Khabar Dabali Logo
  December 2, Wed

ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजारभन्दा बढी

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ ।

यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको सङ्ख्या पाँच हजार ९७६ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१० पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, “मुलुकमा दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएसँगै कन्ट्याक टे«सिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।”

ललितपुरमा २० देखि ४० वर्ष उमेर समुहका केही सङ्क्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी सङ्क्रमित र ६० वर्ष उमेर माथिका धेरै सङ्क्रमित सङ्ख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको सङ्ख्या बढिरहेको गेलालको भनाइ छ ।

कूल सङ्क्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी गराए । “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्”, उनले भने, “जिल्लाभर सङ्क्रमित सङ्ख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ ।”

कात्तिक १६ गते, २०७७ - १२:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

च्याम्पियन्स लिगः बार्सिलोनाले मेस्सी सँगै तीन स्टार खेलाडीलाई नखेलाउने

बार्सिलोना । स्पेनी महारथी फुटबल क्लब बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलमा...   

अब सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती...   

प्रतिष्ठानका लागि मणिपालको जग्गा अधिग्रहण गर्छौँः मुख्यमन्त्री राउत

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलियास्थित...   

मादीमा पक्की मोटरेबल पुल निर्माण

कास्की । कास्कीको मादी गाउँपालिका–७ र ३ जोड्ने गरी मादी नदीमा ‘ज्याउदु मोटरेबल’ निर्माण गरिएको छ ।...   

नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : मन्त्री ढकाल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार...   
राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष साह

राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष साह

लहान । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने...   

कपडा पसलमा आगलागी हुँदा करीब २ करोड मुल्य बराबरको क्षति

लहान । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको...   

सिमकोटका दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँका विपन्न तथा दलित परिवारलाई खाद्यान्न सहयोग...   

आइसियूमा चाहिने दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव

बागलुङ । धवलागिरि अस्पतालकोे सघन उपचार कक्षमा अहिले दुईजना कोरोना सङ्क्रमित उपचाररत छन् । महामारीका...   

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

काठमडौँ । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top