Khabar Dabali Logo
  November 25, Wed

सङ्खुवासभाका २ हजार घरधुरीको फुसको छानो हट्ने

खाँदबारीका ३४०, चैनपुरका ३६०, धर्मदेवीका १८६, पाँचखपनका २४३ र मादीका १६५ घरधुरीले जस्तापाताका लागि रकम पाउनेछन् । त्यसैगरी चिचिलाका १२९, भोटखोलाका ६१, मकालुका १४४, सभापोखरीका १६३ र सिलिचोङका १७९ घरधुरीले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत अनुदान पाउने आयोजनाले जनाएको छ । सुरक्षित आवास निर्माणवापत रु ५० हजार उपलब्ध गराइने छ । सेवाग्राहीलाई पहिलो किस्तास्वरुप रु ३० हजार उपलब्ध गराइने छ । घर निर्माणका लागि जस्तापाता खरीद गरेको बिल भर्पाइ पेश गरिसकेपछि बाँकी रकम पाँच प्रतिशत व्यवस्थापन खर्च कटाएर उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिले तोकेबमोजिमका सम्भावित लाभग्राही प्रत्येक वडास्तरबाट लाभग्राहीको तथ्याङ्क सङ्कलन भइरहेको सुरक्षित नागरिक आवास समन्वय समितिका सदस्य जिल्ला समन्वय समिति अध्यक्ष सुमन शाक्यले बताए ।

सरकारले देशभरका २० हजार घरधुरीलाई सुरक्षित आवासका लागि करीब रु एक अर्ब बराबरको बजेट वितरण गर्न लागिरहेको छ । उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउन सम्बन्धित स्थानीय तहमा मन्त्रालयले फाराम पठाएको छ । मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्न आफूहरु कटिबद्ध रहेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख एकराज अधिकारीले बताए ।

कात्तिक २० गते, २०७७ - १४:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समृद्धिका लागि पार्टी एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

वालिङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई सुदृढ...   

महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना...   

कोरोना भाइरसबाट हालसम्म करिब १४ लाख व्यक्तिहरुको मृत्यु

पेरिस । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको...   

कक्षा १२ को परीक्षा सन्तोषजनक : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा...   

पाकिस्तानमा कोरोना भााइरसका संक्रमण बढ्दो

इस्लामावाद । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका...   

निकारागुवामा भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु, २५ जना घाइते

मनागउ । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा...   

उहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मानित

काठमाडौँ । छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ सङ्क्रमण बढेका बेला नेपालका तर्फबाट...   

घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक...   

किसानलाई घाँसको बीउ वितरण

स्याङ्जा । व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई...   

पछिल्लो २४ घण्टामा भारतमा थप ३८ हजार मानिस सङ्क्रमित

नयाँदिल्ली । कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top