Khabar Dabali Logo
  December 4, Fri

बाँकेका प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण, २० सङ्क्रमित सिकिस्त

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवास मै आइसोलेसन बस्नु भएको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफुमा सङ्क्रमण पुष्टि भएको जानकारी गराउँदै आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई सङ्क्रमण देखिएको थियो ।

२० सङ्क्रमित सिकिस्त

बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा ३४ मध्यम र ३ सामान्यखालका बिरामी छन् । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा १२ मध्यम र १६ सामान्य खालका विरामी स्वास्थ्य लाभ गरिरहेका
छन् । भेरी अस्पताल नेपालगञ्जमा २७ महिला र २२ पुरुष, शिक्षण अस्पताल कोहलपुरमा १४ महिला र २२ पुरुष उपचाररत श्रेष्ठले बताउनुभयो । बाँकेमा १ सय ९२ सङ्क्रमितले होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

कात्तिक ११ गते, २०७७ - १९:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना कहरमा पनि ऊर्जा मन्त्रालयको प्रगति सन्तोषजनक, विकासमा अवरोध गरे मलाई भन्नुस् : मन्त्री पुन

काठमाडौं । कोरोना कहरमा समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायले सञ्चालन गरिरहेका...   

आगामी २९ गते हुने राष्ट्रिय कविता महोत्सवका लागि ३० कविता छानिए

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यही मङ्सिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि...   

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा...   

पेट र मुख छ भन्दैमा जेमा पनि, जे पनि हसुर्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा...   

थप १२ सय ७२ जनामा कोरोना पष्टि, मृतकको संख्या १५ सय ६७ पुग्याे

काठमाडौँ । शुक्रबार नेपालमा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप...   

मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द हुने

पर्वत । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न...   

छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल...   
प्रचण्ड-नेपाल पक्षीय विद्यार्थीको छुट्टै भेला

प्रचण्ड-नेपाल पक्षीय विद्यार्थीको छुट्टै भेला

काठमाडौं ।नेपाल कम्युष्टि पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल...   

प्रधानमन्त्री ओलीपछि प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top