Khabar Dabali Logo
  December 3, Thu

मोरङमा एकैदिन थप छ जना कोरोना सङ्क्रमितको मृत्यु

मोरङ । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु भएको हो ।

नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध, मोरङ सुन्दरहरंैचा नगरपालिका–१० की ६९ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए।

इटहरीका ४३ वर्षीय पुरुषको नोवेल शिक्षण अस्पताल अगाडि शुक्रबार एम्बुलेन्समा नै मृत्यु भएको छ । मृतक कोरोना पोजेटिभ देखिएपछि उपचारका भर्ना हुन अगाडि नै मृत्यु भएको प्रबन्धक दाहालले बताए । विराट शिक्षण अस्पतालमा विराटनगर–३ का ६५ वर्षीय पुरुषको आज मृत्यु भएको छ । मृतक यही कात्तिक ६ गते उपचारका लागि भर्ना भएको आइशोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

यस्तै, म्याक्स ट्रमा सेन्टर विराटनगरमा उदयपुरकी ४२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ । मृतक उपचारका लागि शुक्रबार अस्पतालमा भर्ना भएको प्रबन्धक हेमनारायण मेहताले बताए । प्रदेश नं १ मा अहिलेसम्म कोरोना सङ््क्रमणबाट १९२ जनाको मृत्यु भएको छ ।

कात्तिक १५ गते, २०७७ - १८:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोभिड प्रयोगशालाकर्मीलाई तालीम

चितवन । वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम...   

मन्त्रिपरिषद् बैठक अगाडि राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका छन्...   
वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

तनहुँ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल...   

अब भौतिक उपस्थितिमा पढाइ, रोकिएका सबै परीक्षा २८ गतेदेखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक...   

रोक्न सकिएला त क्रसरको दोहन ? उत्खननको विरोध गर्नेलाई धम्की

सर्लाही । सर्लाहीमा अधिकांश क्रसर उद्योग मापदण्डविपरित सञ्चालित छन् । घरेलु कार्यालय सर्लाहीका...   
कोरोनाले खस्कियो शिकार : एक झारल र एक नाउर मात्र शिकार

कोरोनाले खस्कियो शिकार : एक झारल र एक नाउर मात्र शिकार

बागलुङ । कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको...   

बोटबाटै झर्न थाले सुन्तला

म्याग्दी । सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका...   

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा...   
पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित...   

बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?

कैलाली । जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top