Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मंसिरदेखि पर्यटनका सबै गतिविधि खुलाइने, सबै मुलुकका पर्यटकलाई आउन दिने प्रस्ताव

काठमाडौं । सरकारले १ मंसिरदेखि सबै मुलुकका विदेशी पर्यटकलाई नेपाल आउन दिने तयारी गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - यसअघि १ कात्तिकदेखि आंशिक रूपमा विदेशी पर्यटकलाई नेपाल आउन अनुमति दिइएको छ । पर्यटन व्यवसायीहरूको सुझाबका आधारमा पर्यटन मन्त्रालयले पर्यटनका सबै गतिविधि खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो ।

व्यवसायीहरूको सुझाबका आधारमा सबै गतिविधि खुलाएर जाने गरी प्रस्ताव पठाइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बताए । ‘देशको अर्थतन्त्र उकास्न पनि गतिविधि खोल्दै जानुको विकल्प नदेखिएकाले खोल्ने प्रस्ताव गरेका हौँ,’ रेग्मीले भने ।

नेपाल पर्यटन बोर्डले गठन गरेको टुरिजम रिकभरी टास्कफोर्सले कार्यविधि तयार पार्दै १ मंसिरदेखि ९२ घण्टाअघिको पिसिआर रिपोर्टलाई मान्यता दिएर विदेशी पर्यटकलाई खुला गर्ने प्रस्ताव तयार पारेको हो । कार्यविधिअनुसार विदेशी पर्यटकलाई खुला गरेमा पर्वतारोहण र पदयात्राबाहेक सहरी क्षेत्र तथा अन्य गन्तव्यमा समेत विदेशी पर्यटकलाई खुला हुनेछ ।

फोर्सले तयार पारेको कार्यविधिमा विदेशी पर्यटकलाई ३ दिन मात्रै होटेल क्वारेन्टाइनमा राख्ने उल्लेख गरिएको छ । टास्कफोर्सले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गर्नेछ ।

सो प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा मंसिरदेखि सबै प्रकारका देश र गन्तव्यमा जान चाहने विदेशी पर्यटकलाई नेपाल खुल्नेछ । हाल दैनिक २५ वटा समूहसम्मले पर्वतारोहण तथा पदयात्राका लागि नेपाल पर्यटन बोर्डबाट अनुमति लिइरहेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष तथा टास्कफोर्सका सदस्यसमेत रहेका खुम सुवेदीका अनुसार कार्यविधि तयार पारेर पर्यटन मन्त्रालय र सिसिएमसीमा पठाइएको छ । कार्यविधिमा पर्यटकलाई तीन दिन होटेलमै राख्नका लागिसमेत प्रस्ताव गरेको उनले बताए ।

‘संक्रमण बढेपछि अब विदेशी रोक्नुको कुनै अर्थ नभएकाले सबै किसिमको गतिविधि खुलाउन भनेका हौँ,’ टानका अध्यक्ष सुवेदीले भने । कार्यविधि कार्यान्वयनमा आए टुर, ट्राभलदेखि, र्‍याफ्टिङ, बन्जीजम्प, प्याराग्लाइडिङ, जंगल सफारीलगायत सबै गतिवधि खुल्ने सुवेदीले बताए । टास्कफोर्समा नेपाल पर्यटन बोर्ड, एसिया प्यासिफिक नेपाल च्याप्टर (पाटा), टान, हान, नाट्टा र नारामा अध्यक्षहरू सदस्य रहेका छन् ।

कोभिड–१९ को संक्रमणका बीच नेपाल भ्रमणमा विदेशी पर्यटक आउन थालेका छन् । चैत ११ देखि कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै बन्द गरिएको पर्यटन क्षेत्रले ७ महिनामा ७० अर्बभन्दा बढी क्षति व्यहोर्नुपरेको थियो ।

चैत ५ देखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले यसअघि नै खुलाइसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् ।

नेपाल आउँदा ७२ घण्टाको पिसिआर रिपोर्ट देखाउनुपर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा वा समूहमा पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्व स्वीकृति लिई नेपाल आउन सक्ने व्यवस्था गरिएको छ ।

नेपाल आउने सबै पर्यटकलाई ५ हजार अमेरिकी डलर प्रतिव्यक्तिबराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ ।

भारतसँगको उडान अझै अन्योल
नेपाल र भारतबीच ११ चैत ०७६ यता रोकिएको हवाई उडान अझै अन्योल कायमै रहेको छ । भारत सरकारले सुरु गरेको ‘एयर बबल स्किम’मार्फत उडान थाल्न गत सेप्टेम्बरमै नेपाललाई प्रस्ताव गरेको थियो । यता नेपाल वायुसेवा निगमले पनि भारतसँगको उडान खुलाउन आग्रह गर्दै आएको भए पनि हालसम्म पनि सरकारले निर्णय गरेको छैन ।

निगमले भारतीय तीनवटा सहरबाट नियमित उडान गर्दै आएको थियो । निगमको सबैभन्दा ठूलो आम्दानीको स्रोत दिल्ली गन्तव्य समेत हो । पर्यटन मन्त्रालयले भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव सिसिएमसीमा पठाएको थियो । तर, सिसिएमसीले भारतमा संक्रमण उच्चदरमा फैलिरहेको भन्दै उडान खुलाउन नमानेपछि भारतसँगको उडान खुल्न सकेको छैन । अन्य देशसँग भने गत १७ भदौदेखि नै उडान सुरु भइसकेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies