Khabar Dabali Logo
  December 4, Fri

प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकमा को आए, को आएनन् !

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ। कार्यकारी अध्यक्ष प्रचण्डले अनौचारिक सचिवालय बैठक दिउँसो ३ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका हुन्।

पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले बोलाएको बैठकमा सचिवालयका ९ जना सदस्यमध्ये ५ जना उपस्थित भएका छन्। बैठकमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल र प्रवक्ता नारायण काजी श्रेष्ठ उपस्थित भएका छन्।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं सचिवलाय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने सहभागी छैनन्। रामबहादुर थापा र विष्णु पौडेल भने गृह मन्त्रालयमा छलफलमा रहेका बताइएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक बैठकका लागि सचिवालयका ९ जनालाई नै बैठकमा बोलाइएको बताएका थिए।

पार्टीभित्र उत्पन्न संकट समाधानका लागि अध्यक्ष प्रचण्डले अरू नेतासँग छलफल गर्न बैठक बोलाएका हुन्। पार्टी कार्यालयमा हुने छलफलका आधारमा के गर्ने भन्ने निर्क्योल हुने एक सचिवालय सदस्यले जानकारी दिए। बिहीबार अध्यक्ष केपी शर्माओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन। गत शनिबार ओली र प्रचण्डबीच भएको सम्वादमा ओलीले बैठक बोलाउन अनिच्छा देखाएका थिए।

कात्तिक २१ गते, २०७७ - १५:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top