Khabar Dabali Logo
  December 5, Sat

संक्रमितको संख्या बढ्न थालेपछि एक घर एक पिसिआर परीक्षण

पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो ।

गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गरे । उहाँले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताए ।

आज बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पिसिआर परीक्षण गरिसकिएको छ । यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेशनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

कात्तिक ११ गते, २०७७ - १६:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास...   

अब सवारीसाधनमा भाडादर नटाँसे कारवाही

बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा...   

हिमालयन चितुवा प्रशिक्षणमा व्यस्त

काठमाडौं । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल भएका युवा बक्सर...   

सिरहामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

सिरहा । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा...   
भारतमा आन्दोलनरत किसानहरुद्धारा बन्दको घोषणा

भारतमा आन्दोलनरत किसानहरुद्धारा बन्दको घोषणा

दिल्ली । भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी...   

आज नेकपा सचिवालय बैठक बस्दै, प्रचण्ड एक घण्टाअघि नै पुगे बालुवाटार

काठमाडौं । आज नेकपा सचिवालय बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजेबाट...   

पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही...   

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन...   
चीनको कोइलाखानीमा ग्यास चुहिँदा १८ मजदुरको मृत्यु

चीनको कोइलाखानीमा ग्यास चुहिँदा १८ मजदुरको मृत्यु

एजेन्सी । दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको विवरण...   
आठ महिनापछि खुल्यो टीकापुर पार्क

आठ महिनापछि खुल्यो टीकापुर पार्क

कैलाली । कोरोना भाइरसको सङ्क्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top