Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो प्रचण्ड पछिल्लो समय निरिह जस्तै बनेका छन् ।

राजनीतिमा निकै चतुर र क्रमभंग गर्नसक्ने नेताको छवि बनाएका प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यति हैरान बनाएका छन् कि प्रचण्ड पछिल्लो समय बालुवाटारमा ओलीसँग भेट्न समेत अनिच्छुक छन् ।

ठाउँ पाउनेबित्तिकै डिलमुनि घचेड्न थालिहाल्ने ओलीको कार्यशैलीसँग हैरान भएका प्रचण्डले केही समयअघि पार्टीको स्थायी समितिबाट निर्णय गराएर आफुले कार्यकारी अध्यक्ष लिनुका साथै सरकारका महत्वपुर्ण निर्णयहरुमा पार्टीको निर्णय हुनुपर्ने सहमति गराए ।

तर ओलीले उही पुरानो रबैया छोडेनन् । झण्डै एक हप्ता बालुवाटारमा प्रचण्डलाई दैनिक तारिख धाउन लगाएका ओलीले आफुखुशी राजदुतहरुको नियुक्तिमात्रै गरेनन्, पार्टीमा सल्लाहा नै नगरी मन्त्रिपरिषद हेरफेर गरे । मन्त्रिपरिषद हेरफेरमा समेत आफु पक्षधरहरुलाई मात्रै समेटे ।

\"\"

यो विषय सेलाउन नपाउँदै उनले आफु पक्षका नेताहरुमार्फत कर्णाली प्रदेशमा साविक माओवादीबाट मुख्यमन्त्री बनेको महेन्द्र शाहीका विरुद्ध संसदिय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्न लगाए ।

प्रचण्डले माथिका यि सबै निर्णयहरुमा असहमति जनाएपछि ओलीले प्रचण्डलाई झनै तर्साउने रणनीति अख्तियार गरेको बालुवाटार सुत्रले बतायो ।

मन्त्रि पदसँग लोभिएका साविक माओवादीका टोप बहादुर रायमाझि, हरिबोल गजुरेल र प्रभु शाहलाई साथ लिएर प्रचण्डलाई काउण्टर गर्ने रणनीतिमा ओलीले तयारी गरे । अर्थात रायमाझि, गजुरेल र शाहलाई मन्त्रि बनाउने । तर उनीहरुलाई शर्त थियो–प्रचण्ड क्याम्प छोडेर आफ्नो क्याम्पमा आउनुपर्ने ।

स्रोत भन्छ–तिनैजना नेताहरुले प्रचण्डले नभनेपनि ओली बनाउन तयार भए आफुहरु मन्त्रि बन्न तयार रहेको बताएपछि गत शुक्रबार ओलीले राज्यमन्त्रीहरुलाई हटाएर र केही मन्त्रालयहरुलाई फुटाएर तिनजना मन्त्रिलाई सपथ ख्वाउने तयारी गरे ।

यो खबर ओली पक्षकै सुवास नेम्वाङ्, विष्णु पौडेल, शंखर पोखरेल लगायतका नेताहरुले थाहा पाए । स्रोत भन्छ –तिनैजना नेताहरुले ओलीलाई यसो गर्न नहुने भन्दै रोके । अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलले ओलीलाई भेटेर ‘यसो गर्दा दुरी झन बढ्ने र फुटको संघारमा पुग्ने हुँदा आफुले प्रचण्डसँग सल्लाहा गर्ने वातावरण मिलाउन लाग्ने’ भन्दै समय मागे ।

ओलीले ‘लौ त, तपाई मिलाउनुहुन्छ भने म केहिदिन रोकिन्छु नि त !’ भन्दै पौडेलाई प्रचण्ड भेट्न खुमलटार पठाए ।

उता प्रचण्ड ओलीले आफुपक्षिय नेताहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउन लागेको कुराबाट बेखबर थिएनन् । प्रचण्डले गजुरेल, रायमाझि र शाहलाई बोलाएर आफुसँग रहने कि ओलीसँग जाने कुरा क्लिएर गर्न भनिसकेका थिए ।

ओलीको यस्तो धम्की र कपटीपुर्ण कुरा लिएर पुगेका पौडेलाई प्रचण्डले ‘आफुले थाहा पाइसकेको र जेजे मन लाग्छ गर्नु र परेको बेहोर्नु’ भनेर जवाफ दिए ।

आफुहरु पनि हेरेर र सहेर नबस्ने जवाफ पाएका पौडेलले ओलीसँग नझुक्ने मुडमा रहेको रिपोर्टिङ् बालुवाटारमा गरेपछि ओली यो निर्णय लिनबाट पछि हटेर फकाउने रणनीतिमा हिडेको बताईन्छ ।

प्रचण्डको तयारी–जति हुन्छन् तिनै लिएर ओलीसँग लड्ने
यता कार्यकारी अध्यक्ष प्रचण्ड भने साविक माओवादीका नेताहरुलाई ‘कताकता लाग्ने हो लाग्नुस्, म चाहि ओलीसँग लड्छु’ भन्न थालेका छन् ।

हुनपनि गत कात्तिक ४ गतेबाट ओलीसँगको संवादमा समेत प्रचण्ड छैनन् । स्रोत भन्छ– प्रचण्ड आफुसँग भएका र सहमत हुनेजतिलाई लिएर ओली प्रवृतिको विरुद्धमा लड्ने तयारी गरिरहेका छन् । उनले अल्पमत र बहुमतको हिसाब समेत राखेका छैनन् ।

स्रोतका अनुसार अब प्रचण्डले कुनैपनि प्रस्तावहरु पार्टीका आधिकारिक कमिटि र बैठकहरुमा राख्ने छन् र पक्षविपक्षमा निर्णय गराउने छन् ।

यो पनि पढ्नुहोस्

https://www.khabardabali.com/2020/10/300087/
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies