Khabar Dabali Logo
  December 2, Wed

बाघको आक्रमणबाट बच्न दिगो उपाय खोज्न प्रशासन र जनप्रतिनिधि अग्रसर

बर्दिया । मानव र वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दिगो समाधानका उपाय खोज्न स्थानीय प्रशासन र जनप्रतिनिधि अग्रसर भएका छन् ।

बर्दियाको मधुवन नगरपालिका ३, भग्रैया क्षेत्रमा बाघले मान्छे मारेर हैरान गरेपछि मानव र वन्यजन्तु दुवैको संरक्षणमा चासो बढेको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बुधबार भएको सर्वपक्षीय बैठकमा यस विषयमा गम्भीर छलफल भएको छ ।

सो नगरका प्रमुख गणेशबहादुर क्षेत्रीले नरभक्षी बाघलाई तत्काल नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वनलाई आग्रह गर्दै आएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बाघलाई छिट्टै नियन्त्रणमा लिने योजना रहेको जानकारी दिए ।

भग्रैयामा बुधबार बाघको आक्रमणमा परी २७ वर्षीय दिनेश थारू र २६ वर्षीय रमेश चौधरीको ज्यान गएको सहायक प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए। गत दुई वर्षमा यस क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । यही कात्तिक ५ गते स्थानीय गङ्गा बुढालाई दशगजा नजिकै जङ्गलमा घाँस काट्न जाँदा पाटे बाघले आक्रमण गरी मृत बनाएको थियो ।

कात्तिक १३ गते, २०७७ - १९:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन...   

बालयौन दुराचारका आरोपमा ६० वर्षीय फ्रान्सेली नागरिक पक्राउ

काठमाडौं । बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान...   

नेपालगञ्ज विमानस्थललाई ‘हव एयरपोर्ट’ बनाउँछौँ : मन्त्री भट्टराई

नेपालगञ्ज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको...   

नेकपा सचिवालय बैठक सकियो, ओली- प्रचण्डकाे प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...   

मंगलबार थप १३ सय ४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौँ । मंगलबार नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...   

युरिया मल आएपछि पर्साका किसान हर्षित

पर्सा । रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् । साउनदेखि...   

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले...   

अखाद्य वस्तु उत्पादन गर्ने चौँतीस उद्योग कानूनका दायरामा

काठमाडौं । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । पिउने पानीसम्बन्धी...   

नेपाल–भारत उडान दिनभित्रमा सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने...   
तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेललेको जन्मदिनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top