Khabar Dabali Logo
  December 2, Wed

किशोरी बलात्कार आरोपमा प्रहरीविरुद्ध मुद्दा

डोटी । जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता गरिएको हो । निज किशोरीलाई प्रहरी जवान सिंहले तीन महिनादेखि शारीरिक सम्बन्ध राखेको पीडित किशोरीले आरोप लगाएकी छन् ।

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् । राति ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि किशोरी अर्धचेत अवस्थामा भेटिएको पीडित किशोरीका बुवाको आफन्तको भनाइ छ ।

“अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा गएर उपचारपश्चात होस आएपछि सोमबार बल्ल बलात्कारको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय आएका हौँ” किशोरीका बुवाले भने, “नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु, हामीले न्याय पाउनुपर्छ ।”

किशोरीको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए। उनले भने, “किशोरीको घाँटीमा पासो लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, मुद्दा चल्छ ।” यसैगरी निज प्रहरी जवानले किशोरीलाई कुटपिट गरेका कारण उनको खुट्टामा नीलडाम रहेको छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सधैँ फोन गर्ने गरेको पीडित किशोरीले आरोप लगाएकी छन् ।

कात्तिक १८ गते, २०७७ - १०:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन...   

बालयौन दुराचारका आरोपमा ६० वर्षीय फ्रान्सेली नागरिक पक्राउ

काठमाडौं । बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान...   

नेपालगञ्ज विमानस्थललाई ‘हव एयरपोर्ट’ बनाउँछौँ : मन्त्री भट्टराई

नेपालगञ्ज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको...   

नेकपा सचिवालय बैठक सकियो, ओली- प्रचण्डकाे प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...   

मंगलबार थप १३ सय ४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौँ । मंगलबार नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...   

युरिया मल आएपछि पर्साका किसान हर्षित

पर्सा । रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् । साउनदेखि...   

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले...   

अखाद्य वस्तु उत्पादन गर्ने चौँतीस उद्योग कानूनका दायरामा

काठमाडौं । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । पिउने पानीसम्बन्धी...   

नेपाल–भारत उडान दिनभित्रमा सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने...   
तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेललेको जन्मदिनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top