Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कृषि कर्मबाटै मासिक एक लाख बचत

गलकोट । गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्नुहुन्छ । अधिकांश साथीहरु जापान अमेरिका गए पनि उनको मन कहिल्यै विदेश मोहमा तानिएन ।

खत्रीलाई सानै उमेरबाट कृषिप्रति लगाव रहिरह्यो । उमेरले ४५ वर्ष पुग्नुभएका खत्रीले २५ वर्षदेखि व्यावसायिक कुखुरापालन, २०५७ सालदेखि फ्रेस हाउस, २०६३ सालदेखि हाइटेक प्रविधिमार्फत तरकारी खेती र २०७२ सालदेखि व्यावसायिक किबी खेती गर्दै आएका छन् । “यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन् । विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन”, खत्रीले भन्नुभयो, “स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन ।” निरन्तर २५ वर्षदेखि ब्रोइलर कुखुरा पालन गर्दै आएका खत्रीले पछि तरकारी तथा किबी खेती थालेको हो ।

खत्री आफू मात्रै हैन, गलकोट क्षेत्रलाई तरकारी र मासुमा पाँच वर्षभित्र आत्मनिर्भर गर्ने गरी नगरस्तरीय कृषि सञ्जालको अध्यक्ष भएर कृषि जागरण ल्याउनमा सक्रिय छन् । गलकोट क्षेत्रमै २०५२ सालमा पहिलो पटक व्यावसायिक कुखुरापालन शुरु गर्दा धेरैले पत्याएका थिएनन्, गुमानसिंह सफल कृषक बन्नेछन् भनेर । उनले विगत स्मरण गर्दै भने, “यो बीचमा धेरै उतार चढाव आए, कहिले घाटा भयो, कहिलो नाफा भयो ।”

निरन्तरको कृषि लगावका कारण कृषक खत्री अहिले बागलुङकै सफल कृषकका रुपमा परिचित छन् । जामुने कृषि फर्ममार्फत व्यावसायिक उत्पादन गर्दै आएका खत्रीको फर्ममा ८०० ब्रोइलर कुखुरा, चार हाइटेक टनेल, चार सामान्य टनेलमा सिमी, बोडी, गोलभेडालगायत तरकारी उत्पादन भएका छन् भने काउली बन्दा लगाउने क्रम शुरु भएको छ ।

“कुखुराबाट वार्षिक १५ लाख र तरकारीबाट वार्षिक ६ लाख कारोवार हुन्छ”, खत्रीले भने “दुदिलाभाटीमा लगाएको किबी खेतीले बल्ल उत्पादन दिन थालेको छ, अघिल्लो वर्षमा तीन लाखको किबी बिक्री गरे ।” खत्रीका अनुसार लगभग वार्षिक १२ लाख बचत हुने गर्दछ ।

सबै आम्दानीबाट खर्च कटाउदा वार्षिक पाँच लाख रकम बचत गर्दै आएको उनको भनाइ छ । उनको काममा आमा, श्रीमती र अन्य दुई कामदार खटिँदै आएका छन् । जेटिए स्तरको तालीम लिएका खत्रीले हालसम्म १२ लाख बढी रकम सरकारीस्तरबाट अनुदान पाइसकेका छन् । दुदिलाभाटीमा खत्रीले २० रोपनीमा पाँच वर्षदेखि किबी खेती गर्दै आएका छन् । अहिले उनको २०० किबीको बोटबाट गत वर्ष तीन लाख कमाइ गरेको बताउछन् । अहिले १५ क्वीन्टलभन्दा बढी उत्पादन गर्ने लक्ष्य रहेको खत्रीको भनाइ छ । फलको राजाको रुपमा चिनिँदै आएको किबी स्थानीयस्तरमा भने बिक्री नभएको उनी बताउछन्। “किबीको महत्व बुझाउँदैछु, अहिले उत्पादन भएको किबी काठमाडौं पोखरा निर्यात हुन्छ”, उनले भने, “नयाँ फल भएकाले यसको महत्व बुझेमा स्थानीयस्तरमा नै खपत हुनेमा आशावादी छु ।”

गलकोट नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले किसानको मागअनुसार नगरपालिकाले कार्यक्रम बनाउने, कृषकलाई सङ्गठित गर्ने र नगरपालिका भर कृषि जागरण ल्याउने अभियानमा लागिरहेको खत्रीको भनाइ छ । खत्रीले उत्पादन गर्दै आएका किबी बाहेकका अन्य कृषि उपज गलकोट बजारमै बिक्री भएको बताउछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies