Khabar Dabali Logo
  November 30, Mon

आलेख : वैदेशिक रोजगारी छोडेर गाउँमै उद्यम

कैलाली । कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किए । त्यहाँ उनको आम्दानी राम्रै थियो । त्यहाँ बस्दा उनको मासिक आम्दानी रु दुई लाख ५० हजारभन्दा बढी थियो । त्यो आम्दानी छोडेर उनी स्वदेश फर्किएको करिब ४ वर्ष भयो । वैदेशिक रोजगारीका क्रममा झण्डै रु एक करोडभन्दा बढी कमाएर फर्केको उनको भनाइ छ ।

स्वदेश फर्केर वैदेशिक रोजगारीका क्रममा कमाएको रुकमको ठूलो हिस्सा उनको भैँसीपालनमा लगाएका छन । विगत एक वर्षदेखि आफ्नै गाउँमा भैँसीपालन थालेका विकको त्यस क्षेत्रको नमुना भैँसी फर्म रहेको छ । उनको अनुसार भैँसीपालनमा हालसम्म रु ८५ लाख खर्च भइसकेको छ । उनको भैँसीपालनमा लगानी थप्दै गएको बताएका छन । “विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन, विकले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ कमाइ भएको देख्छौँ । तर स्वदेशमा काम ८ घण्टा पनि गर्दैनौँ कमाई चाही धेरै खोज्छौँ । अनि जति कमाए पनि कमै देख्छौँ ।’’

उनले दैनिक ५० देखि ६० लिटर दूध बेच्दै आएको बताउँदै चारजना भाइ भैँसीफार्ममा काम गर्ने गरेको बताए । उनले विदेशमा काम गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएको बताए । ‘‘कति अर्काको लागि मात्रै काम गर्ने भन्ने सोचेर घर फर्किएको हुँ’’ उनले भने ‘‘आफ्नो ठाउँमा काम गर्दाको आनन्द नै बेग्लै हुने रहेछ ।’’

टीकापुर नगरपालिका–६ नारायणपुरका हिरण्य गिरी पनि रोजगारीकै लागि पाँच वर्ष मलेसिया बसेर फर्किएका हुन । उनी मलेसियामै बिरामी परे । हातखुट्टा चल्न छोड्यो र काम गर्न नसक्ने भएपछि उनी स्वदेश फर्किए । यहाँ केही समयको औषधि उपचारपछि सञ्चो भयो । त्यसपछि विदेशमा काम गर्दाको दुःख सम्झिदै स्वदेशमै केही गर्ने सोच उनले बनाए । विदेशको दुःख सम्झिएपछि उनले स्वदेशमै केही काम गर्ने प्रण लिए । उनले स्थानीयवासी सुमनप्रसाद श्रेष्ठसँगको समन्वय तथा सुझाव सल्लाहअनुसार गाउँमै बङ्गुरपालन शुरु गरे ।

करिब रु २२ लाख लगानीमा शुरु भएको टप एग्रिकल्चर बङ्गुर फार्ममा अहिले ४५ बङ्गुर छन् । यस बङ्गुर फार्मबाट बच्चा उत्पादन गरेर बिक्री गर्ने उद्देश्य उनको रहेको छ । अहिले यस बङ्गुर फर्ममा पाठा उत्पादन हुन थालेका छन् । विभिन्न ठाउँबाट माग पनि आइरहेको छ । तर अझै पाठा बेच्ने बेला भने आइसकेको छैन । ‘‘विभिन्न जिल्लाबाट किसानले माग गर्न थालेका छन्’’ उनले भने, “थोरै मात्रामा बेच्न शुरु गरे पनि अहिल्यै बेचिसकेको छैन । जुन माग अहिले छ त्यसअनुसार उत्पादन हुनसके विदेशमा विरामी भएर र यसै बिताएको समयको पनि म नाफा निकाल्न सक्ने अवस्थामा पुग्छु ।’’ उनको चारजनाको परिवार बङ्गुर फार्ममै संलग्न छ ।

जानकी गाउँपालिका–८ पहाडीपुरका प्रेमराज जोशी पनि मलेसियाबाट फर्केर गाउँमै व्यावसायिक तरकारी खेतीमा लागेका छन । उनीसँग पनि वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ । विसं २०६७ मा रोजगारीका लागि मलेसिया छिरेका प्रेमराज २०७१ सालमा स्वदेश फर्किए । स्वदेश फर्किएपछि उनलाई के गरौँ र कसरी केही आयआर्जन गरौँ भन्ने कुनै अन्योल भएन । थोरै रकम कमाएर फर्किएका प्रेमराजको अढाई बिघा खेतबारी छँदै थियो । त्यसैले उनले तरकारीखेती शुरु गरे ।

उनले शुरुआतमा बारीमा फलेको तरकारी साइकलमा बोकेर बजार पुर्याउने गर्थ्य । त्यही तरकारी खेतीबाट भएको आमदानीबाट केही समयपछि मोटरसाइकल किन्न सफल भएका जोशीसँग अहिले बारीमा उत्पादन भएको तरकारी बजारसम्म पुर्याउनको लागि मिनि ट्रक पनि छ ।

उनको चारजनाको परिवार तरकारी खेतीमा संलग्न छ । दुई जनालाई जोशीले वर्षभरि नै रोजगारी दिएका छन् भने उनको तरकारी फार्ममा दैनिक ज्यालादारीमा काम गर्नेको सङ्ख्या पनि धेरै नै छ । उनको तरकारी खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ । कुनै बेला रोजगारीका लागि मलेसिया भासिएका जोशी अचेल गाउँमै रोजगारदाताका रुपमा चिनेका छन् भने अहिले उनकै सिको गर्दै कैयौँ युवा तरकारी खेतीमा आकर्षित भएका भएका छन् ।

उनले गाउँमा उत्पादन भएको अन्य व्यवसायीको तरकारी समेत खरिद गरी बजार पुर्याउने काम समेत गरेका छन् । बारीमा यतिबेला बोडी, लौका, करेलालगायतका तरकारी टन्न फलेको छ । कोरोना महामारीका कारण मुलुकमा केही समयअघि भएको बन्दाबन्दीका कारण भने उनको आम्दानीमा केही असर परेको छ । लकडाउनका कारण होटल बन्द छन् । बारीमा फलेको तरकारी खपत हुनसकेको छैन । ‘‘लकडाउनले केही हदसम्म असर पारेको छ’’ उनले भने– ‘‘तर तरकारी खेतीमा लागेर राम्रै आम्दानी भइरहेको छ ।’’

उनले बोयर जातको बाख्रा पाल्ने लक्ष्य रहेको बताए । “लोकल जातको बाख्राको नश्ल सुधारको कामको थालनी भइसकेको छ र यसका लागि रु दुई लाख ५० हजार खर्च गरेर अष्टे«लियाबाट बोयर जातको बोका ल्याएको छु । उनले भने, “थप १५ ओटा बोयर जातको बाख्रासमेत मगाएको छु, केही दिनभित्रै आइपुुग्छ, मासु उत्पादन र बिक्री गर्ने मेरो लक्ष्य छ ।’’

वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका यी केही उदाहरणीय पात्र मात्रै हुन् । हाम्रो गाउँ समाजमा अझ थुप्रै युवाहरु वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका छन् र उनीहरुले विदेशमाभन्दा राम्रो आम्दानी र अझ त्योभन्दा पनि राम्रो सन्तुष्टि आर्जन गर्न सफल भएको देख्न सकिन्छ । उनीहरुमध्ये धेरैजसोको भनाइ आफ्नै देशमा केही गर्नुपर्छ भन्ने छ । जसले समाजका अन्य युवाहरूलाई समेत प्रेरणा मिलेको छ ।

कात्तिक १९ गते, २०७७ - १३:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१ गतेदेखि सुनको मुल्यमा लगातार गिरावट, आज पनि घट्यो सुनको मुल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु...   

२०२२ मा नेपालमा पर्यटक निकै बढ्ने : मन्त्री भट्टराई

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको...   

१० लाखसम्मका योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले रु १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था...   

मार्कुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु १७ जना घाइते

डोटी । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका...   

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार...   

बागलुङका ६० साझेदारी योजनामध्ये ३४ सडकका योजना

बागलुङ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका...   

बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा महिलाहरु नियुक्त

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै...   

कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई...   

सिरहा र सप्तरीमा धान उत्पादनमा वृद्धि

लहान । सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग...   

नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ

काञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top