Khabar Dabali Logo
  November 29, Sun

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको विजय भएको दिन मनाइँदैछ ।

नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।

यस दिन भगवान् श्रीरामचन्द्रले रावणलाई वध गरेको धार्मिक मान्यता छ। यसै कथाअनुरूप तराईलगायत भारतका कतिपय स्थानमा रावण दहन गर्ने परम्परा छ। काठमाडौं उपत्यकामा भने रावण दहन वर्जित छ।

आसुरी शक्तिमाथिको विजयोत्सव मनाइने विजया दशमीमा दिनभर प्रायः हिन्दु धर्मावलम्बीले शुभ मान्छन्। यस दिन विवाह, व्रतबन्ध, घरको जगपूजा जस्ता कुनै पनि शुभ कार्य गर्नका लागि साइत हेर्न नपर्ने जनविश्वास छ।

आज देवी विसर्जनको साइत बिहान १०ः१९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समिति जनाएको छ ।शुभ साइतले शुभ फल र शक्ति दिन्छ। त्यसैले पनि प्रायःले शुभसाइत नै प्राथमिकता दिन्छन्। तर साइतमा नभ्याए पनि यो दिनभर शुभ हुने भएकाले जुनसुकै समय टीका ग्राह्न हुन्छ ।

वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । त्यसैले आफ्ना मान्यजनबाट रातो र सेतो अक्षताको टीका र जमरा तथा आर्शिवाद लिने प्रचलन छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ ।

दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ ।

दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

यस वर्ष काेराेना महामारीकाे कारण भिडभाड नगरी टिका ग्रहण गर्नकाे लागि विशेष आग्रहका साथ शुभ विजया दशमी !!

कात्तिक १० गते, २०७७ - ०७:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाग्मती प्रदेशले अघि बढायाे रिक्त कर्मचारी व्यवस्थापनको काम

काठमाडौं । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी...   

बैतडीको दशरथचन्द नगरपालिका प्रमुखसहित १८ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार...   
चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

काठमाडौँ । आज चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपाल आउँदै छन् । २०७६ कात्तिक १...   

प्रहरी अधिकारीविरुद्ध चार महिनामै ३१२ उजुरी

काठमाडौं । प्रहरी अधिकारीविरुद्धका उजुरी बढ्दै गएका छन् । पछिल्लो चार महिनामा मात्र प्रहरीविरुद्ध...   

कोरोना जितेपछि काममै दतचित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण शुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी...   

अध्यक्ष प्रचण्डले भने, ‘ओलीमा अझै अहंकार र दम्भ कायम छ, विभिन्न हर्कत गर्दैछन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्तावेज पेस गरेपछि अर्का अध्यक्ष...   

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

काठमाडौं । कांग्रेसले भ्रष्टाचारविरुद्ध प्रखर आवाज उठ्न, उठाउन र तीव्र दबाब सिर्जना गर्न जरुरी रहेको...   

कक्षा १२ को परीक्षामा बेथिति : १३ घण्टा अघि नै प्रश्नपत्र आउट

बुटवल । ९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा...   

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

कालिकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार...   

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top