Khabar Dabali Logo
  November 30, Mon

देशभर कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुग्यो

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ । त्यसमध्ये एक लाख ५५ हजार एक सय १४ जना निको भइसकेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार दश हजार चार सय २३ नमुना परीक्षण गर्दा दुई हजार सात सय ५३ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा दुई हजार दुई सय ६ जना निको भएका छन् । शनिबारसम्म २८ हजार नौ सय २० जना संक्रमित घरमा बसेका छन् ।

त्यस्तै, बागमती प्रदेशमा १८ हजार चार सय ८६, प्रदेश १ मा चार हजार पाँच सय ७०, प्रदेश २ मा नौ सय ८५, गण्डकीमा एक हजार सात सय १०, लुम्बिनीमा दुई हजार एक सय ८६, कर्णालीमा दुई सय ९८ र सुदूरपश्चिममा ६ सय ८५ जना घरमै बसेका रहेका छन् ।

पछिल्लो २४ घन्टामा चार सय ४१ जना कोरोना संक्रमित सघन उपचार कक्षमा छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आइसियूमा तीन सय ६५ र भेन्टिलेटरमा ७६ जना छन् ।

तथ्यांकअनुसार बागमती प्रदेशमा एक सय ६३ जना आइसियू र ३५ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा ४४ जना आइसियू र १५ जना भेन्टिलेटरमा, गण्डकीमा ८० जना आइसियू र १७ जना भेन्टिलेटरमा, लुम्बिनीमा ५८ जना आइसियू र ६ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै, सुदूरपश्चिममा सात जना आइसियू र एकजना भेन्टिलेटरमा छन् । प्रदेश २ मा आठ जना आइसियू र दुई जना भेन्टिलेटरमा छन् भने कर्णालीमा पाँच जना आइसियूमा छन् ।

कात्तिक २३ गते, २०७७ - ०६:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाग्मती प्रदेशले अघि बढायाे रिक्त कर्मचारी व्यवस्थापनको काम

काठमाडौं । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी...   

बैतडीको दशरथचन्द नगरपालिका प्रमुखसहित १८ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार...   
चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

काठमाडौँ । आज चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपाल आउँदै छन् । २०७६ कात्तिक १...   

प्रहरी अधिकारीविरुद्ध चार महिनामै ३१२ उजुरी

काठमाडौं । प्रहरी अधिकारीविरुद्धका उजुरी बढ्दै गएका छन् । पछिल्लो चार महिनामा मात्र प्रहरीविरुद्ध...   

कोरोना जितेपछि काममै दतचित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण शुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी...   

अध्यक्ष प्रचण्डले भने, ‘ओलीमा अझै अहंकार र दम्भ कायम छ, विभिन्न हर्कत गर्दैछन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्तावेज पेस गरेपछि अर्का अध्यक्ष...   

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

काठमाडौं । कांग्रेसले भ्रष्टाचारविरुद्ध प्रखर आवाज उठ्न, उठाउन र तीव्र दबाब सिर्जना गर्न जरुरी रहेको...   

कक्षा १२ को परीक्षामा बेथिति : १३ घण्टा अघि नै प्रश्नपत्र आउट

बुटवल । ९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा...   

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

कालिकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार...   

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top