Khabar Dabali Logo
  November 26, Thu

पोखरामा कोरोना सङ्क्रमितका लागि १०४ श्ययामा अक्सिजन पाइप जडान

पोखरा । कोभिड– १९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ ।

पोखरामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि रु १९ लाख बजेट छुट्याएर काम अगाडि बढाएको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिए । “हामीले तत्कालको विषम् अवस्थालाई ध्यान दिएर १०४ श्ययाका लागि अक्सिजन पाइप जडान गरेर सङ्क्रमितको उपचारका लागि प्रयास थालेका हौँ”, उहाँले भन्नुभयो । उपप्रमुख गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० श्यया र लेखनाथस्थित सङ्क्रामक रोग अस्पतालमा ३४ श्ययाका लागि अक्सिजन पाइप जडान गर्ने काम भइरहेको छ ।

उनले अक्सिजन पाइप जडानका लागि रु १० लाख र सो सञ्चालनका लागि आवश्यक दक्षजनशक्ति परिपूर्ति गर्न तत्काल रु नौ लाख गरी कूल रु १९ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले अक्सिजनपाइप जडानले कोरोना सङ्क्रमितको उपचारमा सहज हुने बताए । उनले भने, “सङ्क्रमितको सङ्ख्या बढिरहेको छ, उपचारका लागि आवश्यक पूर्वाधारको अभाव पनि उत्तिकै रहेको छ, कोरोनाका कारण श्वासप्रश्वासमा समस्या भएका बिरामीको तत्काल उपचारका लागि अक्सिजन पाइपले निकै सहज हुनेछ ।” महानगरको सहयोगमा अहिले ७४ श्ययामा अक्सिजन पाइप जडान गर्ने कार्य भइरहेको र यसै हप्ता तयार हुने पनि उनले बताए ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ७४० पुगेको छ । तीमध्ये चार हजार ३३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८० जनाको मृत्यु भइसकेको छ ।

कात्तिक १७ गते, २०७७ - १४:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिमा रहेको द्वैध...   

यसबर्षको हिउँदको मौसमबारे विश्लेषण : तापक्रम औसतभन्दा बढी नै रहने अनुमान

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे सात अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै...   

आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माणको काम सकिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका...   

थप १६ सय १४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...   

वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

हेटौंडा । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग...   

परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी

काठमाडौँ । परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार...   

महासङ्घको वार्षिक साधारणसभा शुरुः अभिभावकको क्षमताअनुसार नै माग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा...   

हिजो झै आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव नै : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता...   

आबुखैरेनीमा बस दुर्घटना हुँदा कम्तिमा १७ जना घाइते

तनहुँ । बेनीबाट भैरहवातर्फ जाँदै गरेको बस तनहुँको आबुखैरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बिहीबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top