Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

४६ औं अमेरिकी राष्ट्रपतिका लागी जित नजिक रहेका बाइडेनको जिवन कहानि

७७ वर्षीय जो बाइडेन, अमेरिकी राष्ट्रपतिका उम्मेदवार । जीतभन्दा ६ सीट मात्रै टाढा ।

निर्वाचन जितेमा उनी अमेरिकाको सबैभन्दा बयोबृद्ध राष्ट्रपति हुनेछन् । अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प ७४ वर्षका छन् ।

र, यी बयोबृद्ध ‘आसन्न राष्ट्रपति’ बाइडेनको जीवन भने ट्रम्पको जस्तो सहज छैन । जहाँ ट्रम्पले मस्तीपूर्वक जीवन बिताए, त्यहीँ बाइडेनको जीवनमा भने निकै उतारचढाव देखिन्छ ।

कठीन बाल्यकाल

सन् १९४२ को नोभेम्बर २० मा एउटा मध्यमवर्गीय परिवारमा जन्मेका बाइडेनका बुवा कार व्यापारी थिए । तर सन् १९५० को दशकमा बाइडेन दश वर्षको छँदा उनीहरु शहर छोड्न बाध्य भए । उनीहरु केही समय मामाघर बसे ।

बाइडेनका बुवाले भन्थे रे– छोरा, यदि तिमी लड्यौ भने नि, अर्कोपल्ट तिमी उठन सिक्नेछौ ।

बाइडेनले डेलवेर र साइराकस विश्वविद्यालयमा कानुनको पढाई गरे । त्यतिबेला धनी बाउका छोराछोरीले मात्र कानुन पढन सक्छन् भन्ने मान्यता थियो । बाइडेनलाई कक्षामा कतिले हेप्थे रे । उनको नाम नै बाइडेनबाट ड्यास भनेर राखिएको थियो ।

तर अपमान सहेर पनि उनले पढाई भने जारी नै राखे । दुई विषयमा माष्टर गरे भने शिक्षा क्षेत्रमा पिएचडी गरे ।

गुमाए छोरी र श्रीमती

सन् १९७२ । बाइडेनको जीवनको दुखद वर्ष । उनकी श्रीमती नेइला र जेठी छोरी नाओमी अरु दुई छोरासँगै क्रिसमसको किनमेल गर्न गइरहेका थिए । तर कार दुर्घटना हुन पुग्यो । नेइला र नाओमीको निधन भयो, दुई छोरा भने बाँच्न सफल भए तर सिकिस्त घाइते ।

त्यसपछि उनका दुई छोराले बुवालाई राजनीतिमा साथ दिए । उनका छोरा ब्यू डेलावेयरको न्यायाधिवक्ता समेत बने । तर बाइडेनको जीवनमा दुख बाँकी नै थियो । सन् २०१५ मा क्यान्सरका कारण छोरा ब्यूको पनि निधन भयो । यही कारण उनले २०१६ मा राष्ट्रपति निर्वाचन लडन सकेनन् ।

जिलसँग दोश्रो बिहे, छोरा कुलतमा

सन् १९७७ मा एकजना शिक्षिका जिल ज्याकोबसँग बाइडेनको भेट भयो । केही वर्षको उठवसपछि उनीहरुले सन १९७७ मा बिहे गरे । जिलबाट उनका दुई छोरा हन्टर र माथि उल्लेख गरिएका ब्यू जन्मिए । सन् १९८१ मा उनको छोरी एस्ले जन्मिइन ।

यो बेलासम्म उनले पिएचडी गरेर विश्वविद्यालयमा पढाउन शुरु गरिसकेका थिए ।

तर उनका छोरा हन्टरको जीवन पनि सुखद हुन सकेन । अमेरिकी नेभी रिजर्भमा भर्ती भएपनि उनी त्यहाँ धेरै दिन टिक्न सकेनन् । तर लागु पदार्थको कुलतमा फसेका कारण उनलाई त्यहाँबाट निकालियो । त्यसपछि युक्रेनको ग्यास कम्पनीमा संलग्न हन्टर भ्रष्टाचारमा मुछिएको भन्दै ट्रम्पले निकै आलोचना समेत गरे । हन्टरमाथिको अनुसन्धानमा बाइडेनले हस्तक्षेप गरेको ट्रम्पको आरोप थियो ।

कुशल शिक्षक र लेखक

बाइडेनलाई शुरुका दिनमा भाषण गर्न आउँदैनथ्यो रे । तर कक्षामा भने उनी उत्कृष्ट शिक्षकका रुपमा गनिन्छन् । एजेन्सीहरुले उल्लेख गरे अनुसार, उनी विश्वविद्यालयमा एक घण्टा प्रवचन दिएको शुल्क मात्रै औसत एक लाख डलर लिन्छन् । सन् २०१९ को एउटा रेकर्डमा उल्लेख भए अनुसार, उनले न्यूनतम ४० हजार र अधिकतम १ लाख ९० हजारसम्म एकघण्टा प्रवचन दिए वापत लिएका छन् । तर उनको आर्थिक अवस्था भने तुलनात्मकरुपमा मध्यम मानिन्छ । सन् २०२० को सेप्टेम्बरमा उनी र उनकी श्रीमतीले ३ लाख ४६ हजार कर तिरेबाट यसको पुष्टि हुन्छ । उनले वार्षिक १० लाख डलरसम्म कमाउने गर्दछन् ।

आइसक्रिम खान निकै मन पराउने बाइडेनले रक्सी र चुरोट भने खाँदैनन् । तर हप्तामा दुई दिन भने उनले विदा लिने गरेका छन् ।

राजनीतिमा सफल

बाइडेन २९ वर्षको उमेरमा राष्ट्रिय राजनीतिमा देखिएका थिए । उनी सन् १९७२ अमेरिकी इतिहासमा सबैभन्दा कान्छो सिनेट सदस्यका रुपमा निर्वाचित भएका थिए । त्यसपछिका दिनमा उनले पछाडि हेर्नु परेन । ओबामाकालमा उनी उप राष्ट्रपति बनेका थिए ।

बाइडेनले कानुन, स्वास्थ्य, शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, आतंकवाद, जलवायु परिवर्तनलगायतका कतिपय विषयमा अनुसन्धान गरेका छन् । उनका कैयन पुस्तक र खोजमूलक लेखहरु प्रकाशित छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies