Khabar Dabali Logo
  November 29, Sun

ताप्लेजुङ विमानस्थल स्तरोन्नति आगामी चैतसम्म सम्पन्न हुने

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको आज अवलोकन गरेका छन् ।


सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे। प्रदेश नं १ को राजधानी विराटनगर विमानस्थललाई केन्द्र बनाएर प्रदेशका सबै जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक राजनकुमार पोखरेलले बताए। अहिले ५५ वटा पहाडी क्षेत्रमा विमानस्थल निर्माण भइरहेको र ३२ विमानस्थल कालोपत्रे भइसकेको उहाँले जानकारी दिए।

ताप्लेजुङ सुकेटार विमानस्थलको सात सय मिटर क्षेत्रमा स्तरोन्नति भइरहेको र थप १५० मिटरमा धावनमार्गमा कालोपत्रे गर्न बाँकी रहेको जनाइएको छ । कालोपत्रे गर्ने कार्यमा तापक्रम मिलाउनुपर्ने भएकाले आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने कार्ययोजना तयार भएको जनाइएको छ ।

आर्थिक वर्ष २०७६.७७ मा सुकेटार विमानस्थल स्तरवृद्धिका लागि रु १६ करोड बजेट विनियोजन भएको थियो । फुङलिङ नगरपालिका वडा नं ६ मा पर्ने सो विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा कृष्ण–बङ्गलामुखी जेभी कन्स्ट्रक्सनले रु आठ करोड ९९ लाख ५० हजार ३४९ मा ठेक्का पारेको थियो । आयोजनाका प्रमुख इञ्जिनीयर हरि अधिकारीका अनुसार अघिल्लो वर्षको असोजदेखि विमानस्थल स्तरवृद्धिको कार्य शुरु भएको हो ।

कात्तिक २१ गते, २०७७ - १५:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयर बजारमा आज पनि नयाँ कीर्तिमान, नौ अर्ब माथीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से...   

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको...   

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन, शिक्षामा दीर्घकालीन असर पर्ने विज्ञहरुको भनाइ

काठमाडौँ । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको...   

पछिल्लो २४ घण्टामा १२ सय ५५ जनामा काेराेना पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...   
बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौं । बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेज कम्पनीको एक हेलिकप्टर नुवाकोटमा...   

कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना...   

यस्तो छ उद्यमी चन्द्र ढकालको अमलाचौरदेखि व्यावसायिक नेतृत्वसम्मको यात्रा

काठमाडौँ । भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको...   

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

ताप्लेजुङ । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी...   

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट, एक टिकट खरिदमा अर्को टिकट निःशुल्क

काठमाडौं । बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न...   
चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा स्वागत, यी दुई एजेन्डामा छलफल हुने

चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा स्वागत, यी दुई एजेन्डामा छलफल हुने

काठमाडौं । एकदिने नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top