Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अस्ट्रियाको राजधानीमा आतङ्कवादी हमला: दुई जनाको मृत्यु, १४ जना घाइते

एजेन्सी । अस्ट्रियाको राजधानी भिएनास्थित प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा दुईजना मारिएको पुष्टि भएको छ र अन्य १४ जना घाइते भएका छन्।

एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ।

राइफलसहित आएका व्यक्तिहरूले छवटा फरक स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ।

प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको अनलाइनमा पोस्ट गरिएको भिडिओमा देखिन्छ।

घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा घृणित आतङ्कवादी हमला भनेका छन्।

एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कम्तीमा अर्का एकजना आक्रमणकारीको खोजी भइरहेको बताइएको छ।

एउटा स्थानीय पत्रिकाका अनुसार घाइतेमध्ये यहुदीहरूको प्रार्थनास्थल सिनागगको सुरक्षा गरिरहेका एक सुरक्षाकर्मी पनि रहेका छन्।

सामाजिक सञ्जालमा राखिएको भिडिओ फूटेजमा गोली चलिरहँदा मानिसहरू भागिरहेको देखिन्छ।

स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न भनिएको छ।

प्रहरीले एउटा प्रतिआतङ्कवादी कारबाही शुरू गरेको विवरणमा जनाइएको छ।

\'पटाका पड्केको जस्तै सुनिएको थियो, पछि गोली चलेको थाहा भयो,\' एक प्रत्यक्षदर्शीको भनाइलाई राष्ट्रिय प्रसारक ओआरएफले उद्धृत गरेको समाचार संस्था एएफपीले जनाएको छ।

मध्य भिएनाको ठूलो क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन्।

चेक गणतन्त्रका प्रहरीले अस्ट्रियासँगको सिमानामा सुरक्षा जाँच शुरू गरेको जनाएका छन्।

कसले के भने ?
युरोपेली नेताहरूले भिएना हमलाबारे सुनेर स्तब्ध भएको बताउँदै आक्रमणको भर्त्सना गरेका छन्।

युरोपेली परिषद्‌का अध्यक्ष चार्ल्स मिशेलले जीवन र मानवीय मान्यताको उल्लङ्घन गर्ने एउटा कायरतापूर्ण हमला भएको बताएका छन्।

फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले अस्ट्रियाका मानिसहरूको पीडामा आफ्नो मुलुक साथमा रहेको प्रतिक्रिया दिएका छन्।

युरोपले हार नमान्ने आफूहरूका साझा शत्रुहरूले बुझ्नुपर्ने उनले टिप्पणी गरे।

डच प्रधानमन्त्री मार्क रुटले आक्रमणलाई एउटा जघन्य कार्य भनेका छन्।

जर्मन र इटालियन सरकारले युरोपमा देखिएको घृणाको विरोधमा अभिव्यक्ति दिएका छन्।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले घटनाबारे सुनेर आफू निकै स्तब्ध भएको बताएका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies