Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बालुवाटारमा ओली–प्रचण्ड भनाभन, कोटेश्वरमा दाहालद्वारा कानूनी परामर्श

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल कानुनविद्हरूसँग परामर्शमा थिए । दाहालका साथमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू पनि थिए ।

आजको कान्तिपुर दैनिकमा खबर छ - त्यही छलफललाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘पार्टीमा गुटबन्दी चर्किएको छ, विश्वास अविश्वासका कुरा भइरहेका छन्, त्यसको सामना गरिनेछ । कोटेश्वरमा अहिले पनि बैठक बसिरहेको छ, अस्थिरताको प्रयत्न भइरहेको छ । त्यस्तो प्रयत्नलाई चकनाचुर पारिनेछ ।’

ओलीले बुधबार मात्रै पनि आफूलाई राजीनामा मागिएको उल्लेख गर्दै अहिले राजीनामा दिँदा देश बर्बादीतिर जाने बताएका थिए । बालुवाटारमा ओलीले आफूविरुद्ध तानाबाना बुनिरहेको बताइरहँदा कोटेश्वरमा दाहालसहितका नेताहरू ओलीले चाल्न सक्ने संवैधानिक–राजनीतिक कदम र त्यसको सामनाका लागि अपनाउन सकिने उपायबारे नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायीसँग छलफल गरिरहेका थिए ।

‘प्रधानमन्त्रीले यसअघि पनि अध्यादेश ल्याउनुभएकै हो, उहाँले अरू पनि संवैधानिक–राजनीतिक कदम चाल्न सक्नुहुन्छ, त्यसमा हाम्रो तयारी कस्तो बनाउने भनेर परामर्श गरेका हौं,’ छलफलमा सहभागी एक नेताले भने । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कोरोनाले न्यायक्षेत्रमा पनि असर पारिरहेकाले त्यसमा के भूमिका खेल्न सकिन्छ भन्नेबारेमा परामर्श भएको बताए ।

कोटेश्वरको छलफललगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । उनीहरूबीच करिब एक घण्टा भएको छलफल भनाभनमै सकिएको अध्यक्षद्वय निकटस्थहरूको भनाइ छ । ‘उहाँ (दाहाल) आज दुइटा विषय बोकेर आउनुभएको थियो । पहिलो, जनताको बहुदलीय जनवादको छलफल किन चलाउनुभयो भनेर सोध्नुभयो । दोस्रो, पार्टीको बैठक बोलाइहालौं भन्नुभयो,’ ओली निकट एक नेताले भने ।

ती नेताका अनुसार अध्यक्षद्वयबीच सहमति नबनी पार्टीको बैठक बोलाउन खोजेर दाहालले फेरि भाँडभैलो गर्न खोजेको ओलीको भनाइ थियो । ‘पहिले तपाईं र म छलफल गरौं, मिल्ने कुरा केके हुन्, नमिल्ने कुरा केके हुन हेरौं, अनि बल्ल बैठक बोलाउँला,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नत्र हूलहुज्जत गर्न बैठक बोलाएर केही काम छैन ।’

दाहालले भने दुई अध्यक्षबीच मात्रै छलफल गरेर कुनै निचोड नआउने भन्दै बैठक नै बोलाउन जोड दिएका थिए । ‘तपाईंले अर्को पार्टीको अभ्यास सुरु गरिसक्नुभएको छ, हिजो प्रदेश १ को भेला गरेर जबज पक्षधर एक हुनुपर्छ भन्नुभयो । तपाईंको राजीनामा कतैबाट मागिएको छैन, मागे भनेर हल्ला गर्नुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीमा गम्भीर छलफल गर्नैपर्छ, बैठक बोलाऔं ।’

जवाफमा ओलीले आफूलाई ठीक लागेकै कुरा गरेकाले अहिले बैठक बाहेकका विषयमा कुरा गर्न भनेका थिए । ‘मैले जे जे काम गर्नुपर्ने हो त्यही गरेको छु, हामीबीचमा मात्रै छलफल र सहमति हुन्छ भने हुन्छ नत्र जसले जे सक्छ त्यही गरे भइहाल्यो,’ ओलीले दाहालसँग भनेका थिए, ‘मेराविरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन कानुनविद्सँग छलफल गर्नुभएकै छ, हस्ताक्षर चलाउनु भएकै छ ।’

दाहालले पनि ओलीलाई छुट्टाछुट्टै भेला आयोजना गरेर फरक पार्टीको अभ्यास थालेको बताएका थिए । त्यसपछि ओलीले आफूहरूबीच पार्टी एकताको सम्बन्ध भएकाले गुटका भेला रोक्न दाहाललाई भनेका थिए ।

‘तपाईंले जथाभावी नगर्नुस्, पहिले गुटका भेलाहरू रोक्नुस् अनि पार्टी एकताको काममा लाग्नुस्,’ ओलीले दाहाललाई जवाफ दिएका थिए, ‘तपाईंले ध्यान नदिँदा पार्टी एकताको काम लथालिंग भएको छ ।’ त्यसपछि दाहाल बालुवाटारबाट निस्किएका थिए ।

ओलीसँग भेटेर फर्किएपछि अध्यक्ष दाहालले आफूनिकट नेताहरूलाई भेटबारे ब्रिफिङ गरेका थिए । ओलीसँग एक्लाएक्लै छलफल गर्दा कुरै नमिल्ने र दिमागमात्रै खराब हुने उनको प्रतिक्रिया थियो । कत्ति पनि सहमति नभएको उल्लेख गर्दै उनले अब झन् संकट निम्तिन सक्ने बताएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सुरु भएको अध्यक्षद्वयको किचलो पछिल्लो समय जनताको बहुदलीय जनवादलाई पार्टी कार्यक्रम बनाउनुपर्ने भन्दै ओलीले दिएको अभिव्यक्तिसम्म पुगेको छ ।

सुरुमा कुन मन्त्री राख्ने र कसलाई हटाउने भन्नेमा दुई अध्यक्षबीच कुरा मिलेन, त्यसपछि कर्णाली प्रदेशको विवाद र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयललाई प्रधानमन्त्रीले भेटेको विषयमा उनीहरूबीच मतभेद भयो । पछिल्लो समय ओलीको राजीनामा, पार्टी विभाजन र जनताको बहुदलीय जनवादको विषय नयाँ विवादका रूपमा थपिएका छन् ।

गएको असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत लागिपरेको र त्यसमा पार्टीभित्रकै नेताहरूले साथ दिइरहेको बताएपछि पार्टीमा एकाएक उनको राजीनामा मागिएको थियो ।

गत भदौ २६ गते प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व ओलीले नै गर्ने निर्णय नेकपाले गरेको थियो । तर डेढ महिना नपुग्दै ओलीले फेरि आफ्नो राजीनामा मागिएको र अहिले राजीनामा दिए देश बर्बादीतिर जाने बताएपछि दाहालले त्यो विषयमा पनि बिहीबारको भेटमा सोधेका थिए ।

तर ओलीले आफ्ना निकटस्थहरूलाई बताएअनुसार दाहालले गत १५ गतेको भेटमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन र आफूलाई एकल अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । ओली पक्षधर नेताहरूले दाहाल र नेपालले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेको बताएका छन् ।

‘उहाँहरू आफूले पनि काम नगर्ने अरूलाई पनि गर्न नदिने पक्षमा हुनुहुन्छ,’ ओलीनिकट एक नेताले भने, ‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियान नै चलाउनुभएको छ, अनि हामी चुप लागेर बस्ने ?’

शीर्ष नेताहरूबीच अहिलेसम्म कुनै पनि समझदारी जुटिनसकेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । ‘उहाँहरू जहाँको त्यहीं हुनुुहुन्छ, हामी संवाद र सहमति होस् भनेर पहल गरिरहेका छौं,’ पौडेलले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies