Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सडकमा सुर्तीको खोल फाल्ने कार चालकलाई टिप्न लगाएपछि...

वाग्मती । वाग्मती किनारको सडकबाट कार चलाएर हिँड्नेले सुर्ती खाई खोल नदी किनारमा फालेर फोहर गरेपछि अभियानकर्मीले चालकलाई कारबाट झारेर फोहर सफा गर्न लगाएका छन् । वाग्मती सफाइ महाभियानको ३९० औँ हप्तामा शङ्खमूल नदी किनारमा वा ७ च २४७५ नंको कार चालकले सुर्ती खाएर खोल नदी किनारमा फालेको देखेपछि अभियानकर्मी डा लक्ष्मी पौडेल नेतृत्वको समूहले फोहर टिप्न लगाएको हो ।

शङ्खमूल क्षेत्रको वाग्मती र मनोहरा नदी किनारको दोभान क्षेत्रमा ३९० औँ हप्ताको सफाइ अभियान सम्पन्न भएको छ । सफाइ गरी कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले सुनाए। यसैगरी पशुपति क्षेत्रको भष्मेश्वरघाट परिसरमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । त्यस क्षेत्रमा विगत हप्ताभन्दा सफा भेटिएको उनले जानकारी दिए ।

विष्णुमती माथिल्लो भेग सफाइ अभियानको नवौँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरिएको छ । चाडबाड एवं कोरोना सङ्क्रमण फैलिरहे पनि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिए ।यसैगरी वाग्मतीका सहायक नदी रुद्रमती र मनोहरा, ललितपुरको गोदावरी खोला तथा चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाभियान शुरु भएको थियो । महाभियान शुरु भएपछि यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड एवं मुख्यमुख्य शहर गरी देशभर १०६ स्थानभन्दा बढी ठाउँमा सफाइ अभियान शुरु भएको छ । कोरोनाको महामारीका बीच भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सबै क्षेत्रमा सफाइ अभियान जारी रहेको जनाइएको छ ।

सफाइ महाभियान चाडपर्व, जाडो, वर्षा एवं कोरोनाको महामारीका बीच पनि जारी रहेको छ । कोरोनाका कारण बन्दाबन्दी जारी भएपछि गत चैत ११ गतेदेखि भने नदी किनार नजिकै बस्ने अभियानकर्मीले महाभियानलाई निरन्तरता दिँदै आएका छन् । नदी किनारभन्दा टाढा निवास हुने अभियानकर्मीले भने टोल सफाइ गर्दै कोरोनाविरुद्धको चेतना अभियानलाई समेत निरन्तरता दिएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies