Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

काभ्रेका जनप्रतिनिधिमा फैलँदो कोरोना सङ्क्रमण

काभ्रे । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई सोमबार कारोना पोजेटिभ पुष्टि भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएलगत्तै उनी ढुङ्खर्कस्थित होम आइसोलेशनमा छन् । उनले पछिल्ला केही दिनदेखि आफूसँग सम्पर्कमा रहेकामा सतर्कताको अपिल गरेका छन् ।

पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपाने पनि हप्तादेखि कोरोना सङ्क्रमणका कारण होम आइसोलेशनमै छन् । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादे, उपप्रमुख रेखा दाहाल सापकोटालगायत दुई वडाध्यक्ष कोरोना सङ्क्रमणसँग जुधिरहेका छन् । सङ्क्रमित सबै जनप्रतिनिधि हाल होम आइसोलेशनमै छन् । परिवारसहित सङ्क्रमित धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ भने हालै मात्र कोरोनामुक्त भएका छन् ।

पछिल्लो समय काभ्रेपलाञ्चोकमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिरहेसँगै स्थानीय तहका प्रमुखलगायत जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढ्दै गएको हो । हालसम्म सङ्क्रमित हुनेमा स्थानीय तहका चार प्रमुख छन् । स्थानीय जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण हुँदा पालिका तथा वडा कार्यालयबाट नियमित प्रवाह भइरहेका सेवा प्रभावित बनिरहेका छन् ।

“जनप्रतिनिधिहरु पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी जस्तै फ्रन्टलाइनमा खट्नुहुन्छ, उनीहरुलाई स्वास्थ्य–सुरक्षाको उच्च जोखिम हुनु स्वाभाविक हो, तर पनि सजगता अपरिहार्य छ नै”, कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार यसअघि स्थानीय तहका करीब १२ वडा जनप्रतिनिधिमा सङ्क्रमण देखिइसकेको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सोमबार सङ्क्रमण पुष्टि भएपछि आजदेखि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ । सहायक प्रजिअ लक्ष्मीदेवी होमागार्इंले सोमबार नै विज्ञप्तिमार्फत प्रजिअलगायत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकको सेवा यही कात्तिक २४ गतेसम्मका लागि बन्द गरिएको उल्लेख गरेका छन् ।  

यसैबीच काभ्रेपलाञ्चोकमा सोमबारसम्म कूल सङ्क्रमितको सङ्ख्या एक हजार ७७५ पुगेको छ । यसमध्ये ७० प्रतिशत अर्थात् एक हजार २२६ कोरोनामुक्त भइसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् २२९ बनेपा नगरका हुन् । धुलिखेलमा ११०, पनौतीमा ८२, पाँचखालमा २६, नमोबुद्धमा १६, मण्डनदेउपुरमा ३४, रोशी र बेथानचोकमा छ–छ, तेमालमा तीन तथा भुम्लु,  महाभारत, खानीखोला र   चौँरीदेउरालीमा एकएक सङ्क्रमित छन् । 

हाल सक्रिय सङ्क्रमितमध्ये अस्पताल आइसोलेशनमा ४९ र होम आइसोलेशनमा ४७९ उपचाररत रहेको पोष्टले जनाएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म १४ पुरुष र सात महिला गरी २१ को कोरोना सङ्क्रमणका कारण मृत्यु छ । पोष्टका अनुसार २४ घण्टामा ४८ पुरुष र ४४ महिला गरी ९२ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । 

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies