Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेकपा विवाद : आ–आफ्नै रणनीतिमा शीर्ष नेता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आ–आफ्नो रणनीतिमा जुटेका छन् ।

आजको राजधानी दैनिकमा खबर छ - प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू अगामी रणनीति तय गर्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । शीर्ष नेताहरू आपसमा संवाद गर्न छोडेर आ–आफ्नो रणनीति बनाउन लागेपछि कार्यकर्ता तहमा आक्रोश र निराशा सिर्जना भएको छ ।

‘अहिले एकले अर्को पक्षको आगामी कदम के हुने भन्ने कुरा चासोका साथ हेरिरहेका छन्,’ स्रोतले भन्यो, ‘एउटा पक्षले कुनै कदम चालेमा अर्को पक्षले पनि सोहीअनुसार अगाडि बढ्ने रणनीति बनाउनमा नै उनीहरू व्यस्त छन् ।’

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी गम्भीर संकटमा परेको र फुट नजिक पुगेको खुलासा गरेसँगै शीर्ष नेताहरूले पार्टी एकताबारे चासो र चिन्ता व्यक्त गरेका छन् । कतिपय नेताले आफू आबद्ध समूहको प्रतिरक्षा गर्दै अर्को समूहको आलोचना गर्नमै सामाजिक सञ्जालमा शब्दहरू खर्चिरहेका छन् ।

‘एकताका बेला गरिएको सहमति विपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं, व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !’ सोमबार नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ट्वीटरमा लेखेका छन् ।

पूर्व एमालेका नेपाल र खनाललाई साथमा लिएर दाहालले ओलीमाथि दबाब बढाएको आरोप समेत समय समयमा लाग्दै आएको छ । नेकपा स्थायी कमिटीका सदस्य डा. भीम रावलले नेताहरूले विधि, पद्धति र प्रक्रियाअनुसार अघि नबढेको र पार्टी निर्णय कार्यान्वयन नगरेकाले समस्या उपत्पन्न भएको बताए ।

‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्,’ रावलले भने, ‘समस्या समाधान गर्न स्थायी कमिटीको बैठक तुरुन्त बोलाइनुपर्छ ।’
रावलले पार्टीभित्र देखिएको समस्याबारे स्थायी कमिटीमा छलफल हुनुपर्ने बताएका छन् । साथै यसअघि भएका बैठकका निर्णय कार्यान्वयन गरे समस्या आफैं समाधान हुँदै जाने विश्वास उनले व्यक्त गरे । यसैगरी, नेकपा स्थायी कमिटीका अर्का सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टले सांकेतिक रूपमा प्रधानमन्त्री ओलीमाथि तिखो प्रहार गरेका छन् ।

‘देश र जनताभन्दा नेता ठूलो, पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिन्छ,’ विष्टले फेसबुकमा लेखेका छन् । ओली र दाहालबीच भएको छलफलका क्रममा ओलीले पार्टी फुटाउन प्रस्ताव गरेको भन्दै दाहालले ब्रिफिङ गरेसँगै पार्टी फुटको संघारमा पुगेको भन्दै चासो व्यक्त गर्न थालिएको छ ।

यही कुरा सार्वजनिक भएपछि प्रधानमन्त्री ओली निकटका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहालले एकपक्षीय कुरा गरेको भन्दै नेतृत्वले त्यस्तो गर्न नसुहाउने बताएका छन् ।

‘विवादका बेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो भन्नु राम्रो हो । अर्कोले के भन्यो भन्दा सदैव आग्रह मिसिन्छ,’ पोखरेलले फेसबुकमा लेखेका छन् । पार्टी फुटबारे जुहारी चलिरहेकै बेला नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले नेताहरूले भनेजस्तै पार्टी नफुट्ने दाबी गरेका छन् । पार्टीभित्र समस्या भए पनि यही समस्याकै कारण पार्टी नफुट्ने दाबी रिजालले गरेका छन् ।

‘पक्कै पनि नेकपामा समस्या छ । तर, यति आधारमै पार्टी फुट्दैन । यसभन्दा ठूला संकट र क्षति भोगेर एकतामा आइपुगेको नेताहरूले जीवनको उत्तराद्र्धमा राजमार्ग छाडेर फेरि भीरको बाटो रोज्दैनन् । मेरो बुझाइमा पार्टी विभाजनका लागि न परिस्थिति छ न त नेताहरूको मनस्थिति छ । ‘स्यालको सिकारका लागि बाघको खजाना’ जोरजाम गरिएकाले हल्लाखल्ला धेरै सुनिएको हो । भनिन्छ नि–ठूलो घरको ठूलै चाला !’ रिजालले फेसबुकमा लेखेका छन् ।

पार्टीमा विवाद बढ्दै गइरहेकाले छलफलकै माध्यमबाट समाधान खोज्नुपर्ने नेताहरू बताउँछन् । तर, अहिले पार्टी बैठक बस्ने र छलफल गर्ने वातावरण नै छैन । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठक बसेर सबै विषयमा गम्भीर छलफल हुनुपर्ने बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies