Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

मध्यपहाडी लोकमार्ग : पानीपर्दा हिलाम्मे, घामलाग्दा धुलाम्मे

बागलुङ । कालोपत्र हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात, के हिउँद यात्रुलाई सधै उस्तै सास्ती रहेको छ । बर्खामा हिलाम्मे लोकमार्ग हिउँद लाग्नासाथ धुलाम्मे भएको छ । बर्खामा हिलोका कारण सास्ती खेप्दै आएको यात्रुले हिउँदमा धुलोका कारण सास्ती खेप्दै आएका छन् ।

ट्र्याक खोलेको २० वर्ष बितिसक्दासमेत कालोपत्र हुन नसक्दा लोकमार्गको बिजोक भएको छ । बर्खामा पानीले गराएका खाल्टाखुल्टीसमेत नपुर्दा हिउँदमा धुलोसँगै यात्रा गर्न कठिन भएको छ भने धुलोले लोकमार्ग क्षेत्रका स्थानीयसमेतले सास्ती खेप्दै आएको बागलुङ नगरपालिका–३ खहरे निवासी जङ्गबहादुर कार्कीले गुनासो गरे। “घरअगाडि राष्ट्रिय गौरवको आयोजनाको सडक हुँदा गर्व लाग्नुपर्ने हो”, उनले भने, “सडक आएको २० वर्ष नाघ्यो कालोपत्र हुने भनेको समेत १० वर्ष बित्न थाल्यो, बर्खामा हिलोले टेक्नै नमिल्ने हुन्छ, अहिले धुलो उठेर घर नदेखिने हुन्छ, कति समय सडकमा पानी छर्केर बस्ने हो ।”बर्सातका कारण सडक हिलाम्मे भइरहने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड हिलाम्य र अहिले धुलाम्मे हुँदा यात्रुले सास्ती खेप्न बाध्य भएका हुन् ।

समयमा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको अधिकांश भाग कालोपत्र भइसक्दासमेत सुगम मानिने जिल्ला सदरमुकाम नजिकै लोकमार्ग अलपत्र अवस्थामा छ । बर्सातभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटोसहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेप्नुपरेको यात्रु कुवीरबहादुर क्षेत्रीले बताए ।

जिल्ला सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक ठेकेदारको चरम लापरर्बाहीका कारण कालोपत्र नहुँदा हिउँदको समय समेतमा सास्ती खेप्नु परेको हो । निर्माण सुरु भएको दुई दशक बितिसक्दासमेत ग्राभेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालक बताउँछन् । पछिल्लो समय अक्षेते–घोडाबाँधे खण्डमा कालोपत्र गर्नका लागि सामान्य काम भए पनि तल्लो खण्डले तीव्रता पाउन सकेको छैन ।

पूर्व–पश्चिम जोड्ने पहाडी मार्गका रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको २०७६ कात्तिक मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७३ सालमा सम्झौता भएको थियो । सो अवधिमा सम्पन्न नभएपछि ठेकेदारले पहुँचको भरमा पटक–पटक म्याद थप गर्दै आएको छ । ठेकेदारको लापरवाही र सरोकारवाला निकायको उदासीनताका कारण पनि समयमा काम नभएको भन्दै जनाउँदै स्थानीयवासीले आक्रोश व्यक्त गर्दै आएका छन् ।

बुर्तिबाङबाट ६७ किलोमिटर सडक दुई घण्टामा पार गरेर घोडाबाँधे आएका सवारीलाई त्यहाँबाट २५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम आउन अहिले दुई घण्टा बढी लाग्ने गरेको चालक सनबहादुर रोकाले बताए । “सडक जीर्ण र धुलाम्मे छ, बर्खामा परेका खाल्टा नपुर्दा सवारी गुडाउनै समस्या छ”, उनले भने “बाटो कालोपत्र नहुँदा दैनिकजसो सवारी बिग्रने गर्दछ, यात्रुलाई भनेको समयमा पु¥याउनै सकिँदैन ।” बर्खायाममा सडक तल र माथिबाट पहिरो जाने, सडकमा ठूला–ठूला खाल्टा पर्ने र हिउँदमा पहिराले पारेको समस्या र खाल्टाखुल्टीका कारण सास्ती भएको हो ।

पटक–पटक आयोजना, ठेकेदारलाई ध्यानाकर्षण गर्दासमेत लोकमार्ग कालोपत्र हुन नसकेको सांसद डा सूर्य पाठकले बताए । “सडकदेखि सदनसम्म कुरा उठाउँदासमेत ठेकेदार नतात्नुको पछाडि केही होला”,उनले भने, “ठेकेदारलाई कालोसूचीमा राखेर तत्कालै अर्को टेन्डर गर्न आवश्यक छ ।” अलपत्र बनेको सदरमुकाम बाग्लुङ बजारदेखि बिहूँसम्मको १३ किलोमिटर सडकको जिम्मा सिद्धिसाई कन्स्ट्रक्सन र बिहूँदेखि घोडाबाँधेसम्मको सडकको १२ किलोमिटर सडकको जिम्मा सूर्य कन्स्ट्रक्सनले लिएको छ । अहिले दुवै ठेकेदार कम्पनीका प्रतिनिधि सम्पर्कमा छैनन् । ठेकदारलाई बोलाए काम गर्न नसक्नुको कारणका बारेमा स्पष्टीकरण लिने मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । कूल एक हजार ७७६ किलोमिटरको यस लोकमार्गको बाग्लुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies