Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा

तनहुँ । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पुर्याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ ।

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र भानुघाँसी पार्कस्थल सडकले असर पुर्याउने देखिएकाले अस्तित्व सङ्कटमा पर्ने भएको हो । जीवनभर घाँस काटेर कमाएको पैसाले केही नाउ रहोस् भनि त्यतिबेला घाँसीले उक्त स्थानमा कुवा निर्माण गरेका थिए । जुन अहिले पनि संरक्षणको अवस्थामा रहिआएको छ ।

सदरमुकाम दमौलीबाट करिब पाँच किलोमिटर पूर्वमा घाँसीकुवा भन्ने स्थान पर्दछ । घाँसीको सम्मानमा उक्त स्थानलाई तत्कालीन घाँसीकुवा गाविस नामकरण गरिए पनि अहिले उक्त व्यास नगरपालिका–१२ मा पर्दछ ।

सडक विस्तारसँगै अहिलेको घाँसीकुवा र भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आउने हुँदा यसको संरक्षणका लागि समयमै सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । हाल व्यास नगरपालिका–५ स्थित मानहुँ मामाघर पुगेर पैदल बाटो फर्कने क्रममा यही स्थानमा उनको घाँसीसँग जम्काभेट भएको भनाइ छ । घाँसीको प्रेरणाबाट उत्साहित भएका आदिकवि भानुभक्तले नेपाली भाषा साहित्य क्षेत्रमा अतुलनीय योगदान दिएका छन् ।

घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले घाँसी को थिए भन्ने पहिचान अझै खुल्न नसकेको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराईले बताए । घाँसीकुवा रहेको भन्दा दुई सय मिटर दूरीमा पर्ने उत्तरतर्फ करिब एक रोपनी सार्वजनिक जग्गामा स्थानीय बासिन्दाले भानु–घाँसी पार्क निर्माणको लागि दिने निर्णय गरिसकेकाले त्यस ठाउँमा पूर्वाधार निमार्ण गर्न उचित देखिएको उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies