Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लागूऔषधसहित औषधि व्यवसायी पक्राउ

सप्तरी । सप्तरी प्रहरीले चार दिनको अवधिमा विभिन्न ठाउँबाट लागुऔषधसहित औषधि व्यवसायीसमेत चार जनालाई पक्राउ गर्न सफल भएका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका १९ वर्षीय नितेशकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । कालो प्लाष्टिक झोलाभित्र लागुऔषध राखेर पैदलयात्रा गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कदरवनाका प्रहरी निरीक्षक वीरन्द्र पासवानले बताए । चौधरीको झोलाबाट ४५ थान नाइट्राभेट ट्याब्लेट, १० एम्पुल डिजिक्लाब, १० एम्पुल नूफिन, १० एम्पुल फेनार्गन बरामद गरिएको छ ।

त्यस्तै जाँचकै क्रममा बोदेबर्साइन नगरपालिका–३ कुशमहारका ३१ वर्षीय नितेशकुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डलको साथबाट समेत लागुऔषध बरामद प्रहरीले जनाएको छ । स११प ८२५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार सियारामले बोकेको झोलाबाट ८९४ थान नाइट्राभेट ट्याब्लेट बरामद भएको थियो ।

यस्तै बोदेबर्साइन नगरपालिका–१० खड्कपुरका औषधि व्यवसायी ३७ वर्षीय रञ्जितकुमार यादव पनि पक्राउ परेका छन् । यादवले नै नयाँ चोकमा सञ्चालन गरेको कुखुरा फार्मबाट डाइलेक्स डिसी सिरप ३५ बोतल, नाइट्राभेट ट्याब्लेट ७०, नफिङ इन्जेक्सन दुई, डाइजेलप इन्जेक्सन सात वटा र स्पास्मो प्रोभोल ट्याब्लेट १४४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतको विहार राज्यसँग सिमाना जोडिएको सप्तरी जिल्लामा ७८ किलोमिटरको खुला सिमाना रहेको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौँ नाका छन् । सोही कारणले ती नाकामा लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ ।

लागुऔषध खैरो हिरोइनसहित एक पक्राउ

कञ्चनपुर– लागुऔषध खैरो हिरोइनसहित बेलौरी नगरपालिका–६ का ३२ वर्षीय दिनेश बोटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको ५० ग्राम खैरो हिरोइनसहित बोटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताउनुभयो । पक्राउ गरिएका बोटलाई हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको छ ।

यसैबीच प्रहरीले भारतबाट अवैधरूपमा भित्र्याइएको रु एक लाख ७९ हजार १७५ मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले बेलौरी नगरपालिका–८ पचुँइबाट युरियामल ४२ बोरा, सुपरमल ११ बोरा र डिएपीमल ७९ बोरा प्रहरीले बरामद गरेको छ ।
ती सामानको मूल्य रु एक लाख ४४ हजार ६०५ रहेको छ । सूर्ती, बिँडी, पापड गरी रु ३४ हजार मूल्यको सामानसमेत प्रहरीले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ ।

ठूलो परिमाणमा लागुऔषधसहित एक पक्राउ

सर्लाही– जिल्लाको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरबाट सशस्त्र प्रहरीले ठूलो मरिमाणमा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । ब्रम्हपुरी–४ त्रिभुवननगर दशगजा क्षेत्र शेखटोल नाकाबाट २०१ बोतल लागुऔषधसहित सोमबार करिब ४ बजे एक जनालाई नियन्त्रणमा लिएको बोर्डर आउटपोष्ट ९बिओपी०का प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक सञ्जितकुमार सिंहले जानकारी दिनुभयो ।

कफक्युर–डिसी १०० मिलीका ११ बोतल, विनसिरेक्स १०० मिलीका १४० बोतल, रेप्लिन १०० मिलीका ५० बोतल र नाइट्राभेट–१० ट्याब लेखिएका सात पत्तासहित सर्लाहीको हरिवन नगरपालिका–११ का अन्दाजी वर्ष १६ का अजय गिरी पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

भारतबाट लुकाइछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले सो परिमाणमा लागुऔषध बरामद गरेको हो । नेपाली बजारमा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध रहेको लागुऔषध पछिल्लो समय नेपाल–भारत खुला सिमानाको कारण नेपाली बजारमा प्रशस्त पाइने गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies