Khabar Dabali Logo
  November 26, Thu

बाँके र प्युठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष रहेको छ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत उनको आज बिहान पाँच बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ११ कात्तिकमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको परीक्षण गर्दा कात्तिक १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित ती पुरुषलाई रोगको प्रकृति अनुसार प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गरेपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड सघन उपचार कक्षमा उहाँको आज बिहान मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आउने सङ्क्रमितमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ । अहिलेसम्म बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका –३ दारिमचौरका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवकुमार पोखरेलले जानकारी दिए ।

निमोनिया रोगबाट ग्रसित उनको वुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो । रोगको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रमुख पारेखरेलले बताए । योसँगै प्युठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

कात्तिक १५ गते, २०७७ - १५:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिमा रहेको द्वैध...   

यसबर्षको हिउँदको मौसमबारे विश्लेषण : तापक्रम औसतभन्दा बढी नै रहने अनुमान

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे सात अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै...   

आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माणको काम सकिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका...   

थप १६ सय १४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...   

वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

हेटौंडा । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग...   

परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी

काठमाडौँ । परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार...   

महासङ्घको वार्षिक साधारणसभा शुरुः अभिभावकको क्षमताअनुसार नै माग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा...   

हिजो झै आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव नै : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता...   

आबुखैरेनीमा बस दुर्घटना हुँदा कम्तिमा १७ जना घाइते

तनहुँ । बेनीबाट भैरहवातर्फ जाँदै गरेको बस तनहुँको आबुखैरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बिहीबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top