयोग गरेर नै सामान लैजान्छन् ।

विभिन्न विधाका ३३ वटा अनुसन्धानका काम भइरहेको राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्मी तथा प्राविधिक जनशक्ति यतिबेला कोरोना (कोभिड–१९) विरुद्धको अभियानमा दिनरात जुटिरहेका छन् ।

केन्द्रका प्रमुख पुनले भने, ‘तीन वर्षअघि स्थापना भएको केन्द्रमा २५ वटा जति अनुसन्धानमा सफलता मिल्दै गएको थियो, पाँच वटा ‘प्रोजेक्ट’ त सकिनै लागेका थिए । कोभिडपछि तिनलाई थाँती राखेर सम्पूर्ण जनशक्ति यतैतिर केन्द्रित गरेका छौँ ।’

केन्द्रमा कोरोना भाइरस उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताललाई आवश्यक उपकरण तथा मेसिनको मर्मतदेखि कोरोना बुथ, नर्सिङ रोबट, डेडबडी ब्यागलगायत १३ वटा वस्तुको उत्पादन कार्य भइरहेको छ । भेन्टिलेटर नै ५० भन्दा बढी मर्मत भइसकेको छ । किड्नी डाइलसिस मेसिन, एक्सरे मेसिनको मर्मत मात्र होइन दुई महत्वपूर्ण क्षेत्रमा अनुसन्धानसमेत भइरहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies