Khabar Dabali Logo
  December 4, Fri

भारतीय सेनाध्यक्षको भ्रमणः सम्बन्ध सुधारमा ग्रिन सिग्नल

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ ।

आजको राजधानी दैनिकमा खबर छ – नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न नेपाल आएका नरवणेको राष्ट्रपति, प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीहरूसँगको भेटपछि सीमा विवादको विषयले बिग्रिएको दुई देशको सम्बन्धमा उपाधि ग्रहण परम्पराको निरन्तरतासँगै सुधारको संकेत देखिएको हो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गरेका नरवणेले राष्ट्रपति भण्डारीसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।

यसैगरी, शुक्रबार उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको स्पष्ट पारेका छन् । उनले सोही सम्बन्धका कारण नै दुई देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको पनि स्मरण गरेका छन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच देखिएको समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारका पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले पहिले खासै चासो नहुने यस्ता भ्रमण सीमाका विषयमा नरवणेले दिएको अभिव्यक्तिकै कारण चर्चामा आएको र नेपाली सेनाका प्रधानसेनापतिले सो समयमा जवाफी प्रतिक्रिया नदिँदा यो भ्रमण हुन सकेको बताए ।

नरवणेको भ्रमण दुई देशबीच बिग्रिएको सम्बन्ध सुधारमा ‘आइसब्रेक’ भएको समेत प्रधानले स्पष्ट पारे । ‘नरवणेले सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिए तर हाम्रा सेना प्रमुखले बुद्धिमताको प्रयोग गरे ।

त्यसकारण यो भ्रमण सम्भव भयो, यो भ्रमण सीमा विवादपछि बिग्रिएको दुई देशको सम्बन्ध सुधारमा आइसब्रेक हो,’ पूर्व रक्षामन्त्री प्रधानले भने । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल सहभागी थिए भने नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए ।

भारतले सीमा विवादका सम्बन्धमा कूटनीतिक वार्ताका लागि चासो नदेखाए पनि केही साताकै अन्तरालमा रअ प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणले समेत दुई देशको सम्बन्ध सुधारमा ग्रिन सिग्नल दिएको हो । कतिपयले दुई देशबीच राजनीतिक र कूटनीतिक सम्बन्ध चिसिएको बखत सैन्य कूटनीतिको सहारामार्फत सम्बन्ध सुधारको पहल थालिएको समेत भन्दै आएका छन् ।

राष्ट्रपति भण्डारीले नरवणेलाई बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् । यो उपाधि पाउने रनवणे भारतीय सेनाका १८औं प्रमुख हुन् ।

विगत सात दशकदेखि दुई देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहेकामा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । यो उपाधि पहिलो पटक सन् १९५० मा तत्कालीन भारतीय सेना प्रमुख सेनापति जनरल केएम करिअप्पालाई प्रदान गरिएको थियो ।

भारतीय सेनाध्यक्ष नरवणे शुक्रबार तीन दिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कात्तिक २२ गते, २०७७ - ०८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना महामारीका कारण सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

काठमाडौं। कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा...   
हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला । आज(बिहीबार) बिहानै हुम्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका...   

एमएकाे परीक्षा दुई घण्टाको मात्र लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने...   

अझै १५ दिन निषेध गरिएका सेवा तथा व्यवसाय सञ्‍चालन गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका...   

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक मंसिर २५ र २६ गते

काठमाडौं। नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ...   

गणतन्त्र स्थापनाको १२ वर्षमै किन सलबलाए राजावादी ?

काठमाडौं । कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो...   

नेकपाकाे आन्तरिक विवादमा दुवै अध्यक्ष रक्षात्मक

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा...   

प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ?

काठमाडौं । लामो समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि...   

अक्करमा ओली : न बहुमतको निर्णय मान्ने मनोविज्ञान, न नमान्ने सुविधा

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि नेकपा सचिवालयले तीन दिनको विश्राम...   
अर्थतन्त्र पुनरुत्थानमा महासंघको जोड

अर्थतन्त्र पुनरुत्थानमा महासंघको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले अर्थमन्त्री विष्णु पौडेलसँग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top