Khabar Dabali Logo
  November 25, Wed

कोरोनाबाट कैलालीको गौरीगङ्गा नगरपालिकाको वडाध्यक्षको मृत्यु

धनगढी । कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिए। बिरामी हुनु भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। यसैबीच कोरोनाको सङ्क्रमण भई धनगढीमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उनका स्वकीय सचिव जङ्गबहादुर विकले बताए ।

“मन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेपनि सुधार आउन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ”, विकले भने, “धनगढीमा होम आइसोलेशनमा बसिरहनुभएका मन्त्री शाहलाई नाकबाट रगत बगेपछि बुधबार सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गरिएको थियो ।”

मन्त्री शाहसहित उनकी धर्मपत्नी र गाडी चालकमा यही कात्तिक १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थी चिसो मौसममा कोरोना सङ्क्रमण दर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताए।

कात्तिक २१ गते, २०७७ - १२:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तर्राष्ट्रिय उडान संख्या अझै बढाउने सीसीएमसीको निर्णय

काठमाडौँ । कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय...   

कोरोना विरुद्धको खोप प्रमाणित हुने बित्तिकै नेपालीले पाउँछन् : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित...   

पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ...   

उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...   

राजनीतिक प्रस्तावको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित छैन : प्रचण्डको सचिवालय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय...   

पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनालाई कोरोना, २४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...   

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन...   

नेपाल–भारत सम्बन्ध विदेश सचिवको भ्रमणले हार्दिकतातर्फ फर्कने अपेक्षा

काठमाडौँ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले...   

बैतडीमा जीप दुर्घटना हुँदा ५ को घटनास्थलमै मृत्यु, ४ जना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी...   

म्याग्दीका पूर्वाधार आयोजनाको काम अलपत्र

म्याग्दी । विसं २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तर्गत ७६...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top