Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

चितवनको कारागारका कैदीमा कोरोना देखिएपछि उच्च सतर्कता

चितवन । चितवनको भरतपुरस्थित कारागारमा एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

कारागार कार्यालय पोखराबाट असोज २७ गते यहाँ स्थानान्तरण गरिएका एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताउँदै आएका गोरखा खोप्लाङ्का ७२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कात्तिक १४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

प्रमुख काफ्लेले भने “पोखराबाट ल्याउँदा उनको पिसिआर रिर्पोट नेगेटिभ थियो । उपचारका क्रममा क्यान्सर अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।” कैदीमा कोरोना सङ्क्रमण देखिएसंगै कारागारमा उच्च सतर्कता अपनाइएको छ । सामान्य रुघा खोकी आएकालाई छुट्टै क्वारेन्टिन निर्माण गरी राखिएको छ । अहिले ४६ जना क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।

कारागारमा ७ सय ९५ जना कैदीबन्दी छन् । क्षमताभन्दा वढी कैदीबन्दी भएकाले कोरोना फैलन सक्ने त्रास बढेको उनको भनाइ छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै अस्पतालमा उपचारका लागि पठाइएका कैदीबन्दीलाई समेत क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गर्दै आएको उनले जानकारी दिए । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर कैदीबन्दीका आफन्तलाई भेटघाट गर्न बन्द गराइएको छ ।

दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दी राख्न सक्ने क्षमताका सो कारागारमा अहिले छ सय ३७ पुरुष र ५८ महिला कैदीबन्दी रहेका छन् । उनीहरुसँगै तीन जना आश्रित वालबालिका समेत छन् ।

कोरोनाको जोखिसँगै अपराधमा कमी
दशैंका वेला हुने आपराधिक घटनामा यो वर्ष कमी आएको छ ।

कोरोना भाइरस सङक्रमणको उच्च जोखिमका कारण बजारमा मानिसको चहलपहल घटेसँगै आपराधिक घटनामा समेत कमी आएको हो । जिल्लामा गत वर्षको दशैंमा विभिन्न अपराधमा ४९ वटा मुद्दा दर्ता भएकोमा यो वर्षको दशैंमा ३९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यवहादुर थापाका अनुसार गत वर्षको दशैंमा दर्ता भएको विभिन्न मुद्दामा ६१ जना पक्राउ परेका थिए भने यो वर्ष दर्ता भएका मुद्दामा ३३ जना पक्राउ परेका छन् । यही कात्तिक १ गतेदेखि १५ गतेसम्म दशैंको अवधिमा १२ जनाले आत्महत्या गरेका छन् । गत वर्ष दशैंको अवधिमा ९ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी सो अवधिमा चार चोरी, चार जुवातास, एक लागुऔषध, दुई सवारीज्यान, चार सार्वजनिक हितविरुद्धको कसुर, सात फुटकर ज्यान, चार भवितव्य ज्यान र एउटा खोटा चलन ९नक्कली मुद्रा० का मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

उनका अनुसनर गत वर्ष सोही अवधिमा सबैभन्दा वढी सवर्जनिक हितविरुद्धको कसुरमा २० वटा मुद्दा दर्ता भएको थियो । त्यसैगरी फुटकर ज्यानमा तीन, सवारी ज्यानमा चार, लागुऔषधमा आठ, जुवामा तीन र कर्तव्य ज्यान, गौवध एबं ज्यान मार्ने उद्योगमा एक/एक वटा मुद्दा दर्ता भएका थिए ।

दशैंको समयमा कोरोना सङ्क्रमण जोखिमका कारण मानिसको चहलपहल कम भएको तथा सुरक्षा व्यवस्था सबल र प्रभावकारी बनाइएका कारण आपराधिक घटनामा कमी आएको उनको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies