Khabar Dabali Logo
  December 1, Tue

उपचारमा सरकार पन्छेपछि कार्तिक २ यता कोभिडको मृत्युदर २६.११ प्रतिशत पुग्यो

काठमाडौं । कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छिएपछि महामारी तीव्र फैलिएर भयावह हुने जोखिम बढेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ मा निश्चित समूहलाई प्रमाणको आधारमा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । जुन निर्णयपछि संक्रमितहरु थलिए पनि उपचार गर्न अस्पताल जान छाड्नाले होम आइसोलेसनमा मृत्यु हुनेको दर बढेको छ ।

नेपाली सेनाले शुक्रबारसम्ममा घरमै मृत्यु भएका १ सय ६ जनाको शव व्यवस्थापन गरेको तथ्यले पनि सरकारको पछिल्लो निर्णयको असर देखिन थालेको छ । कोरोनाले मृत्यु भएकाको संख्या कार्तिक १ मा ७ सय २७ थियो । १७ गते यो संख्या ९ सय ८४ पुगेको छ । यो बीचमा मृत्यु भएकाको संख्या २ सय ५४ कूल मृत्युको २६.११ प्रतिशत हो ।

सरकार कन्ट्याक्ट ट्रेसिङमा पनि चुकेको विज्ञहरु बताउँछन् । अस्पतालमा शय्या अभावले संक्रमितको ज्यान जाँदा पनि सरकारले अनुगमन गर्न नसकेको उनीहरुको भनाइ छ । संक्रमित र उसको सम्पर्कमा भएका व्यक्तिको निगरानी राज्यले नगर्दा कोही घरमै मृत्यु हुन्छ, कोही रोग सारेको सार्‍यै हिंड्छन् ।

यता, स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोभिडले हालसम्म मृत्यु भएका ७५ प्रतिशतमा पहिलेदेखि नै गम्भीर रहेको देखिएको छ भने केही नभएका र कोभिड लक्षण मात्र भएका करिब २५ प्रतिशतको समेत मृत्यु भएको छ ।

कात्तिक १८ गते, २०७७ - ०७:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफन्तबाटै छोरीचेली असुरक्षित

रौतहट । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्रयाक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या...   
सलबलाए राजावादी

सलबलाए राजावादी

काठमाडौं । सरकार र व्यवस्थाको विरोधमा सडकमा नाराबाजी लाग्ने क्रम बढ्दो अवस्थामा छ । गणतन्त्रविरुद्ध...   

देशभर तीन हजार किमि सडक मर्मत गरिँदै

काठमाडौं । मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिने भएको छ । ‘समृद्ध नेपालका लागि सडक,...   

समुदायमा संक्रमण : काठमाडौँको संक्रमण दर ५.९७ प्रतिशत रहेको एन्टिजेन परीक्षणको प्रारम्भिक नतिजा

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थालेको छ । तर,...   
प्रहरी महानिरीक्षककै ब्याचीहरू एसएसपी मात्र, जुनियर अधिकृत विश्वराज पोखरेल एआइजीमा सिफारिस

प्रहरी महानिरीक्षककै ब्याचीहरू एसएसपी मात्र, जुनियर अधिकृत विश्वराज पोखरेल एआइजीमा सिफारिस

आगामी चुनावमा आफू अनुकूल आइजिपी बनाउन दरबन्दी थपेर एआइजी बढुवा काठमाडौं । चेन अफ कमान्डमा चल्ने प्रहरी...   

राज्य व्यवस्था समितिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था सुशासन समितिले नेपालको नाम ‘संघीय लोकतान्त्रिक...   

वाग्मती प्रदेशले अघि बढायाे रिक्त कर्मचारी व्यवस्थापनको काम

काठमाडौं । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी...   

बैतडीको दशरथचन्द नगरपालिका प्रमुखसहित १८ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार...   
चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

काठमाडौँ । आज चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपाल आउँदै छन् । २०७६ कात्तिक १...   

प्रहरी अधिकारीविरुद्ध चार महिनामै ३१२ उजुरी

काठमाडौं । प्रहरी अधिकारीविरुद्धका उजुरी बढ्दै गएका छन् । पछिल्लो चार महिनामा मात्र प्रहरीविरुद्ध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top