Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् ।

जिल्लामा पर्ने सानाठूला नदी र खोल्साखोल्सीका पुल जीर्ण बनेको र समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।

महोत्तरी र धनुषासँग जोडिएको रातु तथा महोत्तरी र सर्लाहीसँग जोडिएको बाँके नदीसहित त्यसको बीचमा पर्ने १८ किलोमिटरभित्रका सबैजसो पुलमा ठूलठूला भ्वाङ्ग परेपछि सडक दुर्घटनाको जोखिम बढेको हो ।

रातु नदीका २०७५ सालमा बनेकोे नयाँ पुलमा अहिले सयौं ठाउँमा भ्वाङ्ग (दुला र खोबिल्टा) बनेका छन् । २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको सो पुल २०७५ असोजमा सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक वर्ष नपुग्दै २०७६ सालको प्रारम्भमै सो पुलमा भ्वाङ्ग पर्न लागेको थियो । अहिले यो पुलमा १०० भन्दा बढी ठूलठूला भ्वाङ्ग परेका हुन् । यो नयाँ पुल कालिका टु दी रसुवा जेवी कम्पनी काठमाण्डौले रु २४ करोंड ६० लाखमा ठेक्का बोलकबोलअनुसार निर्माण सम्पन्न गरेको हो ।

नयाँ पुल निर्माण भएको एक वर्षभित्रै कैयन पटक टालटुल गर्नु परेको यो पुलमा कमसल निर्माण सामग्रीको प्रयोगले चाँडै धरापजस्तै बनेको बर्दिवासवासी बताउँछन् । यसअघि २०७६ साल पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको यो पुल एकबर्ष चार महिनाअगावै निर्माण सम्पन्न गरेको भन्दै सबैले प्रशंसा गरेका थिए । तर, पुल प्रयोगमा आएलगत्तै खाल्डाखुल्डी बढ्दै गएर ठूलठूला भ्वाङ् देखिएपछि निर्माणमा कमसल समान प्रयोग भएको हुनसक्ने आशङ्का सर्वसाधारणमा बढेको हो ।

“धमाधम काम गरेर तोकिएको समय अगावै निर्माण सम्पन्न गर्दा खुशी भएका थियौं”, बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष चुडामणि पोखरेलले भने, “तर आवागमन खुलेको एक वर्ष नपुग्दै धेरै खाल्डाखुल्डी भएका छन्, यसले कामको गुणस्तरमा प्रश्न उब्जाएको छ ।” नदीको पुरानो पुल बाढीले भासिएपछि ठेक्का बन्दोबस्तबाट काम हुनेगरि २०७३ साल असार २९ गते कालिका टु दी रसुवा जेवी काठमाण्डौले सम्झौता गरेर काम थालेको थियो । विसं २०७५ पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि यो पुल २०७५ भदौमै काम सम्पन्न भएर लाग्दो असोजमै आवागमन खुलेको थियो ।

पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खाँबा ९पाया० भासिएपछि आवतजावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो । पुलमा कालोपत्र उप्केर ठूलठूला भ्वाङ्ग बनेपछि अहिले निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको आम गुनासो बढेको छ । तर, निर्माण कम्पनीका तर्फबाट पुल निर्माणका साइट इञ्चार्ज रहेका कृष्ण ढुङ्गेलले आफ्ना तर्फबाट कमसल समान प्रयोग गरेको नभइ रङ्गरोगन गर्ने बेलाको असावधानीले कालोपत्र उप्केर भ्वाङ्ग परेको हुन सक्ने बताए। “हामीले रातदिन नभनी गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरेर नै पुल निर्माण गरेका हौं”, पुलमा बनेका भ्वाङ्गबारे उहाँले भन्नुभयो–, “रङ्गरोगन गर्ने फरक कम्पनीले काम गर्दा ‘थिनर’ भनिने केमिकल ९पदार्थ० बढी प्रयोग गरेकाले कालोपत्र उप्केर भ्वाङ्ग परेको हो ।” कालोपत्र उप्किएर भ्वाङ्ग पर्न थालेको पुलमा अहिलेसम्म दर्जनौं पटक टालटुल पारिदै आएको पुल नजिकका बासिन्दाको भनाइ छ ।

रातु पुलमात्र नभएर जिल्लाभित्रका पूर्वपश्चिम राजमार्गमा पर्ने जङ्घा, टुटेश्वर, खयरमारा, गणन्ता, ढुङ्ग्रे, ढोलनखोला र बाँके नदीसहितका पुल पनि दिनानुदिन भ्वाङ्ग बढेर धराप बन्दै गएका छन् । यीमध्ये जङ्घा र मरहा क्रमशः दुई र तीन वर्षअघि पुनःनिर्माण भएका हुन् । यीबाहेक ससाना खोल्सीका पुलहरु पनि भत्कदैछन् । भब्सी नदीमा गतवर्षको बर्खामा लडाएको पुलको ठाउँमा अहिले बेलिब्रिजबाट आवागमन चलेको छ ।

पुलहरुको यो अवस्थासँगै राजमार्गको पिच (कालोपत्र) उप्केर जताततै खाल्डाखुल्डी बढेका छन् । पूर्वपश्चिम राजमार्गमा सडक र पुलको दुरावस्था बढ्दै गएपनि सम्बद्ध निकायले चासो र वास्ता नगरेको यस भेगका सर्वसाधारणको गुनासो छ । यसैबीच राजमार्ग र सडकको मर्मतसम्भारको जिम्मेवारी लिएका सडक डिभिजन कार्यालय मुजेलियाले यसपाली कोभिड–१९ सङ्क्रमणका सन्त्रासले यस्ता काम प्रभावित बनाएको स्वीकार गरेको छ । अब दिपावली र छठ पर्व सम्पन्न भएसँगै पुल र सडकको मर्मतसम्भारको काम थालिने डिभिजन कार्यालयले जनाएको छ ।

धेरै पुलको आयु खस्किसकेको छ । पुलमा प्रयोगमा आउने स्टिल विशेष खालको भएकाले लन्डनबाट खरिद गर्नुपर्ने आवश्यकता रहेको प्राविधिकको भनाइ छ । विसं २०४० मा राजमार्ग निर्माण गर्दै गर्दा बनाइएका तीपुलको मर्मत सुधार गर्नुपर्ने बेला भएको प्राविधिक बताउँछन् । राजमार्ग क्षेत्रमा बनाइने यस्ता पुलको औसत आयु ४० देखि ५० वर्ष भए पनि स्टिल ब्रिजमा आधारित पुल अहिले भाँचिन थालेका छन् । अरु पुल पनि भाँचिने विज्ञको भनाइ छ ।

महाभारत र चुरे क्षेत्रबाट बग्ने खोलामा ढुङ्गा, गिट्टी र बालुवा निकासीमा सावधानी नअपनाउँदा पनि पुलको अवस्था कमजोर बनेको हो । बेला बेलामा सामान्य रुपमा टालटुल पारेर मात्र मर्मत गरिएकाले पुल जीर्ण हुँदै गएको स्थानीयवासीको आरोप छ । बढी भारका कारण राजमार्गका अधिकांश पुल कमजोर भएको प्राविधिकको भनाइ छ ।

सडक डिभिजन कार्यालयका अनुसार पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भार बोक्न हँदैन् तर यहाँ ४० टनसम्म भार बोकिने र त्यसलाई रोक्न प्रहरी प्रशासनले कडाइ नगर्दा पुल भाँचिने गरेको छ । कतिपय पुल साँघुरा भएका कारण ठोक्किँदा कच्ची हुने गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies