Khabar Dabali Logo
  November 27, Fri

मेचीनगरबाट चौध लाखको पटाका र लत्ताकपडा बरामद

झापा । चाडपर्वको बेला सीमामा चोरी तस्करी नियन्त्रणका लागि झापाको प्रहरीले गस्ती बढाएको जनाएको छ । प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट रु १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको कुर्था, तन्ना, ढाका कपडा, थान कपडालगायत रु सात लाख २१ हजार ७०० को सामान पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज मेची भन्सार कार्यालयमा दाखिला गरेको छ ।

यसैगरी, मेचीनगर नगरपालिका–१० शान्ति समाज टोलबाट १३ बोरा आतिसबाजी ९पटाका०सहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजित दर्जी र टेम्पो चालक २९ वर्षीय विश्वनाथ प्रधान रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए।

मे १ ह ५५२७ नं को टेम्पोमा मङ्गलबार साँझ चेकजाँच गर्दा प्रहरीले बरामद गरेको ती पटाकाको मूल्य रु सात लाख रहेको छ । टेम्पोसहित पक्राउ परेका चालक प्रधान र पटाका आयातकर्ता दर्जीलाई कानूनी कार्वाहीका लागि धुलाबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । तिहार र छठ पर्व नजिकिँदै गएका कारण भारतबाट लुकिछिपी पटाका र अन्य सामान तस्करी हुनसक्ने सम्भावनालाई दृष्ट्रिगत गरी प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको कोइरालाले बताए ।

कात्तिक १९ गते, २०७७ - १२:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्र प्रहरीका ८ डीआईजीको सरुवा, हेर्नुहोस् को–कहाँ सरुवा भए ?

सशस्त्र प्रहरीका ८ डीआईजीको सरुवा, हेर्नुहोस् को–कहाँ सरुवा भए ?

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको...   
गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य...   

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद...   

संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी...   

नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि...   
घरायसी कामको जिम्मा महिलाको मात्र हो र ?

घरायसी कामको जिम्मा महिलाको मात्र हो र ?

कैलाली । कैलालीको टीकापुरकी रुपा विकको घरमा आठ जनाको परिवार छ । चार बालबालिका छन् उनीहरु विद्यालय...   

शरणार्थीको कोरोनाको उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौं । सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न...   

दिनहुँ घट्दै सुनको मूल्य, आज तोलाको कति छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी...   

भतिजको कुटाइबाट काकाको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको...   

काठमाडौँ महानगर भन्छ – तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top