Khabar Dabali Logo
  December 3, Thu

विज्ञापन कर नतिरेको भन्दै होडिङ बोर्ड हटाउन शुरु

इलाम । इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा प्रदूषित बनाउने गरी टाँगिएको विभिन्न होडिङ बोर्ड तथा विज्ञापन हटाइएको हो । नगरपालिकाले विज्ञापन कर बुझाउन अटेर गर्ने उत्पादक, कम्पनी वा सप्लायर्सका होडिङ बोर्ड हटाउन शुरु गरेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा वार्षिक रु पाँच लाख १० हजारमा विज्ञापन करको ठेक्का बन्दोबस्ती गरेको भएपनि विज्ञापन प्रयोग गरिएको विभिन्न कम्पनी वा विज्ञापन प्रदायकले नगरले तोकेको दररेटअनुसार कर नबुझाएपछि यस्ता विज्ञापनयुक्त होडिङ बोर्ड हटाउन शुरु गरिएको नगरका सरसफाइ शाखा प्रमुख प्रेम दियालीले जानकारी दिए।

नगरपालिकाले आर्थिक ऐनमा व्यवस्था भएअनुसार विज्ञापन कर लगाउने निर्णय गरेको थियो । विभिन्न कम्पनी वा डिलरले आफ्नो उत्पादनलाई प्रचारप्रसार गर्नका लागि वितरक वा पसलको नाम समेटेर आफ्नो विज्ञापन गरिरहेको र यसले नगरमा प्रदूषणसमेत बढिरहेको छ ।

हाल नगरपालिकाले विभिन्न मदिराजन्य पदार्थका बोर्ड, विभिन्न कम्पनीका उत्पादनसहितका बोर्ड हटाइएको छ । यस कार्यलाई निरन्तरता दिँदै काम अगाडि बढाइने जनाइएको छ । बाँकी रहेका कम्पनीहरुले तत्काल तिर्नुपर्ने शुल्क तिरे बोर्ड राख्न पाइने जनाइएको छ ।

कात्तिक १५ गते, २०७७ - १४:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीपछि प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच...   

बिहिबार थप १३ सय ४३ मा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । बिहिबार नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

बौद्धमा झ्यालढोका बन्द गरि हिटर बालेर सुतेको आमा छोरी मृत फेला

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी...   

दोहोरो अङ्कले घट्यो नेप्से, आठ अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।...   

गोरखाकाे जौबारीमा छोराको कुटपिटबाट बाबुको मृत्यु

गोरखा । सिरानचोक गाउँपालिका–८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ ।...   

कोभिड प्रयोगशालाकर्मीलाई तालीम

चितवन । वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम...   

मन्त्रिपरिषद् बैठक अगाडि राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका छन्...   
वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

तनहुँ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल...   

अब भौतिक उपस्थितिमा पढाइ, रोकिएका सबै परीक्षा २८ गतेदेखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक...   

रोक्न सकिएला त क्रसरको दोहन ? उत्खननको विरोध गर्नेलाई धम्की

सर्लाही । सर्लाहीमा अधिकांश क्रसर उद्योग मापदण्डविपरित सञ्चालित छन् । घरेलु कार्यालय सर्लाहीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top