Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

आयुर्वेदिक सेवा लिनेको सङ्ख्या बढ्यो

पाँचथर । सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ २१ गतेदेखि सदरमुकाम फिदिमबाट सेवा दिन थालेपछि सेवाग्राहीले सेवा लिने मौका पाएका हुन् । सदरमुकाम फिदिमबाट सेवा सुरुआत् भएपछि दैनिक औसत २० सेवाग्राहीले आयुर्वेदिक सेवा लिन थालेका छन् । विशेषतः ग्याष्ट्रिक र बाथ रोगका विरामीहरुले सेवा लिन थालेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए।

यसअघि केन्द्रले फिदिम–२ पल्लोटारबाट सेवा दिँदै आएको थियो । “जिल्ला स्वास्थ्य केन्द्रको सेवाबारे प्रशस्त प्रचार नहुँदा सेवाग्राहीहरुको सङख्या उल्लेख्य हुनुले भविष्यमा आयुर्वेदमा यहाँका सेवाग्राहीको आकर्षण बढ्ने देखिन्छ”, कविराज समेत रहनुभएका उक्त कार्यालयका सूचना अधिकारी पौडेलले भने, “सेवाग्राहीको चाप र आवश्यकता बमोजिम सेवा विस्तारमा जोड दिइरहेका छौँ ।”

कार्यालयले पूर्वकर्म, पञ्चकर्म लगायत आयुर्वेदिक उपचार पद्धति कार्यान्वयनमा ल्याइसकेको छ । पूर्वकर्म र पञ्चकर्ममै शारीरिक, मानसिक, यौनजन्य समस्या समाधानका विभिन्न उपचार पद्धतिहरु पर्ने सूचना अधिकारी पौडेलको भनाइ छ । “बिरामीको समस्याका आधारमा सेवा दिइने हुँदा यति प्रकारका सेवा दिइन्छ भन्ने यकिन छैन्”, सूचना अधिकारी पौडेलले भने । दशैँपछि प्रयोगशाला र बेड स्थापना गरी सेवा दिने कार्यालयको तयारी छ ।

यहाँबाट सामान्य सेवाअन्तर्गत २३ प्रकारका औषधि विरामीहरुले निःशुल्क प्राप्त गरिरहेका छन् । ‘ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत ज्येष्ठ नागरिकले दुई प्रकारका शारीरिक क्षमता बढाउने औषधि तथा सुत्केरी महिलाले तीन प्रकारका दुग्धवद्र्धक औषधि निःशुल्क प्राप्त गरिरहेका छन् । कुनैपनि प्रकारको ‘साइड इफेक्ट’ नगर्ने औषधि निःशुल्क पाइएपछि पनि यहाँ सेवाग्राहीको संख्या उल्लेख्य हुँदै गएको हो । यहाँ थेरापीका लागि पुरुष र महिला स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । उक्त कार्यालयले स्वस्थ जीवन कार्यक्रम समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । उक्त कार्यक्रममा समुदायमा गएर योग, प्राणायम, ब्यायाम लगायत शारीरिक स्वस्थताका विधिहरु सिकाई तिनको प्रयोगमा जोड दिने, आम मानिसको शारीरिक अवस्थाको परीक्षण गर्ने तथा जडिबुटी खुवाइने पौडेलले जानकारी दिए ।

सदरमुकाममा अन्य सेवा लिन आउनेहरुले समेत आयुर्वेदिक सेवा लिई जीवन पद्धति परिवर्तनमा चासो देखाउन थालेका छन् । कोरोनाभाइरसको महामारी र दशैँ लगायत पर्व नजिकिँदा समेत सेवाग्राहीले चासो देखाएपछि फुर्सदका अन्य समयमा सेवा लिनेको भीड नै लाग्नसक्ने आँकलन उक्त कार्यालयको छ ।

कोभिड–१९ को महामारीसँगै आयुर्वेदिक उपचार पद्धतिको प्रवद्र्धन, शारीरिक क्षमता विकास, जडिबुटीको सेवन लगायत विषय चर्चामा आएसँगै आयुर्वेदिक उपचार पद्धतिप्रति आम नागरिकको चासो बढ्न थालेको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies