Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पिसिआरमा निजी अस्पताल र प्रयोगशालाको ठगी

परीक्षणको अनुमति नै नपाएको नेपाल–भारत मैत्री अस्पतालले उठायो पिसिआर परीक्षण शुल्क २५ सय, कोरोना उपचारका नाममा पनि केही घण्टामै ३७ हजारको बिल

काठमाडौं । सरकारले तोकेको मूल्यभन्दा बढी रकम उठाएर कोरोना परीक्षणमा निजी अस्पताल र प्रयोगशालाहरूले लुट गरिरहेका छन् । सरकारले पिसिआर परीक्षण शुल्क दुई हजार तोके पनि उनीहरूले कम्तीमा दुई हजार चार सयसम्म लिइरहेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सरकारले पिसिआर परीक्षणको शुल्क दुई हजार तोकेको छ । तर, निजी अस्पताल र प्रयोगशालाहरूले दुई हजार पाँच सयसम्म शुल्क लिइरहेका छन् । त्रिभुवन विश्वविद्यालयका बायोटेक्नोलोजिस्ट प्राध्यापक डा. गिरी त्रिपाठीका अनुसार हाल पिसिआर परीक्षणका लागि आवश्यक किटको मूल्य निकै घटेको छ ।

उनका अनुसार जनशक्तिसहित नेपालमा सबै खर्च जोड्दा एक हजार चार सय ५० रुपैयाँ (१२ डलरसम्म) लिँदा सबै खर्च उठ्छ । विज्ञहरूका अनुसार अहिले निजी प्रयोगशालाहरूले अत्यन्तै कमसल अर्थात् प्रतिकिट आठ सय ३२ रुपैयाँ (सात डलर) मूल्यका प्रयोगमा ल्याएका छन् ।

अझ पिसिआर परीक्षणकोे अनुमति नै नपाएको नेपाल–भारत मैत्री अस्पतालले समेत कोभिडको नाममा बिरामी ठगिरहेको छ । अस्पतालले २९ असोजमा दाङका ५७ वर्षीय पुरुषलाई केही घण्टा भर्ना गरेर ३७ हजार चार सय ४५ को बिल बनाएको छ । २५ हजार डिस्काउन्ट गरेर १२ हजार चार सय ४५ असुलेको छ ।

स्वास्थ्य मन्त्रालयले नै अस्पतालको बिल उपलब्ध गराएको छ । तैपनि कारबाही गर्नुको साटो मन्त्री र सचिव नै अस्पतालको संरक्षणमा लागेका छन् । स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले दुई हजारभन्दा बढी शुल्क लिएका प्रयोगशालामा चाबी लगाउने बताए । ‘दुई हजारभन्दा बढी रकम लिएको बिल फेला परे हामी कुनै पनि हालतमा त्यस्ता प्रयोगशालामा ताला लगाउँछौँ,’ डा. लोहनीले भने ।

नेपाल–भारत मैत्री अस्पतालले ती बिरामीको भर्ना शुल्क दुई हजार पाँच सय, आइसोलेसन बेड शुल्क तीन हजार, पिपिई चार हजार, आधा केजी फलफूलको एक हजार, ल्याब टेस्ट १३ हजार दुई सय ४५ गरी विभिन्न शीर्षकको ३७ हजार चार सय ४५ बिल बनाएको थियो ।

बिलमा नेपाल–भारत मैत्री अस्पतालले दुई हजार पाँच सय र बी एन्ड बीले दुई हजार चार सय परीक्षण शुल्क लिएका छन् । सरकारले २८ भदौमा आरटी पिसिआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार बनाएको थियो ।

सरकारी तथ्यांकअनुसार कोरोना परीक्षण पनि निजी प्रयोगशाला केन्द्रित भएको छ । प्रत्येक निजी प्रयोगशालाले दैनिक चार सयदेखि एक हजारभन्दा बढी नमुना परीक्षण गर्दै आएका छन् । उनीहरूले विभिन्न संघसंस्थासँग सेटिङ गरेर बढी रकम उठाउने गरेको प्रयोगशालाका कर्मचारीहरू बताउँछन् । हाल देशभर दुई हजार चार सय निजी प्रयोगशाला छन् ।

प्रयोगशालाहरूले बढी शुल्क लिएको गुनासो आएपछि १४ असोजमा स्वास्थ्य मन्त्रालयले तोकिएकोभन्दा बढी शुल्क लिएको पाए परीक्षण अनुमति खारेज गर्ने सचिवस्तरीय निर्णय गरेको थियो ।

त्यतिखेर मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ह्याम्स, मेडिसिटी, स्टार, बी एन्ड बी, सूर्या ल्याब, डिकोर, सिडिएल र इन्टिपेर ल्याबलगायतले बढी शुल्क लिएकाले २४ घण्टाभित्र शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको बताएका थिए । तर, स्वास्थ्यमन्त्री, सचिव र उच्च अधिकारीहरूको संरक्षणमा यी अस्पताल र प्रयोगशालाले अहिले पनि बढी शुल्क लिएर नागरिकलाई ठगिरहेका छन् ।

परीक्षण अनुमति दिने र नियमविपरीत सञ्चालन गरे बन्द गर्ने जिम्मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हो । त्यतिखेर प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बढी शुल्क लिने प्रयोगशालाको स्वीकृत खारेज गर्ने बताएकी थिइन् । तर, अहिले उनी पनि सबै जिम्मेवारी स्वास्थ्य मन्त्रालयको बताएर पन्छिइन् । स्रोतका अनुसार मन्त्रालय र केन्द्रीय प्रयोगशालाका उच्च अधिकारीलाई समेत निजी प्रयोगशाला सञ्चालकले प्रभावमा पारेका छन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार नागरिक ठग्ने प्रयोगशालालाई कारबाहीका लागि पटक–पटक मन्त्रालय र प्रयोगशालामा प्रमाणसहित अनुरोध पनि भएको छ । तैपनि सबै मौन छन्, कुनै निर्णय भएको छैन ।

‘सार्वजनिक रूपमा निर्णय गर्ने, तर भित्री रूपमा बढी रकम उठाउन उक्साहट गरिएको छ । अझ सरकारी प्रयोगशालामा कम परीक्षण गरेर सबै निजी प्रयोगशालातर्फ नमुना पठाउने योजना समेत मन्त्रालयका उच्च अधिकारीको छ,’ स्रोतले भन्यो । मन्त्रालयकै उच्च अधिकारीको समेत निजी प्रयोगशालामा लगानी रहेको स्रोतको भनाइ छ ।

उता नोबेल मेडिकल कलेज विराटनगरले १५ सयमा पिसिआर गर्दै आएको छ । काठमाडौं मेडिकल कलेज र विध ल्याबले एक हजार नौ सय ९९ रुपैयाँमा परीक्षण गरिरहेका छन् । प्रतिनमुना १५ सयमा परीक्षण गर्दा पनि तीन सय रुपैयाँ फाइदा हुने ती प्रयोगशालाले बताएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies