Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

किताब नहेरी शैक्षिक सत्र सकिँदै

जाजरकोट । चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ, यो भनाइ हो– डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित तापिरिचा माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम शर्माको ।

सोह्र शिक्षक कर्मचारीको नेतृत्व गदै उनी विसं २०६१ देखि अहिलेसम्म सो ठाउँमा कार्यरत छन्। पर्वतमा घर भएका शर्मालाई कत्ति समस्या आए, कति सजिलो भयो विकटमा पढाउँदा त्यसको कुनै हिसाबकिताब नै छैन तर उनी आफ्नो कर्मप्रति सन्तुष्ट छन्। अहिले कोभिडका कारण आफ्नो क्षेत्रभित्र रहेका विद्यार्थीलाई उपलब्ध जनशक्ति प्रयोग गरी गाउँगाउँमा परिचालित भई सामान्य पढाउने काम भएको बताउछन् । “अब शैक्षिक सत्र सकिने समय भइसकेको छ । केही समयमै हिमपात शुरु हुन्छ, घरबाहिर जान नै मुस्किल हुन्छ”, उनले भने । केही सङ्घसंस्थाको सहयोगमा सो विद्यालयमा शिक्षक व्यवस्था गरिएको छ । सरकारी दरबन्दी र सङ्घसंस्थाको सहयोगमा कार्यरत शिक्षकको भरमा उपल्लो डोल्पाका विद्यालय सञ्चालनमा छन् ।

आवश्यक सामग्री दुनैबाट खच्चडमा ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर उपल्लो डोल्पामा बस्न बाध्य हुन्छन् । सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट उपल्लो डोल्पाका बालबालिका हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक शर्माले बताउनुभयो । जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको शर्माको पीडा छ ।

अघिल्लो वर्ष केही काम गर्न सकिएको भए पनि यो वर्ष भने विद्यालय खुल्ने समयमा बन्दाबन्दी हुँदा पढाइ रोकियो तर सरकारले विद्यालय खोल भनी आग्रह गरेको समयमा प्राकृतिक नाकाबन्दी भयो । उपल्लो डोल्पाको शैक्षिक सत्र खेर गएको उनको भनाइ छ । अहिले अधिकांश विद्यालय बन्द छन् । आवासीय विद्यालयमा समेत विद्यार्थी नहुँदा पढाइमा समस्या भएको छ । बाहिर जिल्लामा भएका शिक्षकहरु आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिरहेको बताइन्छ ।

कयौँपटक आफ्नै विद्यार्थी बिरामी हुँदा उपचारमा समेत सकस परेको घटनाले शर्मालाई झस्काउने गर्दछ । नजिकै स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा समेत पर्याप्त औषधि नहुँदा आफूजस्तै धेरै शिक्षक हैरान भएको उहाँको भनाइ छ । उपल्लो डोल्पाको मौसमसँग पौँठेजोरी खेल्दै सो अनूकुल आफूलाई रूपान्तरण गर्नु चानचुने कुरा नभएको उहाँको भनाइ छ । आफूले पढाउने विद्यालयभन्दा माथि छार्का र डोल्पोबुद्धका विद्यालयमा पढाउने शिक्षकको झनै समस्या भएको उहाँले जानकारी दिए ।

भाषा नमिल्ने अर्को समस्या त छँदैछ तर यहाँको हावापानीसँग आफूलाई अभ्यस्त गराउनु सबैभन्दा ठूलो चुनौती छ । आफ्नै उत्पादनले थोरै महिना मात्र पुग्ने उपल्लो डोल्पामा बाहिरबाट गएर पढाउने शिक्षकहरुले कसरी खाद्यान्न आपूर्ति गर्ने भन्ने ठूलो समस्या रहँदै आएको छ । चिसो मौसममा व्यवस्थापनको समस्याले गर्दा प्रहरी चौकीसमेत दुनैमा सार्ने गरिन्छ । अहिले विद्यार्थीको सङ्ख्या यति नै छ भनेर यकिन तथ्याङ्क नै नभएको शिक्षा समन्वय एकाइ डोल्पाले जनाएको छ ।

अहिले उपल्लो डोल्पामा खाद्यान्न सङ्कटसमेत देखापरेको छ । बर्सेनि आयातित अन्न खाएर जीवन चलाउने उपल्लो डोल्पावासी अघिल्लो वर्षकै चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा ढुवानी गर्न नसक्दा समस्या हुँदै आएको छ । यो वर्ष अब हिमपात शुरु हुने भएकाले हप्ता दिनभित्र चामल ढुवानी नभए प्राकृतिक नाकाबन्दी शुरु हुने गर्दछ । प्रकृतिले नै नाकाबन्दी गरेपछि कसरी विद्यालयमा पढाइ हुनु रु स्थानीयवासीको प्रश्न छ ।

फागुनदेखि शैक्षिक सत्र शुरु हुने कर्णालीका हिमाली जिल्लाका विद्यालयमा दशैँअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा भ्याएर अन्तिम परीक्षाको तयारीमा हुन्थे । पाठ्यक्रम पनि आधाभन्दा बढी गइसकेको हुन्थ्यो । विश्वव्यापी कोरोना सङ्क्रमणको महामारीका कारण विद्यार्थीले किताबको पाना पल्टाउन नपाएरै नौ महिना बितेको छ ।

कर्णालीका हिमाली भेगका विद्यार्थीलाई नपढेरै शैक्षिक सत्र सकिन लाग्दा यस्तै चिन्ताले सताउने गरेको छ । साविक कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पाका पूरै तथा कालिकोटको तिलागुफा नगरपालिका र महाबै गाउँपालिकाका विद्यालयमा फागुनदेखि शैक्षिक सत्र शुरु हुन्छ । कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार फागुनदेखि शैक्षिक सत्र शुरु हुने ५९६ विद्यालयमा करिब ९५ हजार विद्यार्थी अध्ययनरत छन् ।

फागुनदेखि शैक्षिक सत्र शुरु हुने विद्यालयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ । दशैँतिहारलगत्तै करिब एक महिना पढाइ भएपछि मङ्सिर अन्तिम साता वार्षिक परीक्षा हुन्छ । पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फागुनसम्मका लागि हिउँदे बिदा दिने गरिन्छ । यस हिसाबले हेर्दा तिहारपछि विद्यालय खुलिहाले पनि हिमाली विद्यालयहरूसँग पढाइ र परीक्षाका लागि एक महिना पनि समय छैन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies