Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोना सङ्क्रमणबाट काभ्रेमा पत्रकारसहित दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना भाइरस् सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षिय पत्रकार विष्णुप्रसाद चौलागाई र बनेपा नगरपालिकाका ३९ वर्षिय एक पुरुष छन् ।

मृतक चौंलागाई काभ्रे पोष्ट साप्ताहिकको प्रधान सम्पादक थिए। उनको काठमाडौको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । चौलागाईलाई गत असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेशनमा बस्नुभएका चौलागाईलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको मृतकका भाई दिपकले बताए। दुई दशकभन्दा बढी काभ्रेपलाञ्चोकमा पत्रकारितामा सक्रिय चौलागाईको पत्नी, एक छोरा र एक छोरी छन् ।

पारिवारिक सोतका अनुसार ‘ब्रोन्काइटिस्’ रोगपीडित चौलागाईमा कोरोना सङ्क्रमण देखिए पनि हप्ता दिनअघि सङ्क्रमण रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना सङ्क्रमणका कारण ‘मल्टी अग्र्यान फेलिएर’ भई पत्रकार चौलागाईको निधन भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । “चौलागाईको रिपोर्ट नेगेटिभबारे जानकारी छैन तर उनको निधन कोरोना सङ्क्रमणका कारण भएको हो” उनले भने ।

हालसम्म काभ्रेपलाञ्चोकमा १४ पुरुष र सात महिला गरी २१ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार विगत २४ घण्टामा २८ पुरुष र १६ महिला गरी ४४ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । आज पाँच सङ्क्रमित कोरोनामुक्त भई घर फर्किएका छन् ।

यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या एक हजार ६०६ पुगेको छ । यसमध्ये ६७ प्रतिशत अर्थात् एक हजार १०३ कोरोनामुक्त भैसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४५ प्रतिशत अर्थात २१६ बनेपा नगरका हुन् । धुलिखेल नगरमा ९५, पनौतीमा ८९, पाँचखालमा १९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा २२ तथा भुम्लु गाउँपालिकामा एक, रोशीमा छ, बेथानचोकमा चार, खानीखोलामा एक सङ्क्रमित रहेका छन् ।

यहाँको दुई स्थानीय तह चौंरीदेउराली र महाभारत गाउँपालिका कोरोनामुक्त छन् । हाल सक्रिय सङ्क्रमितमध्ये अस्पताल आइसोलेशनमा ९० र होम आइसोलेशनमा ३९२ उपचाररत रहेको पोष्टले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies