Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोरोना सुरक्षाका मापदण्ड पालना गर्न मुख्यमन्त्री पौडेलको आग्रह

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीको संवेदनशीलतालाई गम्भीरताका साथ लिन अनुरोध गरेका छन् । कोरोना सङ्क्रमित भएर उपचाररत मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै सामाजिक दूरीसहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको हो ।

पौडेलले आफू र आफ्नो श्रीमतीको समेत स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै कोरोनालाई चाँडै निको भएर नियमित कार्यमा फर्कने उल्लेख गरेका छन् । उनले सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक ७ गतेदेखि श्रीमतीसहित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको तथा गत वर्ष गङ्गालालमै मुटुको एन्जिओप्लास्टी गरेको जानकारी दिँदै उपचारारत रहँदा स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।

“आदरणीय अग्रज तथा समकालीन नेतृत्व, आमकार्यकर्ता, कर्मचारी, सञ्चारकर्मी एवं शुभचिन्तकहरुले मेरो स्वास्थ्य अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका छन् । उपचाररत रहँदा यहाँहरुको प्रत्यक्ष सम्पर्कमा रहन असमर्थ भएता पनि सामाजिक सञ्जाल, मोबाइल एमएमएस र विभिन्न माध्यमबाट यहाँहरुले गरेको स्वास्थ्यलाभको कामनाले हामीलाई कोरोनाविरुद्धको लडाइँमा थप हौसला र उत्प्रेरणा मिलेको छ । हामी यहाँहरु सबैप्रति आभार व्यक्त गर्न चाहान्छौँ । आवश्यक सुरक्षा प्रोटोकल अपनाउँदा अपनाउँदै पनि हामी कोरोना सङ्क्रमित भयौँ । उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धेरैधेरै आभार व्यक्त गर्दछौँ”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies