Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बेसहाराले मनाए दसैं : तिहारमा देउसी–भैलो खेलेर दसैंको ऋण तिर्ने

चितवन । कोरोना महामारीले काम गर्न नपाउँदा बिचल्ली बनेका ज्यालादारी मजदुर, बेसहारा र बेवारिसेहरूले नारायणी नदीकिनारामा यस वर्षको दसैँ मनाएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - उनीहरूलाई रमाइलो गरी दसैं मनाउने व्यवस्था भने बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवनले गरिदिएको हो । केन्द्रले उनीहरूलाई ५ भदौदेखि ३९ दिनसम्म नारायणी नदीकिनारामा निःशुल्क खाना समेत खुवाएको थियो ।

केन्द्रकी अध्यक्ष सीता कुँवरले घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सबैलाई खाना खुवाउँदै दसैँ मनाउने व्यवस्था गरिदिएको जानकारी दिइन् । दसैँमा एक सय २० जना सडक मजदुर तथा बेसहारालाई नयाँ कपडा समेत वितरण गरेको उनी बताउँछिन् ।

‘सबैमा चर्डपर्वको उत्साह होस् भन्ने सोचेर टीकासहित खाना खुवाउने व्यवस्था गरेको हो,’ कुँवर भन्छिन्, ‘यसरी टीका लगाएर दसैँ मनाउन पाउँदा मजदुर र बेसहाराहरूले पनि खुसी माने ।’

सडक मजदुर र बेसहारालाई खाना खुवाउने अभियानमा चितवनका विभिन्न संघसंस्था तथा व्यक्तिहरूले दिवंगत भएका आफन्तको तिथि, जन्मोत्सवलगायतको अवसरमा खाद्यान्नलगायतको सहयोग गर्दै आइरहेका छन् ।

‘हामीले दैनिक साढे दुई सयभन्दा बढी बेसहारा, बेबारिसे तथा दैनिक ज्यालादारी गर्नेहरूलाई दसैँमा पेटभरि दुई छाक खाना वितरण गर्दै आएका छौँ । दाताको सहयोगले मात्र पुगेन,’ उनले भनिन्, ‘हामी अहिले चार लाखभन्दा बढी ऋणमा छौँ ।’

कपडा पसलमा करिब एक लाख, तरकारी पसलमा ९० हजार, खाद्यान्न र मासु पसलमा गरी दुई लाख रुपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ । ‘अन्य लेनदेनको हिसाब खातामै हेर्नुपर्छ,’ नारायणी नदीकिनारमा खाना पकाउँदै गर्दा भेटिएकी कुँवरले भनिन् ।

लकडाउनका वेला सबैतिरबाट सहयोग प्राप्त भए पनि दसैँ मनाउँदा उल्लेख्य सहयोग नआएको उनी बताउँछिन् । ‘चार्डपर्वमा समस्या सबैलाई छ । यहाँ निःशुल्क खाना खान पाउने आशामा भोकले भाैंतारिँदै आउनुहुन्छ । दसैँको वेला पसलबाट उधारो मागेर पूर्णिमासम्म कार्यक्रम गर्‍यौँ,’ उनले भनिन्, ‘तिहार पनि हामी उहाँहरूसँगै मनाउँछौँ । दसैँमा लागेको ऋण तिहारमा देउसीभैलो खेलेर तिर्नेछौँ ।’

केन्द्रका चितवन उपाध्यक्ष प्रकाश थापाका अनुसार केन्द्रले यसअघि सडकमा रहेका बेवारिसे अवस्थाका बिरामीलाई उठाएर उपचार गराउने, अलपत्र शव व्यवस्थापन गर्नेलगायतका काम गर्दै आएको थियो । कोरोना कहरकै बीचमा २० जनालाई सुधार केन्द्रमा राखी उचारसमेत हुँदै आएको उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies