आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिएका छन् ।
टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) ले गतराति प्रादेशिक राजधानीको एउटा सैनिक अखडामा आक्रमण गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
सेना परिचालनले अफ्रिकाकै सबैभन्दा बढी जनसंख्या रहेका तथा शक्तिशाली मुलुकमध्ये एक इथियोपियामा फेरि युद्ध शुरु हुने खतरा बढेको छ ।
टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अबियले उत्तरी टिग्रे प्रदेशको राजधानी मिकेले र दान्सा शहरमा विद्रोही समूहले गरेका आक्रमणमा धेरै सैनिकले शाहदात प्राप्त गरेको बताएका छन् ।
प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रिआसँग जोडिएको इथियोपियाको संवेदनशील क्षेत्रमा सक्रिय विद्रोहीको अन्त्य अवश्यम्भाबी रहेको पनि बताए । इरिट्रिआसँग लामो सीमा संघर्षपश्चात् सन् २०१८ मा दुबै देशबीच शान्ति सम्झौता भएको थियो ।
टिपिएलएफले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्रीको घोषणासँगै टिग्रे क्षेत्रका सबै इन्टरनेट र टेलिफोन लाइन काटिएका छन् । टिग्रे टिभीका अनुसार टिग्रे क्षेत्रमाथिको आकाश हवाई उडानका लागि निषेध गरिएको छ ।
यहीबीच इथियोपियासँग इजिप्टको इथियोपियाली बाँध परियोजनालाई लिएर विवाद बढ्दै गएको छ । इथियोपियाले पछिल्लो समय कोरोनाभाइरस महामारी, घातक जातीय हिंसा र सलहको प्रकोपजस्ता समस्यासँग एकैसाथ जुध्नु परिरहेको छ ।
कतिपयको भनाईमा अबियको शासनको खास परीक्षण अब हुँदैछ ।
टिग्रेका अधिकारीहरुले गत अगष्टका लागि तोकिएको इथियोपियाको राष्ट्रिय आमनिर्वाचन स्थगित गरेकामा आपत्ति जनाएका छन् । कोरोनाभाइरस महामारी अझ फैलिने खतरा औंल्याउँदै प्रधानमन्त्री अबियले निर्वाचन स्थगित गरेका थिए ।
गत आइतबार विद्रोही समूह टिपिएलएफका एक जना वरिष्ट अधिकारी गाटाचिउ रेडाले आफूहरु संघीय सरकारसँग तत्काल वार्ता गर्न इच्छुक नरहेको बताएका थिए । उनले अहिलेको अवस्थामा राष्ट्रिय संवाद जरुरी भएको बताएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: