Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिँदै भन्ने खबरहरुमा कुनै सत्यता नरहेको बताइएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष मिलेर ओलीविरुद्ध ल्याउन लागिएको भनिएको अविश्वासको प्रस्तावमा सत्यता नरहेको र उक्त हल्ला ओली पक्षकै नेताहरुले चलाएको एक स्थायी समितिका सदस्यले बताएका छन् ।

कर्णाली प्रदेशमा ओली पक्षीय नेताहरुले साविक माओवादी तर्फबाट मुख्यमन्त्री बनेको महेन्द्र शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि चुलिएको विवाद पार्टी बैठकबाट मात्रै निष्कर्षमा पुग्नुपर्ने अडानमा कार्यकारी अध्यक्ष प्रचण्ड रहेका छन् ।

स्थायी समितिको निर्णयअनुसार ओलीले सरकार संचालनमा पार्टीसँग सल्लाहा नगरेको, राजदुत लगायतका नियुक्तिमा मनखुशी गरेको, मन्त्रिपरिषदमा पुनर्गठनमा एकलौटी गरेको जस्ता आरोपहरु ओलीमाथि छन् ।

अझ ओलीले कर्णाली विवादबारे दुई अध्यक्षले हस्ताक्षर गरेर मात्रै जारी गर्नुपर्ने निर्देशनसमेत गत ५ गते एक्लै हस्ताक्षर गरेर पठाएपछि ७ गते प्रचण्डले अर्को निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद, गोयलको नेपाल आगमन प्रकरणलगायतका कारण ओली र प्रचण्डबीच यही कार्तिक४ गतेदेखि प्रत्यक्ष संवाद भएको छैन।

प्रचण्डको सचिवालयका अनुसार अविश्वासको प्रस्तावबारे कुनै छलफल नै चलेको छैन । बरु सरकार र पार्टीका बारेमा पार्टीको बैठक बोलाएर छलफल गर्ने तयारीमा प्रचण्ड छन् ।

हाम्रो सम्पर्कमा आएका स्थायी समितिका एक सदस्यले भने बालुवाटार आफैले अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमत पुर्याउन सांसदहरुको हस्ताक्षर गरिरहेको छ । उनका अनुसार ‘ओली पक्ष संसदिय दलमा बहुमत पुर्याएर प्रचण्ड–नेपाल पक्षको सम्भावित कदमलाई काउन्टर गर्ने योजनामा छन् ।’

बुहमतको हस्ताक्षर जुटाउँदै ओली पक्ष
स्रोतका अनुसार प्रचण्ड–नेपालको सम्भावित कदमका काउण्टरमा ओली पक्षले संसदमा आफ्नो बहुमत सिद्ध गर्ने तयारी थालेको छन् ।

एक स्थायी समितिका सदस्य भन्छन्, –‘अविश्वासको प्रस्तावको हल्ला चलाएर आफै बहुमत सदस्यहरुको हस्ताक्षर गराउन ओली पक्ष तल्लिन छ ।’ उनको दावीलाई सत्य मान्ने हो भने ओली पक्ष बहुमत सिद्ध गर्न साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरिरहेको छ ।

स्रोत भन्छ बालुवाटारले आफुप्रति प्रतिबद्द ६० सांसदहरुको हस्ताक्षर लिईसकेको छ । ओलीलाई संसदिय दलमा बहुमत सिद्ध गर्न १० सांसदरु पुग्दैनन् । १० सांसदको खोजी गोकुल बास्कोटा, महेश बस्नेत र ब्यापारी दिपक मलहोत्रा लगायतको समुह लागिरहेको छ ।

प्रचण्ड बालुवाटारको तारिख धाउन छोडे
पछिल्लो स्थायी समितिको निर्णय कार्यान्वयन गर्न मन्त्रिपरिषदको पुनर्गठनका विषयमा दैनिकजसो बालुवाटार धाईरहेका प्रचण्डलाई सुईकोसमेत नदिई ओली स्वखुशी मन्त्रिपरिषद पुनर्गठनमात्रै गरेनन् राजदुतहरुको नियुक्तिसमेत सल्लाहा नै नगरी गरे ।

उता कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव ओलीकै सहमतिमा ल्याउने मात्रै काम गरिएन, कतिपय सल्लाहा नै नभएको विषयमा समेत दुई अध्यक्षबिच सल्लाहा भएको भन्दै बालुवाटारबाट प्रचारबाजी हुन थालेपछि प्रचण्ड बालुवाटारको तारिख नधाउने अडानमा छन् ।

उनी एक हप्ताभन्दा बढी समयदेखि बालुवाटार नगएका मात्रै होइनन् ओलीसँगको संवादमा समेत छैनन् । ओलीले बालुवाटार बोलाउँदा समेत प्रचण्ड जान मानिरहेका छैनन् ।

कर्णाली प्रदेशमा दुई अध्यक्षबिच सहमति भयो भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले प्रेस नोट नै सार्वजनिक गरेपछि प्रचण्डको सचिवालयले खण्डन समेत गर्नुपरेको थियो ।

कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार गएर ओलीसँग एकल छलफल नगर्ने र सबै छलफल सचिवालय वा स्थायी समितिमा गर्नुपर्ने अडानमा रहेका छन् ।

बालुवाटारका दुतलाई प्रचण्डको एउटै जवाफ
प्रचण्ड लगायतका नेताहरु राम्रैसँग भड्किएको अनुभुति गरेपछि ओली आफैले समेत प्रचण्डसँग टेलिफोन संवाद गर्न प्रयत्न मात्रै गरेनन् वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर आफुसँग मिलेर प्रचण्डसँग लड्न समेत फकाए । नेपालले पार्टी र सरकारलाई विधिसम्वत चलाउँदा मात्रै मिल्नसक्ने जवाफ दिएपछि प्रचण्ड मनाउन ओलीले आफुपक्षिय नेताहरुलाई एकपछि अर्को गरी खुमलटार पठाईरहेका छन् ।

केही समय अघि सुवास नेम्वाङ् र विष्णु पौडेलले प्रचण्डलाई संवादमा आउन ओलीले आग्रह गरेको खबर लिएर खुमलटार पुगेका थिए भने विहिबार विहान ५ नं. प्रदेशका मुख्यमन्त्री तथा स्थायी समितिका सदस्य शंखर पोखरेल खुमलटार पुगेका थिए ।

शुक्रबार विहानै परराष्ट्रमन्त्री तथा स्थायी समिति सदस्य प्रदिप ज्ञावली ओलीको खबर लिएर खुमलटार पुगेका थिए । ओलीका सबै दुतहरुलाई प्रचण्डले अब पार्टी बैठकबाटै समाधान खोज्नुपर्ने बताएर पठाएको खुमलटार स्रोतले बतायो ।

प्रचण्डले ओलीपक्षिय नेताहरुलाई काम गर्दा मनखुशी गर्ने अनि सहमति भन्ने ओलीको कार्यशैलीबाट आफु दिक्क भएको र ओली स्थायी समितिको निर्णयलाई समेत नमानेको बताएर पठाएका थिए ।

गभिंर मोडमा नेकपा
नेकपाका एक स्थायी समितिका सदस्यका अनुसार नेकपा गम्भिर मोडमा पुगेको छ । पार्टी बैठकका निर्णयहरुलाई ओलीले नटेर्ने र मनखुशी चल्न नछोडेपछि नेकपाको विवादले गंभिर रुप लिँदै गरेको उनको ठहर छ ।

प्रचण्ड पछिल्लो समय ओलीसँग मिल्न अब नसकिने हो कि भन्ने निष्कर्षमा पुग्न थालेको देखिन्छ । मुलुकका कतिपय गंभिर निर्णयहरुमा समेत पार्टीमा छलफल नहुने अवस्था सिर्जना भएपछि प्रचण्ड नेपाल पार्टी बैठकबाट निर्णायक समाधान निकाल्ने मुडमा पुगेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies